• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 10, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

by Vijay BK
April 16, 2025
in News & Events, Society, socio-political

काठमाडौँ, ३ वैशाख : जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गर्नु भएको छ ।
पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबीच द्धन्द्ध भइरेकाले उहाँले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरुमा अपिल गर्नु भएको हो ।
ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामन्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नु भएको छ ।
यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत रहेको बताउनुभएको छ ।
वीरगञ्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव एवं मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताउनुभयो ।
हाल केही दिनदेखि वीरगञ्जमा शांति सद्भावमा खलल पुर्‍याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई  दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनु पर्ने एवं आफ्नो प्यारो शहरमा तनाव टुसाएको समयदेखि नै आफु व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिनु भएको छ ।
“विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानूनी कार्रवाई अगाड़ी बढाउनु पर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा  नेपथ्यबाट गम्भीर प्रयास गरिनु पर्छ भन्ने मेरो मान्यता हो । म नगरवासी लाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।” सामाजिक सञ्जालमार्फत उहाँले अपील गर्नु भएको छ ।

Related Posts

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

November 10, 2026
चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

November 9, 2026
शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026
इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

Discussion about this post

ताजा सामाग्री

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता

November 10, 2026

  कात्तिक २४, २०८३ मंगलबार काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)...

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

November 9, 2026

कात्तिक २१, २०८३ शनिबार काठमाडौं : काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार...

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । नेपालको शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्न लाग्दासमेत संक्रमणकालीन न्यायको विषय टुङ्गोमा...

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

Recent Posts

  • आइटियू सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाको सहभागिता
  • चार जितसँगै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा
  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय
  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In