• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुश्री ज्ञानी शाह

by Bhuvan Devkota
October 26, 2013
in News & Events

मण्डलीकी आमा भनेर पश्चिम नेपालमा चिनिएकी सुश्री ज्ञानी शाह नेपालको पहिलो महिला आर्मी हुन्।नेपालको मण्डली इतिहासकी धरोहर ज्ञानी नेपालको राजपरिवारसँग पनि जोडिएकी व्यक्तित्व हुन्।भारतको पटनामा येशूलाई भेटेर उहाँको सेवा गर्ने चुनौती पाएकी खरो तर मायालु स्वभाव भएकी ज्ञानी स्वयं इतिहासको दस्तावेज मात्रै नभई, युवा पुस्ताको लागि प्रेरणा र चुनौतीकी खानी हुन्।त्यो समय राजदरबारबाट ख्रीष्टमस उपहार पाउने ज्ञानी अहिले ८ दशक पछिको उमेरमा पनि युवा जोशले भरिएकी छिन्।प्रस्तुत छ सम्पादक भुवन देवकोटाले ज्ञानीसँग लिनुभएको अन्तर्वार्ताको सार।

 

प्रभुलाई कसरी विश्वास गर्नुभयो ?

म जगन्नाथ जान्छु भनेर भागेर घरबाट हिंडें।पटनामा एकजना विश्वासी दिदीले मलाई मिशनमा पुर्‍याउनुभयो।जोगी हुन चाहने मेरो हठी स्वभावलाई उहाँले चुनौती दिनुभयो।बाइबल मेडिकल मिशन भन्ने महिला अस्पतालमा पुगें।त्यहाँ हरेक हप्ता हरेक वाडमा स्लाइड (म्युजिकल एन्थेम) देखाउनेरहेछन् र त्यसलाई कसैले बुझाइ पनि दिनेरहेछन्।म पुगेको दुई हप्तापछि देखाएको एउटा स्लाइडमा प्रभु येशूले हातमा लालटिन बोकेर जंगलमा उभिनुभएको थियो।तपाईंको जीवन पनि यस्तै जंगल छ र तपाईंको मनको ढोका बन्द छ भने प्रभु येशू त्यसमा उज्यालो पुर्‍याउन तयार हुनुहुन्छ भनेपछि त्यति बेला मात्रै मैले येशूलाई विश्वास गर्ने विचार गरें।तर म पहिले त ख्रीष्टियानहरूको माझमा बसे पनि ख्रीष्टियानहरूलाई घृणा गर्थें।त्यसपछि अस्पतालमा पहिले मलाई स्वीपरको र पछि भान्साको काम दिइयो।त्यो बेला हरेक दिन एकजना मिशनेरीले हिन्दीमा बाइबलबाट सिकाउनुहुन्थ्यो र कण्ठ गर्ने पद दिनुहुन्थ्यो।भान्साको कुनामा मैले सफा बनाएर अँगारले त्यसमा बाइबलको पद लेखेर राखेको थिएँ।पिठो मुस्ने, खाना बनाउने र अरू काम गर्ने बेला म त्यसलाई दोहोर्‍याउने गर्थें।त्यसैगरी नै मैले मत्ती र मर्कूसको सुसमाचार कण्ठ गरें।त्यसको एक वर्षपछि मैले भान्सामै येशूलाई आफ्नो जीवन दिएँ।त्यसपछि सन् १९४३, अगस्त ८ तारिख मेरो बप्तिस्मा पटना युनियन मण्डलीमा भयो।

 

नेपालमा फर्कने प्रेरणा कसरी पाउनुभयो ?

मैले येशूलाई साँचो हृदयले ग्रहण गरेकै दिन मैले नेपाल देखें।यस्तो राम्रो कुरा मेरा मानिसहरूले थाहा पाउनुपर्छ र उनीहरूले थाहा पाए विश्वास गर्छन् भन्ने मेरो जोशको कारणले मलाई नेपाल आउने रहर लाग्यो, तर त्यस्तो नहुनेरहेछ।तर पछि गएर मेरो जोश पनि कम हुन लागेको थियो।नेपालमा ख्रीष्टियानहरूलाई गरिने व्यवहारले पनि मेरो जोश घटायो।

 

फेरि कसरी आउन राजी हुनुभो त ?

यहाँ आउनुअघि मलाई क्षयरोग लाग्यो।झण्डै डेढ वर्षसम्म मेरो शरीरको तापक्रमै घटेन।त्यहाँ हुने डाक्टरले मलाई शाहजी, परमेश्वर र तपाईंको बीचमा के मिलेको छैन भनिरहनुहुन्थ्यो।त्यो बेला सात सालको परिवर्तनको समय हुनाले नेपालको हल्ला चारैतिर थियो र यसरी हल्ला सुनिरहँदा मलाई फेरि नेपाल आउने रहर जाग्यो।त्यसपछि मैले निको भए नेपाल जाने निश्चय गरें, त्यसपछि बिस्तारै मेरो तापक्रम घट्न थाल्यो र म निको भएँ।मलाई तत्कालीन मिशनेरीहरूले बम्बेको नजिकैको नासिक सहरमा भएको मिशनमा ठूलो पद दिने कुरा गरे तर मैले नेपाल जाने नै कुरा गरें।

 

नेपाल आर्मीमा कसरी पुग्नुभो र ?

म पहिले मिशनको कामको लागि सन् १९५३ मा पोखरा आएको थिएँ।त्यसपछि सन् १९५४ मा म काठमाडौँ आएँ।त्यो बेला नेपालमा नर्सहरू थिएनन्।भर्खरै W.H.O.(विश्व स्वास्थ्य संगठन) ले नर्सको तालिम सुरु गर्ने कुरा भएको थियो।पाँच वर्ष U.M.N. मा सेवा गरेपछि निर शमसेरले मलाई सैनिक अस्पतालमा जान आग्रह गर्नुभयो।त्यसपछि दरबारले पनि मलाई कर गर्यो।मैले ११ वर्ष सैनिक अस्पतालमा सेवा गरें।

 

टीकापुर जाने प्रेरणा कसरी पाउनुभयो र ?

वि.सं. २०२७ सालमा कैलाली गएर घुम्दा हैजाजस्तो सामान्य समस्याले पनि धेरैलाई लगेको देखेर मलाई कैलाली गएर थारूहरूको बीचमा सेवा गर्ने रहर जाग्यो।तर सोही बेला मलाई रेडक्रसमा लान निकै जोड गरियो।त्यो बेलाकी तत्कालीन माहिला महारानी (श्री ५ महेन्द्रकी माहिली श्रीमती) ले मलाई तँ त सारै जिद्दीवाल छेस् भन्नुभएको थियो।

 

काठमाडौँमा मण्डली सुरु हुँदाका केही अनुभवहरू —

हामी जुद्धसडकमा केरलाकाहरूसँगै संगति गथ्यौं तर पछि कोठा सानो भएकोले खोज्दा मैले धोबीचौरमा कोठा भेटें।राजेन्द्र रोंगोंग, म, प्रकाश राई र पास्टर जर्ज कोठा हेर्न गयौं।त्यहाँ कोठा हेरेपछि पास्टर जर्जले ‘ठीकै छ, तपाईंहरू यहाँ आउनुभएपछि त्यो पुरानो कोठा हामीलाई पुगिहाल्छ’ भन्नुभयो।तर हामी त छक्कै पर्यौं किनकि हाम्रो त छुट्टिनेे विचारै थिएन।पछि हामीले छुट्टै संगति सुरु गर्यौं।त्यो बेलाको मण्डलीको भेटी महिना भरिमा झण्डै १२ रुपियाँ हुन्थ्यो।पास्टर फण्डको बाकसमा लगभग रु. २० उठ्थ्यो तर पास्टर रोबर्ट त्यसैमा सन्तुष्ट हुनुहुन्थ्यो।घरवालाले हामी ख्रीष्टियान हौं भन्ने थाहा पाएपछि हामीलाई निकाल्थे र U.M.N. को ७ नम्बरको जिपमा हामीसँग भएका २-३ वटा सुकुलहरू हालेर हामीहरू डेरा सथ्यौं।यसरी ज्ञानेश्वर मण्डली डिल्लीबजार, ठमेलको अहिले नेपाल गेष्ट हाउस भएको घर, फेरि डिल्लीबजार, ज्ञानमन्दिर, मालीगाउँ हुँदै अहिलेको स्थानमा आइपुगेको हो।त्यो बेला थोरै विश्वासीहरू र एउटै परिवारजस्ता थियौं।

 

अब अर्को कुरा गरौं, तपाईंको घर किन त्यति साधारण र ?

मलाई त्यो राम्रै लाग्छ, त्यो घर मेरो लागि सजिलो छ र मलाई त्यसले सुरक्षा दिन्छ।मलाई त्यति भए पुग्छ।मैले बनाएका घरहरू करिब २५ पुगे होलान् तर मलाई मेरै घरमा आनन्द लाग्छ।

 

युवाहरूको बारेमा के भन्नुहुन्छ ?

ख्रीष्टियान युवाहरूले आफ्नो शक्ति देशको लागि खर्च गर्नुपर्छ।मण्डलीले पनि योग्यताको आधारमा काम दिनुपर्छ।योग्यको साटो अयोग्य र उनीहरूको होइन, मण्डलीको दर्शनमा पनि युवाहरू चलाइएका छन्।मण्डलीले उनीहरूको रखवाली गर्नुपर्छ।उनीहरूको इच्छालाई मण्डलीले बुझ्नुपर्छ।अब मोशाहरूले यहोशूलाई विश्वास गर्न सक्नुपर्छ र हामीले ठाउँ ओगटिराख्नुहुँदैन।पुरानो समाजले हेला गर्ने हुनाले मण्डलीले युवाहरूलाई माया गर्नुपर्छ।

 

युवाहरूलाई के भन्नुहुन्छ ?

तिनीहरूले हाम्रा पुराना र इज्जतका कुराहरू छोडेर किन येशूकहाँ आयौं भन्ने कुरा मनमा राख्नुपर्छ।अन्त्यसम्म स्थिर रहे मात्रै मुकुट पाइन्छ।हाम्रा युवाहरू प्रशासन र अन्य क्षेत्रमा पनि अघि जानुपर्छ।ख्रीष्टियान विश्वास जागिर होइन, यो त परमेश्वरसँगको सम्बन्ध हो।आफ्ना अगुवाहरूलाई आदर गर्नुपर्छ।

 

अन्त्यमा –

अब मण्डलीहरूबिच एकता हुनुपर्छ।एन.सी.एफ.मा हामी हुँदा राम्रो थियो तर पछि राजनीति भयो र विभाजन आयो।अब फेरि त्यस्तो दिन नेपालको मण्डलीमा नआओस्।परमेश्वरले सबै मण्डलीहरूलाई प्रेम गर्नुहुन्छ।मेरो सधैँको प्रार्थना यही छ कि आत्माको आगोले मात्रै अहिलेको बेमेल र अनेकतालाई डढाउन सक्छ।त्यसकारण सबैले साँचो जागृतिको लागि र्थना गरौं।

Republished in new layout on 9/25/2013

Previous Comments

comment
written by tarahang , April 19, 2011

सम्पादक ज्यू,
ज्ञानी शाह सँगको अन्तर्वाताले नेपालम उहले कसरी सेवकऐ गर्नुभयो भन्ने बुज्न सकिन्छ तर अन्तर्वाताको बिच्मदा अर्कै प्रसँगम तपाईंको घर किन त्यती साधारण भनेर सोद्खिएको छ । र उत्तर्मा मेरो पचीस जती घर बनए भन्नुभो तर मेरो जिज्ञासा अरु चौबिस घर कहाँ गएनी ? स्पस्त भए राम्रो हुनेथियो कि!

ताराहाङ तावा
पाँचथर

…
written by BMS , October 25, 2010

Dhupaure interview. This could be more attractive, very poor questions setting.

thnx 4 doin tht.
written by niraj , April 02, 2010

jaimc!thanx 4 da all questations.

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In