• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

डोजर लगाइ भत्काइएको नयाँ बस्ती ख्रिष्‍टीय मण्डलीको घट्ना विवरण

by Mekha Gurung
January 25, 2021
in News & Events

काठमण्डौ- नेपालगन्ज उपमहानगर पालिका वडा न:२०, गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रिष्टीय चर्च मिती २०७७ माघ ७ गते डोजर लगाएर भत्काइएको छ।

­­स्थानीय मण्डली अगुवाहरुको भनाइ अनुसार मिती २०६४ साल बैशाख २५ गतेबाट सुरु भएको बाँके जिल्ला, नेपालगन्ज उपमहानगर पालिका, वडा न:२०, गायत्री नगर, नयाँ बस्तीमा अवस्थित “नयाँ बस्ती ख्रिष्‍टीय चर्च” मिती २०७७ माघ ७ गते डोजर लगाएर भत्काइएको हो। यो मण्डली सुकुम्बासी बस्तीमा अवस्थित थियो। २०७३ सालमा उक्त जग्गा त्यही स्थानमा भएको आदर्स उच्च मा.बि. को नाममा पास भयो र सो स्कूलले लाल पुर्जा प्राप्त गर्‍यो। २०७६ साल मंसिर २७ गते पहिलो पटक उक्त स्कुलले आफ्नो नाममा रहेको वस्ती खालि गर्नको लागि आधिकारिक रुपमा आग्रह गरेको थियो। मण्डली भवन तत्काल सार्न धेरै कुराहरुले असमर्थ भएको कारण २०७६ पौष २ गते मण्डलीले वडा कार्यालयमा अन्त कतै जग्गा उपलब्ध गराइदिनको लागि निवेदन गरेअनुसार  वाडा अध्यक्ष ज्यूले स्कुललाई चर्चको अर्को ब्यवस्था नभएसम्म तत्काल नहटाउनु भन्ने लिखित पत्र जारी गर्नुभएको थियो। उहाँहरुले जग्गा दिनुहुन्छ अनि सर्ने भन्ने बिश्वासमा समय बितिरहेको थियो। अचानक २०७७ माघ ७ गते मंगलबारका दिन प्रहरी प्रसासनसहित वडा अध्यक्षको उपस्थितिमा डोजर लगाएर सो चर्च भत्काइयो।

स्थानीय समुह तथा पास्टर दिनेश बाबु श्रेष्‍ठ (रुपान्तरण ख्रिष्‍टीय मण्डली काठमण्डौ) का भनाइअनुसार चर्च भवन भएको जमिन आफ्नै नाममा थिएन, कुनै न कुनै समय सर्नु पर्छ भन्ने निश्चित थियो र उहाँहरुले कतै खाली जग्गा देखाइदिनुहुन्छ भन्ने आशा पनि थियो। तर यो तरिकाले अरुको आस्थाका धार्मिक स्थलमा अचानक डोजर लगाइ भत्काउनुहुन्छहोला भन्ने सोच कसैले गरेका थिएनन्, त्यहाँ अति दु:ख लाग्दो र सबै इसाही धर्मवलम्वीहरुको हृदयमा मर्माहत हुने घट्ना हुन गएको हो।

यो सब घट्ना भइसकेपछि उहाँहरुले नेपाल ख्रीष्टियन, समाजका महासचिवलाई जानकारी गराइ नेपालगन्ज नगर इसाई समाज यही २०७७ माघ ९ गते जिल्ला प्रसासन कार्यालय बाँकेमा सोही वडा न:२० मा जग्गा वा भवन निर्माण माग सहित लिखित निवेदन पेस गर्नुभयो। यी मागहरुमा प्रसासनले स्विकार गरी सबैको सामु प्रमुख जिल्ला अधिकारी ज्यूले यो घट्नाको कारण आफू दुखी भएको र त्यहाँ मण्डली छ भनेर थाहा नभएको कुरा बताउनु भयो, साथै यो सब गर्न नहुने कुरा भएछ भनी डेलिगेसनमा जानु भएका सबै मानिसहरुको सामु आफ्नो तर्फबाट मण्डलीको लागि जग्गा उपलब्ध गराइदिन पहल गर्ने प्रतिवध्दता प्रकट गर्नुभएको कुरा पास्टर दिनेश बाबु श्रेष्‍ठले सामाजिक संजालमा उल्लेख गर्नुभएको छ।

सोही दिन उही प्रकारको अर्को निवेदन नेपालगन्ज उपमहानगर नालिकाको मेयर धवल शमशेर राणा ज्यूलाई दिंदा उहाँले पनि यो घट्नाले आफू ज्यादै दुखी भएको बताउदै आफुले धार्मिक स्वतन्त्रता चाहन्छु भनि आफ्नो पक्षबाट सक्दो सहयोग पुर्‍याउने प्रतिवध्दता दिनुभयो र मण्डली भवनको लागी जग्गा उपलब्ध गराउन वडालाई निर्देशन दिने निर्णय दिदै अब ढुक्क हुनुहोस भन्नुभयो।

यसरी नै अर्को दिन नेपालगन्ज नगर इसाई समाज तथा मण्डली परिवार वडा न: २० को वडा कार्यालयमा पुग्नुभन्दा अगाडि नै प्रमुख जिल्ला अधिकारी स्वयंले गर्नुपर्ने सबै कुराहरू वडा कार्यलयलाई बताइसक्नु भएको रहेछ। त्यसैले वडा अध्यक्ष ज्यूले पनि आफ्नो वडामा ७ देखि १० दिन भित्रमा जग्गा खोजेर उपलब्द गराइदिन सम्भव प्रयास गर्ने प्रतिबध्दता गर्नुभएको छ।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In