काठमाडौं, ८ माघ २०६६- माघ १० गतेदेखि माओवादीले गर्ने भनेको अनिश्चततकालीलन आमहडताल स्थगित भएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रहपछि माओवादीले आइतबारदेखिको अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको हो।
शुक्रबार बसेको माओवादी केन्द्रीय पदाधिकारीहरुको बैठकले अनिश्चिकालीन आमहड्तालसहितको आन्दोलन स्थगित गर्ने निर्णय गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
छलफल र सहमतिको प्रयास जारी रहेकाले अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको जानकारी दिएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधि तय गर्न बिहान बसेको बैठकले माओवादीलाई हड्ताल फिर्ता लिन आग्रह गरेको थियो।
Republished in new layout on 7/9/2013