विश्व बजारले माग गरेको वस्तु र गुणस्तर दिने तर्फपहल गर्नु पर्नेमा जोड दिनुभयो। उद्योग संगठन मोरङको संयोजनमा भएको कार्यक्रममा उद्योग सगठन मोरङका अध्यक्ष दिनेश गोल्छा, आपूर्ती मन्त्रालयका उपसचिव विनोद आचार्य लगायतले पनि बोल्नुभयो ।
भारतले नेपाल बंगलादेश जोड्ने
विराटनगर जेठ ७
वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले भारतले नेपाल बंगलादेश जोड्ने फुलवारी मार्गको भौतिक पुर्वाधार सुधार थालेको बताउनुभएको छ ।
मन्त्रालयले आज बिराटनगरमा आयोजना गरेको क्षेत्रीय व्यापार अभिवृद्धि सम्वन्धि अन्तरक्रिया गोष्ठिमा सचिव ओझाले सो मार्ग सुचारु गर्ने बिषयमा भारत सरकार समेत सकारात्मक भएको उल्लेख गर्नुभएको हो।
नेपाल भारत व्यापार र नयाँ बजार खोजी गर्ने बिषयमा व्यवसायीहरुले विभिन्न समस्या रहेको बताएका थिए । कार्यक्रममा भन्सार वाहेक क्वारेन्टाइन लगायतका गैरभन्सार गतिविधिले द्धिपक्षिय व्यापारमा समस्या आउने गरेको बिषयमा पनि छलफल भएको थियो।
अन्तरक्रियामा मन्त्रालयका सहसचिव सुरेश शिलवालले नेपाली व्यवसायीहरुले परम्परागत वस्तु उत्पादनमा परिवर्तन नल्याएका कारण पनि बजार साँधुरिदै गएको बताउनुभयो। उहाँले विश्व बजारले माग गरेको वस्तु र गुणस्तर दिने तर्फपहल गर्नु पर्नेमा जोड दिनुभयो।
उद्योग संगठन मोरङको संयोजनमा भएको कार्यक्रममा उद्योग सगठन मोरङका अध्यक्ष दिनेश गोल्छा, आपूर्ती मन्त्रालयका उपसचिव विनोद आचार्य लगायतले पनि बोल्नुभयो ।
Republished in new layout on 7/17/2013
Discussion about this post