• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, June 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गर्मीले विरामी वढे

by Shishir Dahal
July 15, 2013
in News & Events

गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन।


गर्मीले विरामी वढे उपचार ब्यवस्था कठिन

शिशिर दाहाल, विराटनगर असार

तराइमा वढेको गर्मिका कारण अस्पतालहरुमा विभिन्न रोगका विरामीको संख्या हवात्तै वढेको छ। विरामीलाइ व्यवस्थीत ढंगबाट अस्पतालहरुमा उपचार हुन सकेको छैन। र्सवसाधरणको पहुच भित्र पर्ने विराटनगर स्थीत सरकारी कोसी अञ्चल अस्पतालमा विरामीले वेड नपाएर सास्ती खेपीरहेका छन। धान्नै नसक्ने गरि अस्पतालमा विरामी वढेपछी स्वास्थ्यकर्मीलाइ पनि भ्याइ नभ्याइ छ। जसका कारण विरामीले राम्रो उपचार पाउन सकेका छैनन।

गर्मिको यो मौसममा सामान्यत ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला , निमोनिया, टाइफाइड , र्सपदंश आदीका विरामी बढेका छन। विराटनगरका केही निजी नर्सिङ होम , मोरङका विभिन्न स्वास्थ्य केन्द्र , स्वास्थ्य चौकी आदीमा पनि विरामीको भिड वढेको छ। विरामीको चाप बढेपछी स्वास्थ्य केन्द्रहरुमा उपचार ब्यवस्था कठिन हुदै गएको छ।

औसत रुपमा गर्मी मौसममा विरामीको चाप अस्पतालहरुमा हुने गरेको छ। यस मौसममा विशेष गरि विभिन्न प्रकारका रोग र भाइरलबाट बालबालीका र महीलाहरु वढी प्रभावित छन। कोशी अञ्चल अस्पतालका इमर्जेन्सी वार्डका डा. हैदर अलि भन्नु हुन्छ – यो मैसममा यस्ता रोगका विरामी वढछन। विशेष गरि चीसो मौसममा देखा पर्ने निमोनिया गर्मी मौसममा पनि समस्याका रुपमा रहेने गरेको छ।

गर्मी मौसममा वालबालीकालाइ पसिना आउने र पसिनाले शरिर भिजेपछी चीसो भएर निमोनिया देखा पर्ने कोसी अञ्चल अस्पतालका वालरोग विशेषज्ञ डा प्रकाश राना बताउनु हुन्छ । गर्मिमा देखिने विभिन्न रोगका कारण कोसी अञ्चल अस्पतालमा हाल औसत भन्दा ६० प्रतिशतसम्म विरामीको चाप बढेको अस्पतालले जनाएको छ। त्यस्तै विराटनगर स्थित विराट नर्सिङ होम, सप्तकोसी नर्सिङ होम, न्यूरो अस्पताल लगायतका अन्य स्वास्थ्य संस्थाहरुमा पनि विरामीहरुको चाप बढेको छ।

गर्मी मौसममा खाद्यपदार्थ चाडै सडने र त्यस्तो खानेकुरा खाएमा झाडापखाला तथा टाइफाइड जस्ता रोगहरु लाग्ने डा. हैदर अलि बताउनु हुन्छ। कोसी अञ्चल अस्पतालमा मोरङ सुनसरी र भारतका समेत विरामीहरु उपचारका लागि आउछन। त्यस्तै यस अस्पतालमा भुटानी शरणार्थी शिवीरबाट समेत विरामीको चाप बढी हुने गरेको छ। भुटानी शरणार्थीहरुको स्वास्थ्य सम्वन्धि सहयोग गर्ने संस्थाहरुले कोसी अञ्चल अस्पतालबाट उपचार गर्न शिफारिस गर्ने भएका कारण पनि शरणार्थीहरुको चाप यस अस्पतालमा वढको हो।

अस्पतालमा भिड वढनुको अर्को कारण विरामीका कुरुवाहरु पनि हुन। कहीले कही केही विरामीले पाच जनासम्म कुरुवा लिएर आउने गर्छन। अस्पतालका एक स्वास्थ्यकर्मी भन्छन- विरामीको उपचार गर्न भन्दा पनि कहीले कही कुरुवाहरुलाइ व्यवस्थापन गर्न हामीलाइ हम्मे पर्छ। राम्रो उपचार नगरेको भन्दै कतिपय विरामीका कुरुवाहरु र आफन्तहरु स्वास्थ्यकर्मीहरुसंग वादविवाद समेत गर्छन। मोरङको हरैचाबाट छोरीको उपचारको लागि आएकी पार्वता नेपाल विरामीलाइ विमारले गाह्रो पार्दा समेत चिकीत्सकहरु जाच्न नआउने गरेको गुनासो गर्नु हुन्छ। उहा भन्नुहुन्छ -उनिहरु आफै विरामीको अवस्था जाच्न आउनु पर्नेमा वारम्वार वोलाउदा पनि उनिहरु आइदीदैनन। के सरकारी जागिर भन्दैमा विरामीको ज्यानसंगै खेलवाड गर्नु राम्रो हो र काम नगरे पनि तलव आउछ भन्दैमा स्वास्थ्यकर्मीहरुले यस्तो लापरवाही गर्दा हामी साह्रै पीडीत भएका छौं।

अस्पतालमा विरामीको चाप छ। तर कोसी अञ्चल अस्पतालको आकस्मीक कक्षमा १४ वटा मात्रै वेड छन। अस्पतालको आकस्मीक कक्षमा दैनिक ५० देखि ७० जना सम्म नयाँ विरामीहरु आउने गरेका छन। आकस्मीक कक्षबाट अन्य वार्डमा रिफर भएर गएका विरामीहरुले पनि बेड पाउदैनन। विशेष गरि आकस्मीकबाट वच्चा वार्डमा रिफर भएका विरामीले त वेड नपाउने पुरानै समस्या हो। वेड नपाएकै कारण अस्पतालको झयालको खाली स्थानमा, भूइमा विरामी राख्नु पर्ने वाध्यता छ। स्वास्थ्यकर्मीहरुका अनुशार वेड वाहीर रहेका विरामीलाइ उपचार गर्न गाह्रो हुन्छ। स्लाइन दिन, सुइ लगाउन विशेष समस्या पर्छ। भुइमा विरामी सुताउनु पर्ने वाध्यताले स्वास्थ्यकर्मीहरुलाइ हीडडुल गर्न पनि समस्या हुने गरेको छ। अञ्चल अस्पताल भए पनि कोसीमा विरामीले राम्रो सेवाको अनुभूति गर्न सकेका छैनन।

Republished in new layout on 7/12/2013

Related Posts

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

ताजा सामाग्री

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In