अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन्।
अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन्|
Discussion about this post