राष्ट्र रहेमात्र मधेश,लिम्बुवान ,तमुवान रहने भन्दै गुप्ताले भौगोलीक ,साँस्कृतिक,आर्थिक,सामाजीक रुपवाट सबैको सहमतीमा राज्यको पुनसंरचना गर्नुपर्ने स्पष्ट पार्नुभयो
मधेशवादी दलहरु विखण्डनबादि गुप्ता
विराटनगर-चैत १९
नेपाल सद्भावना पार्टि आनन्दीदेवीका अध्यक्ष श्यामसुन्दर गुप्ताले आत्म निर्णयसहितको समग्र मधेश एक प्रदेशको माग गर्ने सवै मधेशवादी दलहरु विखण्डनकारी भएको आरोप लगाउनु भएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गुप्ताले विभिन्न जात जाती भाषाभाषीहरु वस्दै आएको मधेशलाई आत्म निणय सहित एक प्रदेश बनाइए देश विखण्डन हुने दावी गर्नुभयो । राष्ट्र रहेमात्र मधेश,लिम्बुवान ,तमुवान रहने भन्दै गुप्ताले भौगोलीक ,साँस्कृतिक,आर्थिक,सामाजीक रुपवाट सबैको सहमतीमा राज्यको पुनसंरचना गर्नुपर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो नेपाल भित्र रहेर संघियता निर्माण गर्नुपर्छ । माओवादीले लोकतन्त्र मासेर र्सवसत्तावाद लाद्न खोजीरहेको आरोप लगाउँदै गुप्ताले त्यस विरुद्ध चाँडै नेपाली कांग्रेसको नेतृत्वमा बृहद लोकतान्त्रिक मोर्चा वनाई आन्दोलनमा उत्रिनु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
उहाँले माओवादी जनमुक्ति सेनाको क्याम्पहरु अपराधिहरुको सरणस्थल भएको दावी गर्दै त्यस्ता सेनालाई समायोजनको नाममा नेपाली सेना बनाउन नमिल्ने स्पष्ट पार्नुभयो । माओवादीले सेनाको मनोवल कमजोर पार्ने काम गरिरहेको आरोप लगाउँदै गुप्ताले यदी सेनाको मनोवल गीराउने काम गरीए मुलुकमा गृहयुद्ध हुने चेतावनी दिनुभयो ।
आफैं अधोगती तिर गइरहेको माओवादी नेतृत्वको सरकार चाँडै ढल्ने ठोकुवा गर्दै उहाँले त्यस पछि संविधान सभामा प्रतिनिधित्व गर्ने २५ वटै दलको सहभागितामा राष्ट्रिय सरकार गठन हुने बताउनु भयो ।
Republished in new layout on 7/24/2013