
२६ असोज २०८३, सोमबार
काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित निकाल्दै आफ्नो अभियानको उत्कृष्ट सुरुआत गरेको छ। अल अमेरत क्रिकेट मैदानमा क्यानाडाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको जिम्मेवारीपूर्ण शतकको मद्दतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको यो योगफल तयार पारेको थियो। जवाफमा २३६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा क्यानाडा ४८.४ ओभरमा २११ रनमै समेटिन पुग्यो। नेपालको जितका लागि कप्तान रोहितले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै १०१ रनको उत्कृष्ट शतकीय इनिङ खेले भने अलराउन्डर गुलशन झाले ३४ बलमा ४८ रन र बशीर अहमदले ३० रन बनाउँदै टोलीको स्कोर उकास्न महत्त्वपूर्ण योगदान दिए।
बलिङतर्फ क्यानाडाका ब्याटरहरूलाई दबाबमा राख्दै नेपालका करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई-दुई विकेट लिएर क्यानाडाको इनिङ्सलाई धराशायी बनाए। यो जितसँगै लिग-२ को अंक तालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै क्यानाडालाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ भने क्यानाडा ३४ खेलमा २५ अंकसहित सातौं स्थानमा झरेको छ।
अन्तर्राष्ट्रिय (ODI) मान्यता भने हाललाई पूर्ण रूपमा सुरक्षित नभैसकेको र यो जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको भए पनि शीर्ष चारको दौडबाट बाहिरिसकेकाले आफ्नो बहुमूल्य ओडिआई मान्यता जोगाउन आगामी खेलहरूमा क्यानाडाविरुद्ध पुनः जित निकाल्नुका साथै आयोजक ओमानविरुद्धका खेलहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब कायम रहेको छ।
Discussion about this post