सभामा हौसला उत्साह दिन र सोकित परिवारको लागि प्रार्थना गर्नको निम्ति उपत्यका चर्चहरुबाट पाष्टसर, अगुवाहरु, धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो। परमेश्वरले ठूलो घटना हुन देखि वचाउनुभएकोमा धन्यवाद दिनलाई फादर, सिष्टुरहरुले प्रार्थना गर्नुभएको थियो। विशप नारायण शर्माले दुःखीत परिवारको लागि प्रार्थना गर्नुभएको थियो भने डा के बी रोकायाले मनतव्य राख्नुथभएको थियो।
शोक सन्तप्त परिवारको लागि प्रार्थना सभा
काठमाडौं, जेठ १०- ललितपुर भनिमन्डलस्थित क्याथोलिक चर्चमा शनिबार बिहान ९ : २० बजे बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो। भारत पटनाकी सेन्ट मेरिज स्कूलमा १० कक्षामा अध्ययनरत १५ वर्षीया सेलेस्का जोसेफ र पटनाकै ३० वर्षीया दीपा पैत्रिकको मृत्यु हुनगएकोमा सम्पूर्ण धर्मावलम्वीहरु लगाएत देशवासीमा दुःख छाएको घडीमा आज दिउसो ३ बजे घाइतेहरुको सिघ्र स्वास्थ्य र शोक सन्तप्तध परिवारको निम्ति सोक सभा प्रार्थनाको आयोजना भयो।
सो सभामा हौसला उत्साह दिन र सोकित परिवारको लागि प्रार्थना गर्नको निम्ति उपत्यका चर्चहरुबाट पाष्टसर, अगुवाहरु, धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो। परमेश्वरले ठूलो घटना हुन देखि वचाउनुभएकोमा धन्यवाद दिनलाई फादर, सिष्टुरहरुले प्रार्थना गर्नुभएको थियो। विशप नारायण शर्माले दुःखीत परिवारको लागि प्रार्थना गर्नुभएको थियो भने डा के बी रोकायाले मनतव्य राख्नुथभएको थियो।
माननिय के पी शर्मा वली र पम्फा भुषालले धार्मिक स्थल चर्चमा बम पडकाउने काम निन्दनिय भएको र दोषिमाथी कडा कार्वाही, कडा सुरक्षा गर्ने र क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नेकुरा बताउनुभएको थियो।
यो घटनाले सिङ्गो राष्ट्रलाई आघात बनाएको छ। निर्दोष व्यक्तिहरुलाई मारेर जघन्य अपराधिक काम भएको छ।
Republished in new layout on 7/15/2013
Previous Comments
जघन्य अपराध
written by prakash bagale , May 26, 2009
सरकारले फेरी यस्तो हुन नदिन के कुनै कदम चलेको छ ?
Discussion about this post