सानातीना विषयमा विदेशी गुहार्ने प्रचलनले राष्ट्रिय स्वाधिनता खतरामा पर्ने समेत जीकीर गर्नु भयो। अस्वभाविक दील्ली दौडले मुलुकको राष्ट्रियतामै आच आउन सक्ने तर्फपनि सचेत हुनु पर्ने डा भट्टराइले उल्लेख गर्नु भयो।
राष्ट्रिय बुद्धिजिवि संगठन
बिराटनगर -चैत्र १८
अर्थमन्त्रि डा. बाबुराम भट्टर्राईले ब्यवस्थापिका र कार्यपालीका संगै न्यायपालीकामा समेत पुनसंरचना आबस्यक भएको वताउनु भएको छ ।
बिराटनगरमा आज नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन मोरङको आयोजना गरेको बर्तमान परिस्थितीमा बुद्धिजिवीहरुको भुमीका विषयक अन्तक्रीयामा बोल्दै अर्थमन्त्रि भट्टर्राईले यस्तो धारणा व्यक्त गर्नु भएको हो । उहाले ब्यवस्थापिका र कार्यपालीकामा झै न्यायपालीका पनि पनसंरचना नभए लोकतन्त्रको महसुस गनए नसकीने उल्लेख गर्नु भयो ।
सेनाको सम्वन्धमा छलफल र वहस गर्न हुदैन भन्नु लोकतान्त्रिक पद्धति विपरित हुने दावी गर्दै भट्टर्राईले सेनालाई पनि समायोजन गरी पुनसंरचना गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाले संविधान निर्माघ, संघीयता, सेना समायोजन, सामाजिक आर्थीक रुपान्तरण मुलुकमा तत्काल गर्नु पर्ने महत्वपूर्ण विषय भएको बताउनु भयो ।
डा. भट्टर्राईले नेपाली काग्रेसले अब अग्रगमनको नेतृत्व गर्न नसक्ने र एमालेमा पनि नेपाली काग्रेंस भन्दा तात्विक फरक नभएकोले उनीहरु परिवर्तनका सहयात्री मात्र हुन सक्ने तर नेतृत्व गर्न नसक्ने दावी गर्नु भयो । सानातीना विषयमा विदेशी गुहार्ने प्रचलनले राष्ट्रिय स्वाधिनता खतरामा पर्ने समेत जीकीर गर्नु भयो । अस्वभाविक दील्ली दौडले मुलुकको राष्ट्रियतामै आच आउन सक्ने तर्फपनि सचेत हुनु पर्ने डा भट्टराइले उल्लेख गर्नु भयो ।
संविधान सभाको उप निर्वाचनका पुर्ुव संध्यामा बिराटनगर आउनु भएका अर्थमन्त्रि भट्टर्राईले चुनाव स्वभाविक प्रकृया भएको र आफुले उप निर्वाचन सम्वन्धि केही टिप्पणी नगर्ने उल्लेख गर्नु भयो ।
अन्तरक्रियामा अर्थशास्त्री डा. भेषबहादुर थापा, राधेश्याम दली, उद्योगि ताराचन्द खेतान लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व बुद्धीजीवी संगठन मोरङका अध्यक्ष वलराम पोख्रेलले गर्नु भएको थियो ।
Republished in new layout on 7/24/2013
Discussion about this post