झण्डै ४ महिनाअघि कोरोनाबारेमा भ्रम फैलाइएको भन्दै पक्राउ गरिएका पास्टर केशव आचार्य रिहा भएपछिको घटनाक्रमको यथार्थ विवरण सार्वजनिक गर्नका निम्ति NCS र NCFN ले एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनका क्रममा दुवै संस्थाका पदाधिकारीहरूले सरकारी पक्षबाट नियोजित रूपमा केशव आचार्यलाई एकपछि अर्को केशमा फसाउँदै गएको जानकारी गराए ।
जिल्ला अदालत कास्कीले ५ लाख धरौटीमा रिहा गरिसकेपछि फेरि पनि अति दुर्गम जिल्ला डोल्पामा अर्को धर्मप्रचारको केश भएको भन्दै लकडाउनकै बीचमा २६ वटा गाडी र १० वटा मोटरसाइकल प्रयोग गरेर अति दर्दनाक अवस्थामा डोल्पा पुर्याइएको जानकारी पत्रकार सम्मेलनलाई गराइयो ।
पास्टर केशब आचार्यको बारेमा बाहिर झुठा हल्लाहरू फैलाइएको भन्दै आफूहरू मौन बस्दा झुटा हल्लाहरूले नै प्रश्रय पाउने भएकाले यसरी पत्रकार सम्मेलन मार्फत आफ्ना धारणाहरू राख्न बाध्य भएको जानकारी पनि पत्रकार सम्मेलनलाई गराइयो ।
NCF Nepal को प्रत्यक्ष साझेदारी तथा सरसल्लाहमा नेपाल ख्रीष्टियन समाज (NCS) अन्तर्गतको पास्टरीय वास्ता तथा सतावट सरोकार विभागले पास्टर आचार्यकी श्रीमती जुनु आचार्यसमेतको सहभागितामा सबै मुद्दामामिला, खर्च व्यवस्थापन तथा अन्य सम्पूर्ण कार्यहरू गरेको भएकाले यसबारेमा भएका अनर्गल प्रचारको पछि नलाग्न पत्रकार सम्मेलनमा सबैलाई अनुरोध गरिएको थियो ।
Discussion about this post