गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेर अघि बढेको बीमा कम्पनी मेरो बीमाको प्रधान कार्यालयको उद्घाटन भएको छ। मेरो बीमाको सोमबार काठमाण्डौँमा प्रधान कार्यालयको उद्घाटन भएको हो। बिमा विज्ञ तथा संस्थापक अध्यक्ष कोषराज सुवेदीले रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए।
उद्घाटनसंगै कम्पनीले बीमा क्षेत्रमा क्रान्ति ल्याउने उद्घोष गरेको छ। संस्थापक अध्यक्ष सुवेदीले अब बिमाका सम्पूर्ण काम अनलाइनबाट हुने बताउँदै “मेरो बीमा” नामक अनलाइन पोर्टलको पनि शुभारम्भ गरे। संस्थापक अध्यक्ष सुवेदीले नेपालमै पहिलो अनलाइनबाटै अभिकर्ता तथा सेवाग्राहीलाई सेवा सुविधा प्रदान गर्ने दावी गरे। आफूले २१ बर्षसम्म बीमा क्षेत्रमै योगदान दिएको र नेपालका मानिएका बीमा कम्पनीको माथिल्लो पदमै बसेर काम गरेको हुनाले सबैको अनुभवबाट अब बीमा क्षेत्रमा नविनतम र क्रान्तिकारी काम गर्ने उनले दावी गरे।
उन का अनुसार अझै पनि नेपाली समुदायमा बीमाप्रतिको उदार धारणा नभएकाले बीमा गराउने भन्दा पनि बुझाउने अभियान आफूहरुले चलाउने उनले बताए।
अब देशभर शाखा विस्तार गर्ने योजनामा कम्पनी रहेको सुवेदीले बताए। कम्पनीमा ३० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने पनि बताइएको छ।
Discussion about this post