• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पन्ध्र सयभन्दा बढी कर्मचारी नियुक्ति सिफारिस

by Sushil Paudyal
December 5, 2023
in News & Events, PAPERS

१९ मंसिर २०८०, मङ्गलबार

हेटौँडा । सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष मानिएको प्रदेश लोक सेवा आयोग गठन गरी बागमतीमा काम गर्दै आए पनि आयोगको काम अपेक्षाकृत सन्तोषजनक देखिँदैन ।

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले बागमती प्रदेश सरकार, निकाय र प्रदेशभित्रका स्थानीय तहका विभिन्न निकायमा विभिन्न सेवा समूह र तहका रिक्त पदमा पदपूर्तिका लागि उपयुक्त उम्मेदवार छनोट गरी नियुक्त गर्दै आएको छ तर प्रदेश सरकार र स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी अभाव रहेको छ । प्रदेश सरकार र स्थानीय तह सहयोगी नबन्दा रिक्त पद लुकाउने र करारमा आफूखुसी पदपूर्ति गर्दै जाने प्रवृत्ति विद्यमान रहेको छ ।

प्रदेश सरकारले आफैँले कानुन बनाएर गठन गरको प्रदेश लोक सेवा आयोगप्रति आफँै अनुदार बन्दा एकातर्फ प्रदेशका मन्त्रालय, निकाय र कार्यालयमा कर्मचारीको समस्या रहेको छ । अर्कोतर्फ आयोगको कामको प्रगति सन्तोषजनक हुन सकेको छैन ।

आयोग स्थापनाको चार वर्षमा गत चार वर्षमा प्रदेशका मन्त्रालय, निकाय, प्रतिष्ठान र स्थानीय तहमा गरी एक हजार ५७७ जना स्थायी नियुक्तिका लागि सिफारिस भएको प्रदेश लोक सेवा आयोगले जनाएको छ । आर्थिक वर्षसम्ममा एक हजार ५२२ जना स्थायी नियुक्तिका लागि आयोगले सिफारिस गरेको थियो ।

आयोगका सूचना अधिकारी राजुराज अर्यालका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा प्रदेशका मन्त्रालय, निकाय र स्थानीय तहमा गरी ५५ जना स्थायी नियुक्तिका लागि आयोगले सिफारिस गरेको छ । लिखित परीक्षालगायतका प्रव्रिmया पूरा गरी केही कर्मचारी सिफारिस गर्न बाँकी रहेका छन् ।

आयोगले आव २०७९/८० मा बढुवातर्फ, आन्तरिक अन्तरसेवातर्फ, अन्तरतहतर्फ, खुला प्रतियोगितातर्फ तथा महिला, आदिवासी÷जनजाति, मधेशी, दलित, अपाङ्गता भएका र पिछडिएका क्षेत्रमा समावेशी प्रतियोगितातर्फ गरी जम्मा ९५० पदका लागि दरखास्त माग गरेको थियो । आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि दरखास्त दिएकामध्येमा ४२ हजार १५९ जनाको दरखास्त स्वीकृत भएको थियो । विभिन्न सेवा, समूह, उपसमूह र तहको लिखित परीक्षामा नौ हजार ५५९ जना महिलासहित २५ हजार २०८ जना उम्मेदवारले परीक्षा दिएका थिए ।

आर्थिक वर्षमा एक हजार ४९० जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएकामध्ये ७१३ जना स्थायी नियुक्तिका लागि सिफारिस भएको प्रदेश लोक सेवा आयोगले जनाएको छ । तीमध्ये १७ जना आन्तरिक प्रतियोगिता, ४४७ जना खुला र विभिन्न समावेशी समूहमा २४९ जना स्थायी नियुक्तिका लागि सिफारिस गरिएको थियो ।

आव २०७८/७९ मा ८२५ पदमा पदपूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन गरिएको थियो । ती पदका लागि अधिकृतस्तरका र सहायकस्तरका लागि गरी ८४ हजार ८४ जनाले दरखास्त दिएका थिए । ५४० महिलासहित एक हजार १७४ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएकोमा २९३ महिलासहित ८०९ जना नियुक्तिका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७६ पारित गरी २०७६ साल मङ्सिर २ गतेबाट प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश गठन भएको थियो । गत आवमा ११९ स्थानीय तहमध्ये ६९ वटा स्थानीय तहले मात्र रिक्त पदमा पदपूर्तिका लागि माग गरी पठाएका थिए ।

www.khabardainik.com

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In