काठमाडौं, अषाढ १६ – प्रधानमन्त्री माधवकुमार नेपालले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। सम्वोधनपछि साँझ ७ बजे प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवलाई राजीनामा बुझाउने छन्।
उच्च श्रोतका अनुसार प्रधानमन्त्रीले आज राजीनामा दिने सम्भावना पक्का भएको छ। राजीनामा तथा राष्ट्रका नाममा गर्ने सम्वोधनका बिषयमा छलफल गर्न प्रधानमन्त्रीले अहिले अनौपचारिक छलफल गरिरहेका छन्। यसैबिषयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकमासमेत छलफल भएको छ।
राष्ट्रका नाममा गर्ने सम्वोधनका बिषयमा छलफल गर्न प्रधानमन्त्री नेपाल अहिले एमाले मुख्यालयमा चलिरहेको स्थायी कमिटी बैठकमा भाग लिन पुगेका छन्। यसलगत्तै सत्ता गठबन्धनका २२ दलको बैठक बस्दैछ। उक्त बैठक सकिनेवित्तिकै साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने कार्यक्रम छ भने साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सरकारी निवास बालुवाटारबाटै सम्वोधन गर्नेछन्।
Republished in new layout 7/9/2013
Discussion about this post