अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्।
३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका शर्मालाई बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताको आरोप लागेपछि आज पदबाट बाहिरिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा छानविनका लागि मार्गप्रशस्त गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाले नै तोकेकी छन् ।
शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’
शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए।
राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’
शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरूबाट बजेट बनाइएको बताएका थिए। उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका थिए।
Discussion about this post