१ मंसिर २०८०, शुक्रबार
रुकुमपश्चिम : रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ३ की २० वर्षीया सुत्केरी फूलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लागिएको छ ।
यो उद्दार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट सुत्केरी फुलमाया ओलीको उद्धार गरिएको हो।
फूलमायाले जुम्ल्याहा बच्चालाई जन्मदिनकी थियिन्अ र त्याधिक रक्तश्राव भएको र रक्तश्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको कुरा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
अस्पतालको जानकारी अनुसार जुम्ल्याहा बच्चा मध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जनाको निकै कम तौल (८५० ग्राम) को रहेको छ।
Source : www.khabardainik.com
Discussion about this post