• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहलमा वृद्धि

by Sushil Paudyal
April 19, 2023
in PAPERS

६ वैशाख २०८०, बुधबार

यस वर्षको हिमाल आरोहण याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पर्यटक सिजन सुरु भएसँगै अन्नपूर्ण आधार शिविर जाने पदयात्रामा निस्केका पर्यटक र हिमाल आरोहणका लागि आएका स्वदेशी तथा विदेशी आरोहीका कारण पछिल्ला दुई हप्ता यता चहलपहल बढेको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो ।

गुरुङले भन्नुभयो, ‘‘आरोहीका साथै पदयात्राका लागि आएका पर्यटकका कारण यस पदमार्गमा चहलपहल बढेको छ ।’’ कोरोना महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र यसपटक फेरि ब्युँतिएको उहाँले बताउनुभयो ।

गुरुङले दिएको जानकारीअनुसार मङ्गलबारसम्म स्वदेशी र विदेशी गरी ३८ जनाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरिसकेका छन र अन्य आरोहीहरू पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

८२ वर्षीय जापानी आरोही हिमाल आरोहणका लागि आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो । ‘‘आरोही र पर्यटकको सङ्ख्या बढेसँगै आधार शिविरमा चहलपहल बढेको छ,’’ गुरुङले भन्नुभयो, ‘‘अन्नपूर्ण हिमालमा देखिएको चहलपहल अहिलेसम्मकै धेरै हो । दुई वर्ष अघि ६५ जनाले हिमाल आरोहण गरेका थिए ।

यस वर्ष त्यो सङ्ख्या बढ्ने देखिएको छ । आधार शिविरमा विदेशीका साथै आन्तरिक पर्यटक पनि उल्लेख्य मात्रामा पुगेका छन् ।’’ व्यवस्थित पदमार्ग र सुरक्षित पदयात्राका कारण अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको उहाँले बताउनुभयो । पर्यटक आगमन बढेसँगै पर्यटन व्यवसायीहरू उत्साहित बनेको अन्नपूर्ण गाउँपालिका –३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

कतारकी राजकुमारी अस्मा आल्थानी र आरोही निर्मल पुर्जाले हिमाल आरोहण गरेसँगै अन्नपूर्णको स्वदेश तथा विदेशमा प्रचारप्रसार भएकाले पनि यस वर्ष आरोहीको सङ्ख्या बढ्ने आशा गरिएको उहाँले बताउनुभयो ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको   थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

आधार शिविर जानका लागि नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति,फुल,चराचुरुङ्गी पदमार्गको आकर्षण भएको गुरुङले बताउनुभयो । यो पदमार्ग एक दशक अघि पहिचान भएको थियो ।

समुन्द्री सतहदेखि चार हजार ५ सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य मनमोहक छ । शिविरमा नीलो रङ र गोलो आकारका पाँच वटा तालहरू छन् । नारच्याङवासीले उक्त तालहरूलाई पञ्चकुण्ड भनेर नामकरण गरेका छन् । ती तालहरूबाट हिमालको छायाँ हेर्न सकिन्छ ।

(खबर दैनिक बाट )

 

Related Posts

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो: प्रधानमन्त्री प्रचण्ड

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो: प्रधानमन्त्री प्रचण्ड

February 19, 2024
पन्ध्र सयभन्दा बढी कर्मचारी नियुक्ति सिफारिस

पन्ध्र सयभन्दा बढी कर्मचारी नियुक्ति सिफारिस

December 5, 2023
विद्युत् निर्यात उत्साहजनक

विद्युत् निर्यात उत्साहजनक

November 24, 2023
जाजरकोट भूकम्प : खोज तथा उद्धार कार्य जारी

जाजरकोट भूकम्प : खोज तथा उद्धार कार्य जारी

November 5, 2023

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In