ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियान फेलोसिफ (जीएनएससीएफ) को तेस्रो शिखर सम्मेलन भारतको सिक्किममा आयोजना हुने भएको छ।
आज नोभेम्बर १ देखि तीन तारिखसम्म सिक्कमको गान्तोकमा आयोजना हुने कुरा जीएनएससीएफका अध्यक्ष पास्टर भद्र राईले बताउनु भयो ।
उहाँले तेस्रो शिखर सम्मेलनका लागि सिक्कमको होस्ट टिमले सम्पूर्ण तयारी पूरा गरेको बताउनु भयो ।
उहाँका अनुसार उक्त शिखर अगुवा सम्मेलनमा विश्वभरका विभिन्न राष्ट्रहरुबाट नेपालीभाषी एक हजार वढि पास्टरअगुवाहरुको सहभागीता रहने आशा गरिएको छ ।
तेस्रो शिखर सम्मेलनमा पास्टर निकानोर तामाङ, पास्टर मनोज श्रेष्ठ, पास्टर रिता कावो,पास्टर लाजरस थुलुङ, पास्टर रन कार्गे मुख्य वक्ताको रुपमा हुनुहुन्छ भने एनसीसीयूकेका अध्यक्ष पास्टर कुमार रसाईली, पास्टर कर्णसिंह तामाङ र पास्टर राजु वराईली सहायक वक्ताकारुपमा हुनुहुन्छ ।
स्मरण रहोस् जीएनएससीएफको पहिलो शिखर सम्मेलन शिलीगुरीमा आयोजना भएको थियो भने दोस्रो शिखर सम्मेलन कामाठाडौंमा आयोजना भएको थियो, अहिले तेस्रो शिखर सम्मेलन सिक्किममा आयोजना भएको हो ।
Discussion about this post