• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सैंबु इसाई समाजको ख्रीष्टमस

by Sarju Rijal
July 10, 2013
in News & Events

सैंबु इसाई समाजको ख्रीष्टमस कार्यक्रम ललितपुर- सैंबु इसाई समाज सैंबुले आयोजना गरेको ख्रीष्टममस कार्यक्रम भैंसेपाटी आवास गेटभित्र सम्पन्न भयो। सैंबु गाविसमा भएका चर्चहरूको सामूहिक ख्रीष्ट्मस कार्यक्रममा नागरिक तथा उड्यन मन्त्री सरदसिंह भण्डारीको प्रमुख अतिथ्य रहेको थियो। सैंबु गाविसका मान्यजन र विभिन्न मण्डलीका पास्टर, संस्थाका निर्देशकलाई अतिथि आसन ग्रहण गराइएको थियो।
ख्रीष्टरमस कार्यक्रमको उद्देश्य सैंबु गाविसमा रहेका मान्यजन र समाजसँग सम्बन्ध कायम राख्न्को लागि र शुभकामना आदानप्रदाको लागि रहको थियो।

ख्रीष्टामस कार्यक्रम सञ्चालक पास्टर प्रकाशराज बगालेले उपस्थितहरूलाई स्वागत र अतिथिलाई आसन ग्रहण पनि गराउनुभएको थियो। कार्यक्रम फिलोडोफिया चर्चका संगित झुण्डको आराधनाबाट शुरु भएको थियो।
कार्यक्रममा सैंबु गाविसका विभिन्न चर्चहरूबाट नाटक, गीत, नृत्य प्रदर्शन गरी कार्यक्रमा उपस्थितलाई आनन्दित बनाएको थियो। कार्यक्रममा परमेश्वरको वचनबाट पास्टर रेशमराज पौडेल बोल्नुभएको थियो। पास्टर पौडेलले उपस्थितहरूलाई निकै उत्साहित बनाउनुभयो र ख्रीष्टामा विश्वास नगरेकाहरूलाई विश्वास गर्ने चुनौति पनि दिनुभयो। पौडेलले वचनबाट बोल्ने क्रममा भन्नुभयो, येशू ख्रीष्टन पापीहरूलाई शुद्ध गर्नलाई संसारमा आउनुभयो। यदि तपाई र म शुद्ध हुनु छ भने ख्रीष्ट कहाँ किन नआउने। सबै तहका, बालबलिकादेखि, बृद्धसम्म सबै जातीहरू इश्वरको स्वरुपमा छौं। आज नै उहाँमा विश्वास गर्नुपर्छ। पानीको प्यास मेटनलाई पानी पिउनुपर्छ। व्यक्तिगत रुपमा इश्वरलाई पाउदैन भने पापबाट क्षमा हुँदैन। पश्चताप वा मोक्षकोलागि ख्रीष्टमा मात्रै सम्भव छ। परमेश्वरविना पाप क्षमा हुन्छ भन्नु मरेको मुर्दालाई नुहाएर बिउँताउछु भने झै हो। पाप क्षमा गर्ने अधिकार परमेश्वरमा मात्रै छ। परमेश्वरसँगको सम्बन्धले जीवन दिन्छ। आज हामीले धार्मीकताको पवित्र जीवन पाउन चाहन्छौ भने परमेश्वरसँग आजै सम्बन्ध गरौं। भेष बदलेर के गर्ने मन परिवर्तन हुँदैन भने, मनमा धार्मिकता हुनुपर्छ, धन्य हौं मनशुद्ध हुनेहरु जसले परमेश्वरलाई देख्नेछ।

यदि नयाँ नेपाल बनाउने हो भने सबैले परमेश्वरमा विश्वास गर्नुपर्छ। सेवा, भलाई गर्नुपर्छ कुनै पनि व्यक्तिमा भलाई गर्ने क्षमता छैन्। हामीलाई बनाउनेलाई विश्वास गर्नुपर्छ भन्दै सम्पूर्ण उपस्थितहरूलाई उभ्याएर प्रार्थनामा डोर्याकउनुभयो।

कार्यक्रममा नागरिक तथा उड्यन मन्त्री शरदसिंह भण्डारीले ख्रीष्टमसको शुभकामना दिनुभएको थियो। येशू ख्रीष्टले देखाएको बाटोमा लाग्न सबैजनालाई अनुरोध पनि गर्नुभयो। देशमा भएको विकराल समस्या र जातिय विभेदले गर्दा देशमा विसंगित औल्याउँदै यस्तो अवस्थामा ख्रीष्टियानहरूको माया र सदभावले मात्रै राष्ट्रले एक रुप लिने बताउनुभयो।
मन्त्री भण्डारीले भन्नुभयो, महान प्रभुको जन्मोत्सव मनाउन आउनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदी वहिनीहरू, आदरणीय गुरुवर्ग  मञ्चमा आश्रीण महत्वपूर्ण व्यक्तीहरू गुरुवर्गहरूमा क्रिसमस शुभकामना व्यक्त गर्दछु।

म हिन्दू हुँ तर म येशू ख्रीष्टुको अनुयायी हुँ। अनुयायी हुन कुनै पनि धर्ममा बन्देज छैन। म घमण्डका साथ भन्न चाहन्छु म येशू ख्रीष्ट को अनुयायी हुँ म त्यसलाई साँचो ख्रीष्टिैयान भन्छु, जसले बाइबल पढेर येशूलाई पछ्याएको छ त्यो साँचो ख्रीष्टिषयान हो। क्रस लगाएर चर्चमा गएर प्रार्थना गर्नेमात्रै ख्रीष्टिुयान हुन सक्दैन।
जुन दिन म जुन दिन काम गर्न सक्छु त्यो दिन म ख्रीष्ट्लाई भेट्न सक्छु। मैले बुझेको धर्म भनेको परोपकार हो सेवा गर्नुपर्छ। जुन दिन म आफूलाई सन्तुष्ट महशुस गर्छु येशूलाई भेट्नेछु। येशूले अरूको निम्ति आफ्नो प्राण अर्पन गर्नुभयो र विश्वमा एउटा शन्देश दिनुभयो। आज
त्यो शन्देसको आवश्यकता हाम्रो मुलुकमा खाँचो छ। यो मुलुक हामी अरूको त हैन हामी आफैलाई माया गर्न छोडेका छौं। आफ्ना मित्रलाई, परिवारलाई, छीमेकीलाई, समाजलाई, माया गर्न छोडिसकेका छौं। यसकारण हाम्रो मुलुकमा आज हामीले येशूको सन्देशलाई पालना गर्न आवश्यक छ। हामीलाई महान येशूको उपदेश र आज्ञा पालना गर्नु आवश्यक छ। जहाँ हामी एक अर्कालाई अत्यन्तै घृणा गरेर बस्ने अवस्थाको सृजना गर्दैछौं। गर्छौ। हामीलाई रिकन्सीलिएसनको, एकअर्काप्रति प्रेम, सदभाव, सम्मानको आवश्यकता छ। त्यसैले हामी लामो युद्धको चपेटामा पर्‌यौं। हामीमा क्षमाशिलता दया भाव छैन। त्यसलाई पुनरवहाली गर्नको लागि आज येशूलाई, येशूको बाइबललाई स्मरण गर्न आवश्यकता मैले महशुस गरेको छु। त्यसो भएकोले आजको दिन प्रण गरौं, भोली लोकतान्त्रीक गनतन्त्र नेपाल, जहाँ कुनै पनि भेदभावको सम्भावना रहदैन। जात, धर्म, लिङ्ग, वर्ण, क्षेत्र, भुगोलको कुनै पनि आधारमा भेदभाव हुँदैन। यस्तो परिकल्पना गरौं। जसरी येशूले कुनै पनि भेदभाव गर्नुभएन । गरीव, धनि, साना ठूला कसैको भेदभाव नहोस् । यो कसले बनाउन सक्छ। त्यो येशूमा वश्वास गर्ने मानिसले मात्रै गर्छ। त्यो अरु कसैले बनाउन सक्दैन। हामी विश्वास गरौं। विश्वासको खाँचो छ। सबैलाई सदभाव, प्रेम गरौं आफूलाइ, परिवारलाई छिमेकीलाई राष्टलाई प्रेम गरौं अनि विश्वलाई। आजको दिन हामी प्रण गरौं। म स्वयंम पनि प्रण गर्छु र आग्रह गर्दछु आजको महोत्सवमा । हामी सही तरिकाले येशूले माया गर्छौ भने भोलीदेखि लागु गरौं। भनेर मन्त्रीले सबैलाई उत्साहीत पार्नुभयो।
अन्तमा कार्यक्रम संयोजक शामूएल सोदेम्वाले उपस्थितलाई शुभकामना र धन्यवाद दिनुभई प्रार्थनाद्वारा कार्यक्रम विसर्जन गर्नुभयो।

Republished in new layout on 7/10/2013

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In