• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमसको इतिहास

by Kamal Adhikari
December 22, 2013
in Special, ख्रीष्टमस शुभकामना
Kamal Adhikari
Kamal Adhikari

येशूको ऐतिहासिकतामाथि शंका गर्दै दार्शनिक बेट्राण्ड रस्सेलले लेखे, “ऐतिहासिक रूपमा ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो भन्ने कुरा शंकास्पद छ, यदि हुनुहुन्थ्यो भने पनि हामी उहाँको विषयमा केही पनि जान्दैनौं ।” ऐतिहासिक साक्षीहरूलाई जाँच गरेर हेर्दा रस्सेलको यस्तो भनाइ वास्तवमै हाँस्यास्पद देखिन्छ । नयाँ नियमका सत्ताइस ओटा पुस्तकहरू मात्र होइन यहूदी सर्न्दर्भहरू र सेकुलर (गैर-यहूदी र गैर-ख्रीष्टियान)  सर्न्दर्भहरूले पनि येशूको ऐतिहासिकताबारे प्रचुर मात्रामा स्रोतहरू जुटाएका छन् । रोमी इतिहासकार कर्नेलियस टासिटस, यहूदी इतिहासकार योसिफस, ग्रीक व्यङ्ग्यकार लुसियन, सुटोनियस, प्लिनी द योङ्गर, थल्लुस, फ्लेगन, मारा बार सेरापिओन सेकुलर स्रोतहरूका केही उदाहरणहरू हुन् । ब्रिटानिका विश्वकोशको १९७४ ख्रीष्टाब्दको संस्करणमा येशूको जीवनी बयान गर्नलाई बीस हजार शब्दहरू प्रयोग गरिएका छन् । अरिस्टोटल, सिसेरो, अलेक्ज्याण्डर, जुलियस कैसर, बुद्ध, कन्फ्युसियस, मोहम्मद र नेपोलियन बोनापार्टलाई दिइएको ठाउँभन्दा बढी हो यो । प्राचीन समयमा ख्रीष्टिय-मतका प्रतिद्वन्द्वीहरूले पनि येशूको ऐतिहासिकतामाथि कहिल्यै शंका गरेनन् । ख्रीष्टिय-मतका संस्थापक वास्तवमै अस्तित्वमा थिए भनी स्वीकार नगरी ख्रीष्टियान मण्डलीको उदय, सुसमाचारीय विवरणहरू र यसका पछाडि रहेका परम्पराको प्रवाहलाई व्याख्या गर्न कठिन मात्रै होइन असम्भव पनि छ । कुनै पनि प्रतिष्ठित विद्वान्ले ऐतिहासिक येशूको अस्तित्वलाई इन्कार गर्ने साहस कहिल्यै गरेका छैनन् । येशूको ऐतिहासिकतालाई इन्कार गर्नु वास्तवमै मर्ख बन्नु हो ।

 

येशूको ऐतिहासिकतामाथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वाभाविक नै हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । ख्रीष्टमस (Christmas)  शब्द अंग्रेजी भाषाको नेपाली लिप्यन्तरण हो । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । चौथो शताब्दीको उत्तर्रार्द्धतिर ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालिएको थियो । उहा“को जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, एद्यपि केही मतहरू अघि नसारिएका भने होइनन् । सम्भवतः त्यस समयमा मनाइने गैर-ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । विश्वव्यापी कालानुक्रमलाई उत्पादन गर्ने पहिलो ज्ञात ख्रीष्टियान इतिहासकार सेक्टस जुलियस अप्रिmकानसले  ख्रीष्टाब्द २२१ मा पहिलो पटक डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा परिचित गराएका थिए ।

 

चौथो शताब्दीमा ख्रीष्टिय-मत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस यूरोपमा सबैभन्दा महत्वपुर्ण धार्मिक पर्व भएको थियो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बीसौँ शताब्दीमा विभिन्न किसिमका व्यवसायहरूको लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपुर्ण हुन थाल्यो । बीसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । संसारभरि नै करडौं ख्रीष्टियानहरू र गैर-ख्रीष्टियानहरूको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र सबैभन्दा व्यस्त समय हो ।

 

ख्रीष्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न देशबाट विभिन्न समयमा आएका छन् । ख्रीष्टमसको समयमा उपहारहरू साटासाट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबीच उपहारहरू साटासाट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभएको तथ्यको सम्झना गराउ“छ । “बुद्धिमान् मानिसहरू” (ग्रीकमा Maggi नेपाली बाइबलमा “ज्योतिषीहरू” भनी अनूदित) द्वारा येशूलाई गरिएको भेटमा उपहारहरू चढाइएका छन् । ख्रीष्टमस वृक्ष (Christmas Tree) को परम्परा जर्मनीले ल्याएको हो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेवास्टियन ब्राण्टले ख्रीष्टाब्द १४९४ मा लेखेको सबैभन्दा महत्वपुर्ण जर्मन साहित्य “मुर्खहरूको जहाज” नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चयता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक ख्रीष्टाब्द १६०५ मा स्ट्रार्स्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रूखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू ख्रीष्टाब्द १६११ मा साएलसिएनद्वारा अभिलिखित गरिएका छन् । ख्रीष्टाब्द १८४३ मा पहिलो ख्रीष्टमस कार्ड ब्रिटिश नागरिक जे. सी. हर्सद्वारा रचना गरिएका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ”Merry Christmas and a Happy New Year to You”। क्यारल (Carol) भन्ने शब्द प्राचीन फ्रेन्च शब्दबाट आएको हो । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए, जसमध्ये केही नेपाली भजनमा अनूदित छन् । चर्चित ख्रीष्टमस भजनहरूमा चार्ल्स वेस्लीद्वारा लिखित नेपालीमा अनूदित “सुन र्स्वर्गदूतको गान” (भजन नं. २२), ख्रीष्टमसको सन्ध्यामा ख्रीष्टाब्द १८१८ मा जोसेफ मोहरद्वारा लिखित नेपालीमा अनूदित “शान्तमय रात” (भजन नं. ३१), आदि पर्दछन् । यसका अतिरिक्त ख्रीष्टमस भोज, घर/मण्डली भवनको सजावट आदि चलनहरू पनि ख्रीष्टमससँगै गाँसिएर आएका छन् ।

 

ख्रीष्टमस पर्वको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । उनीहरूले अघि सार्ने पहिलो र महत्वपुर्ण तर्क हो – ख्रीष्टमसबारे बाइबल मौन छ । यो भनाइ सत्य हो । तर मण्डलीमा अभ्यास गरिने अन्य थुप्रै क्षेत्रहरूमा पनि बाइबल मौन छ । बुधबारको प्रार्थना संगति -झण्डै विश्वव्यापी छ), भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । “प्रेरित पावलले मोटरबाइक चढेको थियो र हामीले चढ्ने?” भन्ने प्रश्न कहिलेकाही“ केही ख्रीष्टियान पटमुर्ख अगुवाहरूले मुखबाट ओकल्ने गर्छन् । म विश्वास गर्छु पावल अहिले बाँचेको भए, पावललाई परमेश्वरले हेलिकप्टरमा चढाएर सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो । पावल बाँचेको समय र वर्तमान समयबीचको भिन्नतालाई बुझ्ने बाइबल विद्यार्थीले कहिल्यै त्यस्तो प्रश्न गर्ने साहस गर्दैन । यस्ता अनगिन्ति कुराहरू छन्, जसको विषयमा बाइबल मौन छ, एद्यपि मण्डलीमा ती अभ्यास गरिंदै आएका छन् । दोस्रो तर्क हो – ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन । यो भनाइ पनि झण्डै पुर्णतः सत्य छ । तर ख्रीष्ट ऐतिहासिक मानिस हुनुहुन्छ भन्ने तथ्य विश्वले स्वीकारेको छ भन्ने पर्याप्त प्रमाण पहिलो अनुच्छेदमा नै हेरिसकिएको छ । त्यसो हो भने ख्रीष्ट एक न एक दिन पक्कै जन्मनुभएको हो । डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले, उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन भन्नु पनि र्व्यर्थ छ । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र – कतिपय अवस्थामा मिति होइन विषय महत्वपुर्ण हुन्छ । तेस्रो तर्क हो – ख्रीष्टमसको चलन गैर ख्रीष्टियानबाट र यो रोमन क्याथोलिक उद्भव हो । तर हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउ“हरूको उद्भव गैर-ख्रीष्टियान नै छन् । जस्तै, जनवरी भन्ने महिनाको नाम रोमी देवता जेनसबाट लिइएको हो । हामीले प्रयोग गर्ने बारका नाउँहरू देवी देवताका नामहरूस“ग सम्बन्धित छन् । सण्डे -आइतबार) सुर्य देवताको नाउँ भएकोले आइतबारको दिनमा आराधना गर्नुहुँदैन भन्ने तर्क सेभेन्थ डे आडभेन्टिष्टहरूको रहेको छ । तर तिनीहरूलाई शनिबारको उत्पत्ति शनि देवताबाट आएको हो भन्ने कुरा थाहा छैन कि क्या हो – चौथो तर्क हो – ख्रीष्टमसमा पियक्कडपन र अनैतिकता बढी हुन्छ । आइतबारमा अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा आराधनाको दिन सार्न मिल्छ र – हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र – दुर्घटना हुन्छ भनेर काठमाडौंदेखि झापासम्म हिंडेर जाने व्यक्ति कोही छ र?

Related Posts

Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
मातृभाषाको चिन्ता

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

January 30, 2023
मातृभाषाको चिन्ता

काम नलाग्‍ने मान्छे

January 12, 2021

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In