• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पास्टर केशव आचार्य धरौटीमा रिहा भए लगतै पुन पक्राउ, नेपाल ख्रीष्‍टियन समाजको प्रेस विज्ञप्ति

by Sarju Rijal
May 14, 2020
in News & Events

धर्म परिवर्तन संबन्धि मुद्दमा पथुनामा राखीएका पा. केशव आचार्यलाइ कास्कि जिल्ला अदालतले आज धरौटिमा रिहा गरेलगतै अदालत परिसरबाटै पुन पक्राउ गरिएको छ। पा केशव आचार्यलाइ धर्म परिवर्तन संबन्धि अर्को मुद्दामा डोल्पा चलान गरिएको जानकारी प्राप्त भएको छ। यस बिषयमा नेपाल ख्रिष्टियन समाजले जारी गरेको विज्ञप्तिनिम्न अनुशार छ।

 

मिति २०७७।०२।०१

प्रेस विज्ञप्ति

कास्की जिल्ला अदालतबाट मिति २०७७।१।३१ गते धरौटीमा रिहा गरिएका पोखराका प्रसस्त कटनी चर्चका पाष्टर केशव आचार्यलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतको परिसरबाटै गैरकानूनीरूपमा पक्राउ गरिएको घटनाप्रति नेपाल ख्रीष्टियन समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

पाष्टर केशव आचार्यलाई मिति २०७६।१२।१० गते १०–१२ जना प्रहरी आई केही बुझ्नु छ भनी निवेदकलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्काल निवेदकलाई पक्राउ गर्दा कुनै पुर्जी दिने वा पक्राउ गर्नुपर्ने कुनै कारण बताइएको थिएन । तर भोलिपल्ट थुनुवा पूर्जी एंव पक्राउपूर्जी दिइएको र सो पुर्जीमा निवेदकलाई सार्वजनिक शान्ति विरुद्धको कसुर ९झुट्टा अफवाह फैलाउन नहुने भन्ने अभियोगमा पक्राउ गरी थुनामा राखिएको व्यहोरा उल्लेख भएको रहेछ ।

अनुसन्धान गर्ने भनी १६ दिनसम्म थुनामा राखी मिति २०७६।१२।२६ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रस्तुत गरियो । यस मुद्धामा निवेदकले कोरोना भाइरसलाई प्रभु येशूले ठीक गर्नुहुन्छ भनी झुठ्ठा अफवाह फैलाएको भन्ने आरोप लगाइएको रहेछ । उक्त मुद्दमा जिल्ला प्रशासन कार्यालयबाट सोही दिन अर्थात मिति २०७६।१२।२६ मा निवेदकबाट रु ५०००।– (अक्षेरुपी पाँच हजार) धरौटी लिने गरी आदेश भएकोले निवेदककी पत्नी जनदेवी तिवारीले आदेशबमोजिम सोही दिन अर्थात मिति २०७६।१२।२६ गते र। नं। २०८० बाट तोकिएको धरौटी रकम बुझाएकी थिइन् । तर निवेदकलाई थुनामुक्त नगरी पूनः बिना कुनै जानकारी, सूचना र कारण नबताई प्रहरीकै भ्यानमा राखी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगी थुनामा राखिएको रहेछ ।

मिति २०७६।१२।२७ गते जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा धर्म सम्बन्धी कसुरको अनुसन्धान गर्ने भनी हिरासतभित्रै पक्राउपुर्जी र थुनापुर्जी दिई गैरकानूनी रूपमा थुनामा राखियो । निवेदकउपर कोरोना भाइरसलाई प्रभु येशूले ठीक गर्नुहुन्छ भनी झुठ्ठा अफवाह फैलाई धर्म प्रचार गरेको भनी मुलुकी अपराध संहिता २०७४ को दफा १५८ को ९१० र ९२० को कसुर आरोपित गरी मिति २०७७।१।४ गते अभियोग पत्र दायर गरिइको रहेछ । उक्त मुद्धामा कास्की जिल्ला अदालतबाट मिति २०७७।१।७ रु ५०००००।– (अक्षेरुपी पाँचलाख) धरौटी माग गर्ने आदेश भएको रहेछ ।

अदालतबाट तोकिएको धरौटी मिति २०७७।०१।३१ गते धरौटी बुझाएकोमा पाष्टर आचार्यलाई तारेखमा राखी थुनामुक्त गर्नुपर्नेमा थुनामुक्त नगरी प्रहरीसंगै पठाएको सोही दिन अर्थात मिति २०७७।१।३१ गते पुनः जिल्ला प्रहरी कार्यालयमा लगी बिना कुनै सूचना गैरकानूनी थुनामा राखियो । र, यस सम्बन्धमा सोधखोज गर्दा निवेदकलाई धर्म परिवर्तन मुद्धामा डोल्पामा अनुसन्धान गर्न अड्डासारको माध्यमबाट विपक्षी जिल्ला प्रहरी कार्यालयबाट हिँडाई सकिएको भन्ने बुझिन आएकोले प्रहरी प्रशासनको उक्त कार्यले संविधान प्रदत्त नागरिक हक हनन भई ख्रीष्टियन समुदायप्रति गरिएको प्रहार भएको यस समाजको ठहर रहेको छ । तापनि केशव आचार्यले डोल्पा जिल्लामा गई कसैलाई पनि कानुनतः धर्म परिवर्तन गराएको ठहर्नेगरी प्रचार गरेको वा बप्तिश्मा दिएका थिएनन् भन्ने दाबी परिवारले गरेको छ । यी सबै घटनाहरूलाई केलाउँदा कास्की प्रहरीले ख्रीष्टियन आस्थाका विरुद्धमा आफैं जाहेरी हाल्ने र झुट्टा साक्षीहरू खडा गरी अधिकतम प्रताडित गर्ने नियतले नै “प्रत्येक मानिसले आफ्नो धर्म तथा आस्थाको स्वतन्त्र अभ्यास गर्न” पाउनुपर्ने मानव अधिकारको विश्वव्यापी घोषणापत्र धारा १८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र धारा १८ साथै प्रचलित नेपालको संविधान धारा २६ ले तोकिदिएको मौलिक हक र संविधानकै प्रस्तावना ९धारा ४० मा उल्लेख गरिएको “धर्म निरपेक्षता”को अर्थ र भावनाकै विपरीत हुनेगरी लागू गरिएको फौजदारी अपराध संहिता मुलुकी ऐन, २०७४ को परिच्छेद ९ का दफाहरू १५८ र १५९ अनुसार कानुनी फन्दामा फँसाउने काम गरेको कुरा प्रष्टै देखिन्छ । त्यसकारण, यो घटनाबाट निज केशवराज आचार्यमाथि मात्रै होइन सम्पूर्ण अल्पसंख्यक धर्मावलम्बीहरू र खासगरी नेपाली ख्रीष्टियन धर्मावलम्बीहरूमाथि राज्यको तर्फबाट गरिएको अन्यायपूर्ण व्यवहार पुष्टि भएको छ । कास्की प्रहरी प्रशासनको यस्तो विभेदपूर्ण कार्य अत्यन्तै खेदजनक र भर्त्सनायोग्य छ । निज केशवराज आचार्यमाथि लगाइएका सबै मुद्दाहरू फगत पूर्वाग्रहमा लगाइएका हुँदा यसबाट राष्ट्रसेवक कर्मचारीले गरेको असहिष्णुता, पूर्वाग्रह र यातना दिने कार्यको तत्काल आवश्यक छानबिन गरी कार्वाही गरियोस् भनी नेपाल सरकारसमक्ष अपील गर्दछौं। यस्ता विसिमका भेदभावपूर्ण कार्यले शदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वमा रहिआएका धार्मिक समुदायका मानिसहरूका बीचमा रहेको शान्ति भङ्ग गर्नेसम्मको दुराशय राख्ने जोसुकैलाई तत्काल निरुत्साहित गर्दै केशवराज आचार्यमाथि भैरहेको बर्बरतापूर्ण अन्यायी कार्वाही तुरुन्त बदर गरी उनीमाथि न्याय दिलाउने कार्य गरियोस् भनी सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In