• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 28, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

श्रीलंकाले ३१८ रनको लक्ष्य ४१.३ ओभरमै पूरा गर्दै आठ विकेटको जित, ओपनर क्रिस्पुल्लेले ११६ र ओपनर जयवर्धनेले १०५ रन बनाए, भारतको फाइनलको सपना चकनाचुर

by Sushil Paudyal
November 28, 2026
in Game, News & Events

 

मंसिर १२, २०८३ शनिबार

काठमाडौं । लसिथ क्रिस्पुल्ले र सिनेत जयवर्धनेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई आठ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स २०२६ को फाइनलमा स्थान बनाएको छ।

दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाले ४१.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाले ५१ बल बाँकी छँदै प्रभावशाली जित निकालेको हो।

श्रीलंकाको जितमा ओपनर क्रिस्पुल्लेले १०७ बलमा ११६ रन बनाए। उनले आफ्नो पारीमा १२ चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गर्दै भारतलाई सुरुदेखि नै दबाबमा राखे। जयवर्धने १०५ रनमा आउट भए भने क्रिस्पुल्लेले दोस्रो विकेटका रूपमा पेभेलियन फर्कनुअघि टोलीलाई जितको नजिक पुर्‍याइसकेका थिए। त्यसपछि निशानले अविजित ५८ र पवन रथनायकेले अविजित ३१ रन बनाए। उनीहरूले अविजित साझेदारी गर्दै श्रीलंकालाई सहज जित दिलाए।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रन बनाएको थियो। भारतका अभिषेक शर्माले ६३ बलमा ७८ रन बनाए भने कप्तान तिलक वर्माले ६६ बलमा ५३ रन जोडे। वैभव सूर्यवंशीले २६ बलमा ४० रन बनाएर टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। मध्यक्रममा विकेट गुमाउँदै दबाबमा परेको भारतलाई शाहबाज नदीमले अविजित ५४ रन बनाएर प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। तानुष कोटियनले २८ रनको योगदान दिए। तर बलिङमा भारतले श्रीलंकाका ओपनरलाई रोक्न सकेन। क्रिस्पुल्ले र जयवर्धनेको आक्रामक ब्याटिङसामु भारतीय बलर निरीह देखिए।

यस हारसँगै भारत ‘ए’ को एसिया कप राइजिङ स्टार्स २०२६ को यात्रा सेमिफाइनलमै समाप्त भएको छ। श्रीलंका ‘ए’ भने उपाधि भिडन्तमा प्रवेश गरेको छ।

Related Posts

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

November 28, 2026
विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

November 28, 2026
म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

November 27, 2026
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

November 27, 2026

Discussion about this post

ताजा सामाग्री

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त

November 28, 2026

  मंसिर १२, २०८३ शनिबार काठमाडौं । लसिथ क्रिस्पुल्ले र सिनेत जयवर्धनेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले भारत ‘ए’...

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण

November 28, 2026

  मंसिर १२, २०८३ शनिबार काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भारतको दुईदिने औपचारिक भ्रमण...

विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती

November 28, 2026

  दैलेख । दैलेखको नौमुले गाउँपालिका–६ स्थित नाउली दलित बस्तीका बासिन्दा अझै विद्युत् सेवाको प्रतीक्षामा छन्। बस्तीमा बिजुली पुर्‍याउने योजना...

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु

November 27, 2026

  ११ मंसिर २०८३, शुक्रबार काठमाडौं । निर्माण सुरु भएको करिब डेढ दशकपछि म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत्...

Recent Posts

  • दुई शतकको दममा श्रीलंका फाइनलमा, भारत ‘ए’ को यात्रा समाप्त
  • शीतल निवास पुगे प्रधानमन्त्री बालेन, अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण
  • विद्युत् पहुँचको प्रतीक्षामा नौमुलेको नाउली दलित बस्ती
  • म्याग्दीको जलविद्युत् मा नयाँ उपलब्धि, डेढ दशक अवरोध पार गर्दै राहुघाटबाट उत्पादन सुरु
  • कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In