
सन्देश पौडेल/जेष्ठ १, काठमाण्डौ
नेपाली मण्डलीहरुका चल अचल सम्पतीमा मण्डलीकै अधिकार हुनुपर्ने ख्रीष्टिय अगुवाहरुले बताएका छन् । नेपाल इसाई समाजको काठमाण्डौमा जारी महासभामा भेला भएका बिभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुले यस्तो धारण ब्यक्त गरेका हुन्।
मण्डलीको सम्पती बिषयमा भएको समूहगत छलफलमा सहभागीहरुले आ-आफनो धारणा राख्दै यस बिषयमा बिशेष निति बनाउनुपर्ने बताएका थिए। कार्यक्रममा सहभागिहरुले मण्डलीको सम्पती सुरक्षाको लागि ख्रीष्टिय समूदायको आफनै अधिकार सहितको मुनाफा रहित धार्मीक गुठीको ब्यबस्था हुनुपर्ने बताएका थिए।
कार्यक्रमममा मण्डलीको सम्पती सरकारमा दर्ता गर्ने या नगर्ने बिषयमा फरक फरक बिचार आएको थियो। केहिले मण्डलीको सम्पती गैरसरकारी सस्थाको रुपमा सरकारमा दर्ता गरेमा सुरक्षित हुने बताएपनि केहि अगुवाहरुले भने यस बिषयमा गम्भिर हुनुपर्ने बताएका थिए।
कार्यक्रममा सर्व स्वीकार्य ख्रीष्टिय सञ्जाल गठन गरि मुलुकभरका मण्डलीको प्रसाशनीक काममा सहयोग गर्नुपर्ने बताएका थिए। मण्डलीको सम्पती सरकारमा दर्ता गरेमा सञ्जालले कर छुटको लागी पहल गर्नुपर्ने अगुवाहरुको भनाई थियो। मण्डलीको सम्पती सरकारमा दर्ता गर्नु भन्दा इसाइ समाजले निश्चित नियम बनाउन सके असल हुने सहभागिहरुको भनाई थियो।
यसैगरी छलफलको क्रममा पाष्टर अगुवाहरुले धार्मीक ऐन २०१९ परिमार्जन गर्नुपर्ने बताएका थिए। मुलुक धर्म निरेपेक्ष घोषणा भएको अवस्थामा पनि इसाई समूदायलाई राज्यको दृष्टिकोण समान नभएको भन्दै इसाई समूदायको अधिकारको लागि कानुनमै उल्लेख गर्नुपर्ने सहभागिहरुको जोड थियो। सहभागिहरुले स्वच्छीक धर्म मान्न पाउनुपर्ने अधिकार भएर पनि ब्यबहार सम्वत हुन नसकेको बताएका थिए।
कार्यक्रममा समूहगत छलफल अघि माननिय सभासद लोकमणी ढकाल, कृष्णमान शाक्य, बि. पि. खनाल, इशुजङ कार्की लगायतले ख्रीष्टिय मण्डली तथा सम्प्रदायहरुको चल अचल सम्पतीको कानुनी संरक्षण र धार्मिक ऐनको आवश्यकताको बिषयमा सहजिकरण गर्नुभएको थियो।
बैसाख ३१ गते देखि शुरु भएको महासभा काठमाण्डौ स्थित नेपाली इसाई मण्डलीमा जारी छ।
Discussion about this post