सुनसरी मोरङ औधोगीक करिडोरमा प्रधिकरणले नियमीत रुपमा १७ घण्टा सम्म विद्युत आपुर्ति गरिरहेको भएपनि विराटनगरमा र्सवसाधारणहरुलाई वन्चित गरेको भन्दै यस्तो विभेद अन्त्य गर्नुपर्ने भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन्।
लोडसेडीङको विरोधमा चक्काजाम
विराटनगर-बैसाख
विद्युत आपुर्ति नियमीत गर्न माग गर्दै नागरिक समाजले सोमवार पनि विराटनगरको विद्युत प्राधिकरण शाखा कार्यालय भृकुटी चौकमा चक्काजाम गर्नुका साथै कार्यालयमा धर्नादिएका छन्। उनीहरुको चक्काजामका कारण कोशी राजमार्गको यातायात सेवा विहान १० वजेदेखि अवरुद्ध भएको छ। त्यस्तै उनिहरुले लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत प्राधिकरण विराटनगर शाखाको गेटमा धर्ना दिएका कारण कार्यालयको काम काज ठप्प भयो।
उनिहरुले विहान १० वजेदेखि दिउँसो २ वजे सम्म चक्काजाम र धर्ना दिएका थिए । बैसाख ३ गतेदेखि आन्दोलनमा उत्रिएका नागरिक समाजले सुरुमा एक धण्टा चक्काजाम र धर्ना दिएका थिए भने बढाउँदै लगेर चार घण्टा पुर्याएका हुन्। अफिस समय संगसंगै कार्यालयमा धर्ना दिएका कारण प्राधिकरणको सोमवारको विल असुली लगायतका सम्पुण् काम बन्द भएको कार्यालयलले जनाएको छ। सुनसरी मोरङ औधोगीक करिडोरमा प्रधिकरणले नियमीत रुपमा १७ घण्टा सम्म विद्युत आपुर्ति गरिरहेको भएपनि विराटनगरमा र्सवसाधारणहरुलाई वन्चित गरेको भन्दै यस्तो विभेद अन्त्य गर्नुपर्ने भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन्।
Republished in new layout on 7/18/2013
Discussion about this post