• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिश्चियन सेवाकाइ र आर्थिक पारदर्शिताको मुद्दा

by Jagadish Pokhrel
July 2, 2014
in Articles, Special
Jagadish Pokharel
Jagadish Pokharel

जगदीश पोखरेल

किन अधिकांश सेवामूलक संस्थाहरु क्रिश्चियन बाहुल्यता भएका देशहरुबाट मात्रै छन् ? किन अरुलाई वास्ता नभएको कुरा क्रिश्चियनहरूले मात्रै अति वास्ता गर्नुपर्ने? कतै यो विश्वभरका सबै संस्कृति मास्ने अनि सेवाकै नाममा आफ्नो पेट भर्ने नियोजित ग्र्याण्ड डिजाइन त होइन?

यी प्रश्नहरु आम जनमानसको निम्ति सामान्य प्रश्नहरु हुन्, धेरैका मनमा धेरैपटक उठेका होलान् । हुन पनि सेवाको कामको निम्ति पराई देशसम्म पुगेर दु:ख गर्न तयार रहने मान्छे/संघसंस्था अधिकांश क्रिश्चियन बाहुल्य मुलुकबाट नै छन् । हुनसक्ला उनीहरुमध्ये कतिपय क्रिश्चियन नहोलान् पनि, तर यस कुरामा हामी निश्चिन्त हुन सक्छौं कि तिनीहरुले अवश्य नै बाइबलिय संस्कार सिकेका छन् । देओ त तिमीहरुलाई दिइनेछ भन्ने येशू ख्रीष्ट प्रभुको बचन उनीहरुको दिलदिमागमा कहीं कतै अड्केको छ । अनाथ र बिधवाहरुको सेवा गर्नु नै परमेश्वर पिताको अगाडी सबैभन्दा शुद्ध र पवित्र धर्म हो भन्ने बाइबलको शिक्षा उनीहरुले पक्कै बिर्सेका छैनन् ।

बास्तबमै बाइबलले मानव सभ्यतालाई अनौठो तर अति उत्कृष्ट शिक्षा दिएको छ, त्यसैले त मानिसहरु आफ्नो घरपरिवार, समाज छाडेर अर्कै संसारमा रमाउन सक्दछन् । म, मेरो र मलाई भनेर नथाक्ने बर्तमान समयमा अरुहरुकै निम्ति जीवन समर्पण गर्न सक्दछन्, कठिन मेहनतले कमाएको सम्पत्ति काटेर अरुको भोक मेटाउन र लाज छोप्न सहायता गर्न सक्दछन् ।

येशू आफैंले पनि थुप्रै सेवाका कामहरु गर्नुभयो, उहाँले पिडितहरुका पक्षमा बोल्नुभयो, अन्धा-अपाङ्ग तथा रोगीहरुलाई निको पार्नुभयो । संसारभरिका येशूका सेवकहरुले पनि कहिल्यै कुनै ठाउँमा सेवाका कामहरु गर्नदेखि आफुँहरुलाई रोकेनन् । नेपालमा पनि हाम्रै आँखा अघि थुप्रै मिसिनेरिहरुले सेवाको काम गरे । दुरदराजमा स्कुल/अस्पताल खोलेर राज्यको भूमिका निर्वाह गरे । आज पनि प्रत्यक्ष वा परोक्ष रुपमा क्रिश्चियन सहभागितामा संचालित थुप्रै संघसंस्थाहरु देशका बिभिन्न भागमा सेवारत छन् । प्रभुको सन्देश मानिसहरुसम्म पुर्याउनकै निम्ति खोलिएका संघसंस्थाहरु पनि उत्तिकै छन् । समग्रमा भन्नुपर्दा हाम्रो बिचमा थुप्रै सेवाकाइहरु जन्मेका छन्; र ति सेवाकाइहरु परमेश्वर तथा हाम्रा वरिपरिका मानिसहरुका सेवामा कटीबद्द छन् ।

यी सबै हुनुका बाबजुद पनि क्रिश्चियनहरुलाई समाजले कहिल्यै असल नजरले हेर्दैन । संसददेखि चियागफसम्म, मिडियादेखि स्कुल-कलेजसम्म क्रिश्चियन बिरोधी कुराहरुले राम्रो ठाउँ पाउछन । राम्रै गर्दा पनि दोष आइलाग्छ । यी त भए बाइबल धर्मशास्त्रले अघिबाट नै अगमबाणी गरेका कुराहरु । संसारले हाम्रा बिरुद्धमा झुटा गवाही दिनुलाई हामीले अचम्मको मान्नु पर्दैन । यी कुराहरुबाट हामी झस्कनु, तर्सनु वा कार्यपथबाट बिचलित हुनु आवस्यक त छैन नै, तर बर्तमान समयानुकुल सचेत हुनु चाहिं जरुरि छ ।

हाम्रा बिरोध गर्नेहरु पहिले नभएका होइनन्, त्यतिबेला झनै बढी थिए । त्यहि बिरोधको शृंखला अझै रोकिएको छैन, खाली बिरोध गर्नेहरु फेरिएका मात्रै छन् ।

बिगत केहि बर्षदेखि क्रिश्चियनहरुमाथि ठुलो आर्थिक अपचलनको आरोपहरु पनि लाग्ने गरेको छ । कसैले भन्छ: क्रिश्चियनहरुले बिदेशी धर्म प्रचार गरे, संस्कृति मास्न लागे । यसमा हाम्रो टाउको दुखाइ केहि छैन, किनकि कुनै न कुनै कालखण्डमा संसारका सबै क्रिश्चियनहरूले यस्तै खालका आरोपहरु भोगेकै हुन्, यी आरोपहरु कुनै नौलो आरोपहरु होइनन्, जसका बारेमा हामीले गम्भीर बन्नुपरोस् । तर जब कसैले भन्छ वा लेख्छ: यो चर्चको यो नाम गरेको पास्टरले क्रिश्चियन धर्मका नाममा यति पैसा जम्मा गर्यो । उसले आर्थिक अपचलन गरेर घर वा गाडी किन्यो । केहि बर्ष अघिसम्म आर्थिक रुपले कमजोर उसले धर्मकै नाममा पैसा भित्र्याएर करोडपति बन्यो । तब भने हामी गम्भीर बन्न नै पर्छ ।

दु:खको कुरा यी दिनहरुमा थुप्रै पास्टर/अगुवाहरुको नाम नै तोकेर आर्थिक अपचलनको आरोप लगाइएको छ । सेवाकाइ गर्नेहरु सबैलाई लगाइएको एकमुष्ट आरोप त झन् कति हुन् कति । तर आरोपित व्यक्तिले कहिल्यै पनि मुख खोलेको देखिदैन, उहाँहरुले कहिल्यै पनि प्रकाशित खबरको खण्डन गर्नुहुन्न । यो होइन, मैले आर्थिक अपचलन गरेको छैन भनेर कोहि कसैले सम्बन्धित संचार गृहको खण्डन गरेको आजसम्म थाहा छैन । अझैं दु:खको कुरा त त्यसप्रकारका समाचारहरुको खण्डन लेख्न मन लाग्नेले पनि लेख्न सक्दैनन्, किनकि सबै कुराहरुलाई बिचार गर्दा ति आरोपहरु साँचो नहोलान भनेर भन्न सक्ने अवस्था नै रहन्न । मानिसहरुको मनमा एउटा गम्भीर प्रश्न उठेको छ, कतै क्रिश्चियनहरुको मौनताले यी सबै आरोपहरु साँचो नै हुन् भनेर स्वीकार गर्दै त छैन? हामी हरेकले यो बुझ्नु जरुरि छ कि परमेश्वरले हामीहरुलाई यो देशमा राख्नुभएको भ्रष्टाचारी कहलाइनका निम्ति होइन ।

बाइबलले कति असल शिक्षा दिएको छ, हाम्रा अग्रजहरुले कति असल तरिकाले ति शिक्षा पालन गरेका छन् ! तर मन नलाग्दा नलाग्दै पनि भन्न नै पर्छ कि आज नेपाली इसाई जगतका केहि अगुवाहरु कुनै न कुनै रुपमा आर्थिक अपारदर्शिताको घेरामा छन् ।

राम्रा काम गर्दा गर्दै पनि हामी माथि आउने दोषहरुलाई हामीले गर्वका साथ् स्वीकार गर्नुपर्छ, किनकि तिनीहरु त आउनु आवस्यक नै थियो । तर पछिल्लो समय हामीहरुको बिचमा दुइथरि आरोपलाई मिसाएर हेर्ने काम भएको छ । गल्ति नगर्दा लाग्ने आरोप र साच्चैं गल्ति गर्दा लाग्ने आरोप कदापि एकै हुन सक्दैनन् । आफुले आर्थिक अपचलन गरिराख्ने अनि लाग्ने आरोपहरुलाई चाहिं धर्मशास्त्रले अघिबाट नै बताएको सतावटको रुपमा चित्रण गर्ने धुर्त प्रबृत्ति बढेर गएको छ । संघसंस्थाहरु प्राइभेट कम्पनि झैं बनेका छन् । घरेलु उद्योग भनेझैं घरेलु संस्था अनि भूमिगत संगठन भनेझैं भूमिगत संस्था भन्ने दिन पनि अब चाडैं नै नआउला भन्न सकिन्न ।

धेरै उदाहरणहरु छन्; कोहि जान्नेबुझ्ने क्रिश्चियनले सेवाकाई सुरु गर्छ, जसोतसो सेवाकाइलाई अगाडी बढाउछ । अनि केहि बर्ष बित्न नपाउंदै त्यहाँ अचम्म हुन्छ, सेवाकाई जस्ताको तस्तै हुन्छ, अझ कति त सुकेर जान्छ तर सेवाकाई गर्नेको आर्थिक हैसियतले भने आकास छोइसक्छ । यो हामीहरुको निम्ति लज्जास्पद कुरा हो ।
मात्र केहि सय व्यक्तिहरुको कारण आज सम्पूर्ण समुदायलाई नै आर्थिक अपचलनको आरोप लगाइन्छ । यहाँसम्म कि दिनभरी खेतीकिसानी गरेर परिवार पाल्ने गाउँठाउँका पास्टरहरुलाई समेत डलरको खेति गरेको आरोप लाग्ने गरेको छ । लाखौँलाखको संख्यामा रहेको क्रिश्चियन समुदायले कहिलेसम्म यस्तो परिस्थितिलाई काँधमा बोकेर हिंड्ने?

यस्तो अवस्थामा सम्बन्धित मण्डलीहरुले छुट्टै बिभाग बनाएर आफ्ना सदस्यहरुद्वारा संचालित क्रिश्चियन भनिएका हरेक संस्थाहरुको नियमित निगरानी गर्नु जरुरि छ । तिनमा हुने आर्थिक, सामाजिक तथा अन्य सम्पूर्ण पक्षहरुको विवरण खुलस्त हुनु आवस्यक छ ।

आर्थिक पारदर्शिताको निम्ति क्रिश्चियन समुदायमा नयाँ चलनको थालनी गर्नु आवस्यक देखिन्छ । सबै मण्डलीका पास्टर/अगुवाहरु तथा संघसंस्थाका संचालकहरुले आफ्नो आर्थिक हैसियत (उचित श्रोत खुलाइएको बिष्तृत सम्पत्ति विवरण) मण्डलीको सामु बुझाउनुपर्छ । सबै जिम्मेवार निकायमा रहेकाहरुले घटीमा आफ्नो मण्डलीको अगाडी प्रष्ट पार्न सक्नुपर्छ कि उहाँको जग्गा उहाँले कसरि किन्नुभयो? घर कसरि बनाउनुभयो? गाडी किन्ने पैसा कसरी आयो अथवा बर्तमान आर्थिक हैसियतको आधार के हो? श्रोत सहितको आर्थिक विवरण देखाइसकेपछि कसैले प्रश्न उठाउने ठाउँ पनि रहन्न । यति गर्ने हो भने धेरै हदसम्म हाम्रो समुदायलाई आर्थिक अनियमितताको पासोबाट जोगाउन सकिन्छ ।

लगातारको आरोपले क्रिश्चियनहरुकै बिचमा पनि बेग्लै आक्रोशको ज्वाला बल्न लागेको छ । पैसाको हिनामिना भएकै कारणले अगुवाहरु चुपचाप बसेको भन्ने भान परेको छ । यदि यस समस्यालाई केहि गरि सल्ट्याउने काम भएन भने चाडैं नै आफैं भित्रको ज्वालाले धेरैलाई हानी पुर्याउन सक्छ ।

कतै हामी विश्वभरि नै सेवाको काम गरेर अग्रज क्रिश्चियनहरुले पारेको छाप मेटाउने काम गर्दै त छैनौं ? कतै हामी ख्रीष्ट येशूलाई पछ्याउने भन्दै उहाँका अनुयायीहरुले आजसम्म बनाएको सुन्दर इतिहासलाई भत्काउदै त छैनौं ? सबै सेवाकाई गर्नेहरुलाई एउटा बिनम्र अनुरोध गर्न चाहन्छु: प्रभुप्रति र आफैंप्रति इमान्दार भएर भन्नुहोस् त, कतै तपाईं ‘सेवाकाई’ को नाममा ‘सेवा-खाई’ गर्दै त हुनुहुन्न? हामीले समाजलाई यो कुरा बुझाउनु छ कि हामी कसैका संस्कार/ संस्कृति मास्ने ग्र्याण्ड डिजाइन अन्तर्गतका होइनौं, नता आफ्ना पेट भर्नका निम्ति सेवाकाईको नाटक गर्नेहरु नै हौँ । बरु हामी त ख्रीष्ट येशू हाम्रा प्रभुले दिनुभएको आज्ञापालन गर्नका निम्ति खटिएका उहाँका खेतका खेतालाहरु हौँ र हामी प्रशस्ततामा रहँदा मात्रै होइन, भोकोपेट पनि उहाँका आज्ञाहरु पालन गर्न सक्दछौं ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In