• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बन्दिपुरमा केलबकार सञ्चालनको तयारी

नयाँ वर्ष २०८० साल बैशाख देखि सञ्चालनमा आउने

by Sushil Paudyal
January 26, 2023
in News & Events

 

माघ १२ , काठमाडौँ : बन्दीपुर केबलकार एण्ड टुरिजम अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । केबलकार फरक ढंगले सञ्चालनको तयारी भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । पर्यटनमा नौलो स्वादका साथ बन्दिपुरमा आउने पर्यटकलाई लक्षित गरी आगामी नयाँ बर्ष अर्थात बैशाखदेखि केबलकार सञ्चालनमा आउने उनको भनाइ छ ।

अध्यक्ष रामचन्द्र शर्मा अनुसार आगामी बैशाखदेखि बन्दीपुर आउने पर्यकटले फरक ढंगको पारदर्शी सिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउनेछन् । आगामी नयाँ वर्ष २०८० साल बैशाख महिनादेखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको उनले बताए । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ ।

अध्यक्ष शर्मा अनुसार हाइवेमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबलकार छिर्नेछ । ‘बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, माथि सिधै होटलभित्र पस्छ, मलेसियामा बाहेक अन्यत्र यस्तो प्रकारको केबलकार निर्माण भएको छैन्, यो दुलर्भ नै हो’ ।बन्दीपुर केबलकारको बटम स्टेशन अन्य केबलकारभन्दा फरक रहेको बताए । ‘बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक छ, टर्मिनल भवन छ, सोही भवनमा भीआइपी लाउन्ज, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), गेष्टलाई स्वागत गर्ने रुम लगायतका कामहरु एउटै भवनबाट हुन्छ, उनले थपे ।

‘क्वीन टावर’ नाम दिइएको १७ तल्ले भवनबाट बन्दीपुर उपत्यका सहित काठमाडौं देखिनु हो । ९० रुम रहेको हिलपटमा ७८ वटा रुम प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ । सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ ।

केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १७ सय किलाेमिटर दूरीको यात्रा गर्न पाउनेछन् । एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ ।

केबुलकार र तारे हाेटल सहितकाे माेडलमा होटल निर्माणसहित साढे तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्यवृद्वि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । भौतिक पूर्वाधार बनाउनका लागि ३ अर्ब १६ करोड लागत अनुमान होे तर निर्माणको अबधि थपिदा साढे ३ अर्ब खर्च हुने अनुमान कम्पनीले गरेको छ ।

‘हाम्रो सुरुको योजना केबलकार मात्रै बनाएर सञ्चालन गर्ने थियो, जम्मा ५६ कराेड रुपैयाँको योजना थियो, पछि हाम्रो सोच फराकिलो बन्यो, पहाडकी रानी नामले परिचित बन्दीपुरमा होटल सहित मोडल लेबलको केबलकार बनाउने भन्ने भयो’, उनले भने, ‘सामान्य केबलकारबाट आधुनिक केलबकारसँगै तारे स्तरको होटलसँगै अन्य संरचना बनाउँदा लगानी थपियो ।’

१७ तल्लाको माथिल्लो भवनको १७ औं तल्लाबाट सबैभन्दा लामो हिमालयको रेञ्ज देखिन्छ । उनले लामो हिमालयको रेञ्ज हेर्नका लागि टेलिस्कोप राखिने बताए । ‘गर्मी महिनामा बिहानको समयमा हिमाल खुलेको देखिँदैन, बन्दीपुरको दृश्य सबै देख्नका लागि हामीले दृश्य रुम बनाउने तयारी गरेका छौँ, त्यो रुममा टेलिस्कोप लगाएर नजिक ल्याउने र आर्टिफिसियल रुपमा हिउँ नै आखाँ अगाडि झरेको जस्तो देख्ने बनाउने हाम्रो योजना छ’, उनले भने ।

माथिल्लो तल्लामा नै ‘रुफ टप’ भन्ने रेष्टुरेन्ट छ, पर्यटकका लागि लक्षित गर्दै नेपालमै पहिलो पटक वाक्स र फाइबर म्यूजियम राखिने भएको छ । उनले अधिकांश स्थानमा वाक्स म्यूजियम राख्ने भनेर कल्पना गरिएको भन्दै केही ठाउँमा फाइबर पनि मिसाएर नयाँ कन्सेप्ट नेपालमा ल्याउन लागिएको जानकारी दिए ।

अध्यक्ष शर्माले बन्दीपुरमा तारे स्तरको होटलसहित केबलकार बनेपछि आउने पर्यटकको संख्या दुई गुणाले बढ्ने बताए । ‘पहिला वार्षिक रुपमा २ साढे २ लाख पर्यटक बन्दीपुर आउने गरेका थिए, हामीले केबलकार सहित चार तारे स्तरको होटल बनाउन थालेपछि पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ’, उनले भने, ‘हाम्रो प्रोजेक्ट बनि रहना वार्षिक रुपमा ५ लाखभन्दा बढी पर्यटक आउन थालेका छन् ।’ उनले केबलकार, होटल र अन्य संरचना निर्माण भएपछि वार्षिक १० लाखभन्दा बढी पर्यटक बन्दीपुरमा आउँने अनुमान गरिएको बताए ।   

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In