कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न मण्डलीबाट २/३ जना स्वयंसेवक पठाउने कुराको निर्णय पनि भएको थियो। सो कार्यक्रममा विभिन्न चर्चहरूबाट नाटक, क्रिसमस गीत, नृत्य, शुभकामना मनतव्य र पास्टर रेशमराज पौडेलबाट वचन दिइने निर्णय भयो।
सैंबु ख्रीष्टियन समाजको बैठक
काठमाडौं – १७ नोभेम्बर, सैंबु ख्रीष्टिसयन समाजको नियमित बैठक फिलाडोल्फिया मण्डली, भैंसेपाटीमा सम्पन्न भयो। सो बैठकमा सैंबु गा.वि.स. ललितपुरका विभिन्न मण्डलीहरूबाट पास्टर र अगुवाहरू गरी १२ जनाको उपस्थिति रहेको थियो। विभिन्न समसामयीक विषयहरूमा प्रार्थाना गर्दै सैंबु ख्रीष्टियन समाजको बैठक महिनामा एक पटक बस्दै आएको छ।
बैठक फिलाडोल्फिया मण्डलीका पास्टर मिनराज दुलाल ज्यूको प्रार्थनाबाट शुरु भएको थियो। अघिल्लो बैठकमा क्रिसमस कार्यक्रमको लागि बाँडिएको जिम्मेवारीहरूको बारेमा छलफल गरिएको थियो। क्रिसमस कार्यक्रमका संयोजक पास्टर शामूएल सोदेम्वा हुनुहुन्छ। कोषाध्यक्ष पास्टर शान्त श्रेष्ठएले कार्यक्रममा लाग्ने खर्चको बारेमा जानकारी गराउनुभएको थियो भने सचिव पास्टर पदम पराजुलीले कार्यक्रमको समयतालिका र जिम्मेवारीको बारेमा जानकारी गराउनुभएको थियो।
सो कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न मण्डलीबाट २/३ जना स्वयंसेवक पठाउने कुराको निर्णय पनि भएको थियो। सो कार्यक्रममा विभिन्न चर्चहरूबाट नाटक, क्रिसमस गीत, नृत्य, शुभकामना मनतव्य र पास्टर रेशमराज पौडेलबाट वचन दिइने निर्णय भयो।
सैंबु ख्रीष्टि यन समाजले आयोजना गर्दैगरेको क्रिसमस कार्यक्रममा ललितपुर जिल्लाका चर्चहरूसँग सम्बन्ध विस्तार गर्ने उद्देयश्य हो। ललितपुरमा सामाजिक कार्यमा प्रतिष्ठित व्यक्तिहरू, सरकारी निकायका पदाधिकारीहरू र राजनीतिज्ञहरूलाई समेत निमन्त्रणा गरी सम्बन्ध विस्तार गर्ने र क्रिसमसको सन्देश दिने उद्देश्यले राखिएको कुरा पास्टर प्रकाशराज बगालेले बताउनुभएको भयो।
Republished in new layout on 7/10/2013
Discussion about this post