• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

महानगरपालिका प्रमुख चिरीबाबुद्वारा सुन्दर ढोकासँग सहकार्यको चाहना

by Bidur Adhikari
November 14, 2019
in News & Events

सुन्दर ढोका साथी सेवाले मनायो आफ्नो १२ औं स्थापना दिवस

ललितपुर, कार्तिक २८, बिहीवार ।

सुन्दर ढोका साथी सेवाले ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको प्रमखु आतिथ्यमा आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ धुमधामसँग मनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महासचिव हस्त बहादुर परियारले गर्नुभएको थियो भने पानसमा बत्ती बाली प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरिएपछि राष्ट्रिय गान गाइएको थियो । त्यसपछि संस्थाका कार्यकारी निर्देशक विकास अधिकारीले संस्थाका काम तथा सेवाका बारेमा भिडियो प्रस्तुतिका साथ जानकारी दिनुभएको थियो ।

त्यसै अवसरमा उक्त संस्थाका संस्थापकहरू, लामो समयसम्म सेवा गरेका कर्मचारीहरु, सहायता सहकार्य गरेका संघसंस्थाहरू लगायतलाई सम्मान कदर गरिएको थियो । साथै शारीरिक अपांगता (एउटा खुट्टा नक्कली राख्नुपरेका) बालबालिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि म.न.पा. प्रमखु चिरीबाबु महर्जनले सारगर्भित मन्तव्य दिनुहुँदै संस्थाको सेवाको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले न.पा.को भवन नै पनि अपांग मैत्री नभएको भए तापनि अब निर्माण गरिने भवन अपांगमैत्री बनाइने, र सो भवनको उद्घाटन अपांग बालबालिकाबाट गराइने र

 

यस्ता बालबालिकालाई चियापानका लागि निम्तो दिने बताउनुभयो । म.न.पा.ले पहिलो पटक अपांग मैत्री साझा बस ल्याएको र थप इलेक्ट्रिक बसहरू पनि थप्ने योजना बनाएको, द. कोरियाको शाउल सहरसँगको सहकार्यमा अपांग मैत्री रिक्सा र ट्याक्सी नेपाल ल्यार्इ सञ्चालन गर्ने योजना गरेको समेत खुलासा गर्नुभयो । यति लामो समयदेखि काम गरिरहेको संस्थाको बारेमा थाहा आफूलाई नभको तर अब थाहा भएर धेरै प्रभावित भएको कुरा बताउनुभयो ।

अर्को पटक यस्तो वार्षिक सभामा उँदा म.न.पा.सँग सहकार्य गरेर गरिएका काम देख्न पाउँ भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो । यस संस्थाको कामको उच्च मूल्यांकन गर्छु, उहाँले भन्नुभयो । म पनि यस्तो पवित्र सेवामा एउटा इँटा थप्न चाहन्छु भन्नुहुँदै रातो कार्पेट बिच्छ्याएर सुन्दर ढोका परिवारलाई  स्वागत गर्ने बताउनुभयो र यस्तो सेवालाई निरन्तरता दिन उत्साह दिनुभयो । 

साथै विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरूले उक्त अवसरमा सुन्दर ढोका साथी सेवाका संस्थापक तथा समस्त परिवारलाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

सुन्दर ढोका साथी सेवाका अध्यक्ष कोषविलाश अधिकारीको जीवन कथा, उहाँ २०४१ सालमा गोर्खामा घाँस काट्न रूखमा चढ्ने क्रमममा लडेर शारीरिक अपांगता हुनपुग्नुभएको, मिसन अस्पतालमा पाएको सेवाबाट प्रेरित भई आफूले पनि अरूको सेवा गर्ने प्रयास स्वरुप सुन्दर ढोका साथी सेवा स्थापना गरिएको कुरा खुलाउने संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।

 

साथै सुन्दर ढोकाले उपचार गरी हाल स्वस्थ हुँदै अद्धै पनि दाँत मिलाउनका लागि उपचार गराइरहेका, जन्मँदा ओठतालु फुटेका शिशु अहिले एघार वर्षको स्वस्था किशोर भएका कथा प्रत्यक्ष रूपमा देख्न सुन्न पाउँदा उपस्थित सबै भावुक बनेका थिए ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा ४ का वडाध्यक्ष, राष्ट्रिय अपांग महासंघ,शारीरिक अपांग महासंघ, युनाइटेड मिसन टु नेपाल, आइएनएफ, सामरिटान्स पर्स, एसिया सिएमएस, एनजियो फेडरेसन ललितपुर, स्पाइलन कर्ड इन्जुरी, परिलक्षित लगायत दुई दर्जनबढी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In