24 August – हेटौडा, काठमाडौंबाट लुक्लाको लागि उडेको अग्नी एअरको डोनियर विमान लुक्लामा खराब मौसमका कारण अवतरण गर्न नसकेपछि काठमाडौंतर्फ फर्कदै गर्दा मकवानपुरको शिखरपुर वस्तीको खेतमा दुर्घटनाग्रस्त भएको छ। विमानमा रहेका १४ (५ नेपाली ६ बिदेशी ३ चालक) जना मृत्युभएको स्थानिय वासिन्दा थोक्करले बताएका छन्।
दुर्घटना स्थल विकट ठाउँमा भएकोले र सानातिना खोलाहरुमा पानी बढीभएकोले घटनास्थलमा उद्धारकर्मीहरू जानसकेका थिएनन् । विमान टुक्र टुक्रा भएको छ र छरपष्टभ भएको लाशहरु स्थानिय बासिन्दाहरूले संकलन गर्दैछन्। स्थानीय वासिन्दाहरूलाई पनि अप्ठ्यारो भएको टेलीफोनबाट जानकारी भएको छ। ठाउँ ठाउँमा खोला बढेकोले र पहिरो आएकोले राजमार्गहरु अवरुद्ध भएका छन्। घटनास्थलमा सुरक्षाकर्मी र उद्धारकर्मीहरू जान सकेका छैनन्।
update हेटौडाबाट सर्जु रिजाल
Republished in new layout 7/9/2013