माघ १९, २०८० शनिबार
माघ २६ गतेमा रिलिज हुने फिल्म ‘हात्तीछाप’लाई लिएर अभिनेता दयाहाङ राई उत्साहित देखिएका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनहरुले फिल्मको कथावस्तु आफूलाई निकै मन परेको बताए ।
उनले यसका निर्देशक सिमोस सुनुवारसँग काम गर्न पाउँदा खुशी लागेको र यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए ।
दयाहाँग राईले भने – ‘यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दाम्मी बनेको छ । यसैले, म उत्साहित छु ।’
दयाहाङसँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उपासनाले भनिन् –‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।
www.khabardainik.com
Discussion about this post