फागुन ७ गते प्रजातन्त्र दीवसको दिन बेलुका ३:३० बजे पाटन चर्चमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम आशाको सन्देश-नेपाल को धन्यवाद ज्ञापन कार्यक्रम विभिन्न मण्डलीका पास्टर अगुवाहरू र संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा केही भजन कोरसहरूबाट परमेश्वरको महिमा गर्दै प्रस्तोता केशव लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । परमेश्वरको वचनबाट पा. मंगलमान महर्जनले तिमोथीको पुस्तकबाट हामी जस्तोसुकै अवस्थामा पनि परमेश्वरको काम, प्रचार प्रसार गर्नमा पछि नहट्ने उत्साह दिनुभयो।
देशमा प्रजातन्त्र आएदेखि प्रचार प्रसारको निम्ति ढोका खुल्यो र २०६३ सालदेखि नेपाल धर्म निरपेक्ष देश घोषणा भएपछि सरकारी माध्यम रेडियो नेपालबाट परमेश्वरको वचन नेपालका विभिन्न ठाउँमा पुग्नु नै परमेश्वरले मौका दिएको र यसको निम्ति विशेष परमेश्वरलाई धन्यवादको दिनुपर्ने कुरा कार्यक्रममा आशाको सन्देश-नेपाल का अध्यक्ष डा.रेभ.सिमोन पाण्डेले बताउनुभयो ।
यसै समयमा निम्न कार्यहरूको निम्ती धन्यवादको प्रार्थना भएको थियो।
* नेपालका विभिन्न ठाउँमा भएका श्रोता क्लबहरूको निम्ति
* केही मानिसहरू आशाको सन्देश सुनेर प्रभुमा विश्वास गरेकाहरूको निम्ति
* श्रोताहरूको निम्ति यो कार्यक्रम लोकप्रिय भएको छ।
* रेडियो नेपालबाट प्राप्त जानकारी अनुसार रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा आशाको सन्देश-नेपाल पनि टप टेनमा परेको छ ।
* आर्थिकरुपमा सहायता पुर्याउने संघ संस्था, व्यक्ति, मण्डलीहरूको निम्ति।
प्रार्थानामा अगुवाई गर्ने पास्टरहरूः हरी प्रधान, विशप नारायण शर्मा, टंक सुवेदी, रुपनारायण तिम्लिसना, शामूएल सोदेम्बा, टेक दाहाल र अरु पास्टरहरू हुनुहुन्थ्यो। नारायण महर्जनको प्रार्थानाबाट कार्यक्रम विसर्जन भएको थियो ।
प्रार्थानाका विषयहरूः
कार्यक्रम निरन्तर चलिरहोस्
गठन भएका श्रोता कल्बहरूको निम्ति
कार्यक्रमको लागि आर्थिक श्रोत मिलेको होस्।
Republished in new layout on 7/30/2013
Discussion about this post