• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

महानगरपालिका प्रमुख चिरीबाबुद्वारा सुन्दर ढोकासँग सहकार्यको चाहना

by Bidur Adhikari
November 14, 2019
in News & Events

सुन्दर ढोका साथी सेवाले मनायो आफ्नो १२ औं स्थापना दिवस

ललितपुर, कार्तिक २८, बिहीवार ।

सुन्दर ढोका साथी सेवाले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको प्रमखु आतिथ्यमा आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ धुमधामसँग मनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव हस्त बहादुर परियारले गर्नुभएको थियो भने पानसमा बत्ती बाली प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरिएपछि राष्ट्रिय गान गाइएको थियो । त्यसपछि संस्थाका कार्यकारी निर्देशक विकास अधिकारीले संस्थाका काम तथा सेवाका बारेमा भिडियो प्रस्तुतिका साथ जानकारी दिनुभएको थियो ।

त्यसै अवसरमा उक्त संस्थाका संस्थापकहरू, लामो समयसम्म सेवा गरेका कर्मचारीहरु, सहायता सहकार्य गरेका संघसंस्थाहरू लगायतलाई सम्मान कदर गरिएको थियो । साथै शारीरिक अपांगता (एउटा खुट्टा नक्कली राख्नुपरेका) बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि म.न.पा. प्रमखु चिरीबाबु महर्जनले सारगर्भित मन्तव्य दिनुहुँदै संस्थाको सेवाको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले न.पा.को भवन नै पनि अपांग मैत्री नभएको भए तापनि अब निर्माण गरिने भवन अपांगमैत्री बनाइने, र सो भवनको उद्घाटन अपांग बालबालिकाबाट गराइने र

 

यस्ता बालबालिकालाई चियापानका लागि निम्तो दिने बताउनुभयो । म.न.पा.ले पहिलो पटक अपांग मैत्री साझा बस ल्याएको र थप इलेक्ट्रिक बसहरू पनि थप्ने योजना बनाएको, द. कोरियाको शाउल सहरसँगको सहकार्यमा अपांग मैत्री रिक्सा र ट्याक्सी नेपाल ल्यार्इ सञ्चालन गर्ने योजना गरेको समेत खुलासा गर्नुभयो । यति लामो समयदेखि काम गरिरहेको संस्थाको बारेमा थाहा आफूलाई नभको तर अब थाहा भएर धेरै प्रभावित भएको कुरा बताउनुभयो ।

अर्को पटक यस्तो वार्षिक सभामा उँदा म.न.पा.सँग सहकार्य गरेर गरिएका काम देख्न पाउँ भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो । यस संस्थाको कामको उच्च मूल्यांकन गर्छु, उहाँले भन्नुभयो । म पनि यस्तो पवित्र सेवामा एउटा इँटा थप्न चाहन्छु भन्नुहुँदै रातो कार्पेट बिच्छ्याएर सुन्दर ढोका परिवारलाई  स्वागत गर्ने बताउनुभयो र यस्तो सेवालाई निरन्तरता दिन उत्साह दिनुभयो । 

साथै विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरूले उक्त अवसरमा सुन्दर ढोका साथी सेवाका संस्थापक तथा समस्त परिवारलाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

सुन्दर ढोका साथी सेवाका अध्यक्ष कोषविलाश अधिकारीको जीवन कथा, उहाँ २०४१ सालमा गोर्खामा घाँस काट्न रूखमा चढ्ने क्रमममा लडेर शारीरिक अपांगता हुनपुग्नुभएको, मिसन अस्पतालमा पाएको सेवाबाट प्रेरित भई आफूले पनि अरूको सेवा गर्ने प्रयास स्वरुप सुन्दर ढोका साथी सेवा स्थापना गरिएको कुरा खुलाउने संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।

 

साथै सुन्दर ढोकाले उपचार गरी हाल स्वस्थ हुँदै अद्धै पनि दाँत मिलाउनका लागि उपचार गराइरहेका, जन्मँदा ओठतालु फुटेका शिशु अहिले एघार वर्षको स्वस्था किशोर भएका कथा प्रत्यक्ष रूपमा देख्न सुन्न पाउँदा उपस्थित सबै भावुक बनेका थिए ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा ४ का वडाध्यक्ष, राष्ट्रिय अपांग महासंघ,शारीरिक अपांग महासंघ, युनाइटेड मिसन टु नेपाल, आइएनएफ, सामरिटान्स पर्स, एसिया सिएमएस, एनजियो फेडरेसन ललितपुर, स्पाइलन कर्ड इन्जुरी, परिलक्षित लगायत दुई दर्जनबढी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In