• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अबको राजनीतिक मार्गचित्र

by NC Reporter
July 22, 2019
in Articles, Socio-political
B. P. Khanal

महासचिव, जनजागरण पार्टी नेपाल

हामीकहाँ किन यति धेरै पार्टी खुलेका? यो प्रश्न धेरैका दिमागमा अनेकौंपल्ट घुम्दैथियो। अहिले हठात् लाग्नेगरी राजनीतिक ध्रुविकरणको माहोल सृजना भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनमा निकै अहम् भूमिका निर्वाह गर्दै आएका ठूला दुई दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र आखिर चुनावी तालमेलमात्रै नभएर एकीकरणको बाटो तय गर्न राजी हुँदाको तत्काल तरंग सर्बत्र फैलिनुलाई अस्वाभाविक नै मान्नुपर्दैछ। राजनीतिलाई नजिकबाट चासो राख्दै आएका मानिसहरूमाझ अकस्मात् गम्भीरता बढेको छ, चियापसल, दोबाटो–चौबाटोले गफको विषय पाएकै हो। सरगर्मी सबैतिर चल्यो। तथापि धेरैको बुझाइ र अड्कलबाजी भने यसलाई अस्वाभाविकमात्र्र होइन, बाहिरी हस्तक्षेपको परिणाम हो भन्नसमेत अघिसरेको भन्ने देखियो। कोही उत्तर त कोही दक्षिणी छिमेकीहरूको अप्रत्यासित प्रभावको परिणामका रूपमा यसलाई बुझ्न अघिसर्दैछन्

बाम एकताको प्रत्यक्ष प्रभावको परिणाम पनि देखिइन लाग्यो। यसबाट राष्ट्रिय राजनीतिमा समकक्षी नेतृत्व हैसियतमा रहेको दल नेपाली कांग्रेसभित्र ज्वरो बढ्नु स्वाभाविकै हुन्थ्यो। झट्ट हेर्दा कम्युनिष्ट तथा बामपन्थी खेमाबीच तालमेल र एकीकरणको बाटो तय हुँदा त्यसको उचित जवाफै सही प्रजातान्त्रिक खेमा र सिद्धान्ततः त्यसवरपर रही आफ्नो पहिचान बनाउँदै र सोहीअनुसारको अभ्यास गर्दै आएका दलहरूले लोकतान्त्रिक गठबन्धनका लागि प्रयास गर्नुपर्ने दबाव महसुश गरेका हुन्। फलतः अहिले धेरैले लखकाट्दैछन्, अब नेपाली बहुदलीय राजनीतिमा पनि युरोप–अमेरिकातिरजस्तै केवल दुई दलले आफ्नो अस्तित्व कायम राख्नेछन्। यो अनुमान सतहीरूपमा ठीकै देखिएला, तर के भनिएजस्तै मुलुकको बहुदलीय अभ्यासमा अभ्यस्त हुनलागेको राजनीति अब दुई दलीय अभ्यासमा साँच्चिकै खुम्चिएला त ? अनि हिजो नितान्त निजी स्वार्थका लागि दलहरूलाई टुक्राटुक्रा पारेर अस्थीर राजनीतिका लागि मुलुकलाई उदांगो पार्दै एकअर्काप्रति अति संकीर्ण, अभद्र र असहिष्णु देखिएका नेता–पात्रहरू आज थपक्कै एकै थलामा रत्तिएलान् त ? यी र यस्तै प्रश्नले भने राजनीतिले लिन खोजेको त्यो बाटो ठानिएजस्तै सहज अवश्य छैन भन्न पनि करै लागेको छ।

राजनीतिमा स्थायी शत्रु वा मित्रहरू हुँदैनन् भन्दै गर्दा र हिजो शत्रुवत् व्यवहार गरिएको नेता–पात्रलाई अँगालो मार्दै गर्दा जस्तो लज्जानुभूति भए पनि त्यो पचाउँदै र नक्कचरो प्रबृत्ति धारण गर्दै भए पनि अहिले हातेमालो गर्न तयार भएका दलहरूलाई आखिर के कुराले एकता यात्राका लागि फुत्त घर छाड्न प्रेरित गरेको होला त ? सतही कारण प्रष्ट छ, राजनीतिलाई व्यक्तिगत लाभ र सुरक्षाको लागि उपयोग गर्न तल्लिन सोचबाट टुक्रिएर वा जुटेर बनेका असंख्य दलहरू अनि त्यही आत्मरत्तिबाट सिर्जित राजनीतिक अस्थीरता। हुन पनि आवश्यकताभन्दा अत्यन्त बढ्ता दलहरू हामीमाझ देखापरेकै हुन्, जसमध्ये धेरैका बीचमा राजनीतिक मूल्यमान्यता, सिद्धान्त वा अभ्यासको तौरतरीकामा कत्ति पनि भिन्नता छैन, तापनि आफूबाहेक अर्कोले अति बढी सुबिधा वा सुरक्षा हासिल गर्ला भनेर “बरू मैले केही पनि प्राप्त गरूँ वा नगरूँ, तर अर्कोले केही पनि नपाओस्” भन्ने मानसकिताको उपजलाई लामो समयसम्म मलजल गरिराख्ने प्रयत्नमा दलहरू धमाधम अनगिन्ती बनाइए। त्यही व्यक्तिगत स्वार्थ हरेर आफू केही सक्षम हुने मौका पाउनासाथ अर्कोलाई सिध्याइछाड्ने रणनीतिक क्रियाकलाप राजनीतिक दलहरूले गर्दैआएका हुन्, नेपाली राजनीतिमा यो जीर्णरोग बनिसकेको अवस्था नै थियो — अब त्यसो नहोला।

हो, राजनीतिक दलहरूको अनियन्त्रित संख्यामा कमी ल्याउनुपर्ने अव्यक्त माग अब पूरा हुने संकेत देखिएको छ। धेरै दलहरू हाम्रा लागि किमार्थ लाभदायक थिएनन्, तर सही र सिर्जनशील दर्शनसहित खडा भएका दलहरू पनि यो क्रममा घूनझैं पिसिइने हुन् त ? बग्रेल्ती दलहरूबीच कुनैमा असल र नैतिकवान चरित्र, प्रगतिशील दर्शन तथा लोककल्याणको निष्ठापूर्ण राजनीतिका लागि थियो होला, थिएन र ? राजनीतिलाई साँचो अर्थमा लोककल्याण र सर्वांगीण विकासको निम्ति उपयोग गर्नुपर्ने यथार्थवादी आग्रहसहित शुरू भएका सच्चा राष्ट्रवादी प्रतिबद्धतामा अडिएका दलहरू अब के हुन्छन् ? मुलुकले राजनीतिक बिकल्प खोजेकै हो, तर उही दर्शनहीन लूछाचूँडीमा आजसम्मै नांगो नाच प्रदर्शन गरिरहेका चरित्र–पात्रहरूले नेतृत्व गरेको ध्रुविकरणले त्यो बिकल्प साँच्चिकै पस्किन्छ त ? राजनीतिक दलहरूले आमा जनताको नजरमा आफूलाई अब्बल साबित गर्ने भनेको नेताजीहरूका भाषण वा चतुर निर्णयहरूका आधारमा होइन, बरू उनीहरूले सत्ता प्राप्तिको निम्ति कति इमान्दार, संयम, विवेकपूर्ण र लोकप्रिय गतिविधि सञ्चालन गर्छन्, र सत्ता प्राप्तिपछि पहिले भनिएजस्तै लोककल्याणकारी उपाय अवलम्बन गर्छन् भन्ने मूल्यांकनकै आधारमा हुन्छ, हुनुपर्छ। यदि राजनीतिक दलले आफूलाई अब्बल साबित गर्न आधार यो हो भने अहिलेसम्म सत्ताको बागडोर सम्हालेका दल र तिनका नेताहरूले विश्वासिलोरूपमा आफूलाई टिकाउन सकेनन्, तिनीहरू हरेक दृष्टिले चुके। त्यसो भए, विश्वास गुमाएका चरित्र–पात्रहरूकै नेतृत्वमा बन्दै गरेका दलीय तालमेल र एकीकरणबाट अहिले अनुमान गरिएजस्तै दुईमात्र शक्तिका रूपमा स्थापित बन्न लागिरहेका दलहरूमाथि साँच्चिकै सबैले भरोसा गर्लान्, कि बिकल्पको खोजी अझै पनि चलिरहने हो ?

त्यसकारण, बाम–प्रजातान्त्रिक ध्रुविकरण चुलिइँदै गर्दा हामीले अबको राजनीतिक मार्गचित्र कस्तो हुने होला भनी निकै गम्भीरतासाथ वस्तुस्थितिको विश्लेषण गर्नु जरुरी हुन्छ। यही विश्लेषणका आधारमा हामीलाई लागेको अबको मार्गचित्र भने बजारमा चल्दै गरेको अनुमानभन्दा फरक छ, जसलाई निम्नानुसार चित्रण गर्ने अनुमति चाहन्छु।

अहिलेसम्म हामीले भोग्दै गरेको दलीय यथार्थले देखाइरहेको छ, कुनै दलहरू पनि नङमासु भएर एक हुन मुस्किलमात्रै होइन, असम्भवप्रायः छ। उदाहरणका लागि प्रजातान्त्रिक शक्तिका रूपमा अब उदाउने अनुमान गरिएको दलभित्र वा त्यसको नजिकै एउटा प्रतिक्रियावादी शक्ति आफैंमा अभ्यस्त छ। त्यो मुलुकमा आउने–ल्याइने जस्तासुकै परिवर्तनको पनि प्रतिक्रियामा उत्रिन्छ, होइन परिवर्तनलाई अनावश्यक मान्दै यथास्थितिवादी चरित्र प्रदर्शन गर्छ। यहाँ समाजवादी लोकतन्त्रको वकालत गर्ने नेपाली कांग्रेससँग मोर्चाबन्दीमा नजिक सर्दै गरेका अन्य शक्तिहरूमा यो चरित्र लुकेको छैन। राष्ट्रिय जनता पार्टीलगायतले यथास्थितिवादको र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नेतृत्वमा गोलबन्द बन्दै आएका दल वा नेता–पात्रहरूले प्रतिक्रियावादको पक्षपोषण अब गर्दैनन् भन्ने ग्यारेण्टी गर्ने विश्वस्त आधार छैन। त्यसैगरी बहुदलीय लोकतन्त्रलाई नै उपयोग गर्दै प्रगतिशील बामपन्थी धार कायम राख्न प्रयत्नशील बन्दै आएका नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी र अर्को कम्युनिष्ट पार्टी माओवादी एकताकेन्द्रको नेतृत्वमा निर्माण हुने बाम ध्रुविकरणभित्रै वा त्यस परपर रहेको उग्रबामपन्थी धार अझै क्रियाशील छ। कम्युनिष्ट, साम्यवादी वा समाजवादी पार्टीका नाममा स्वतन्त्र अस्तित्व कायम राखी खुल्ला वा भूमिगत अभ्यास गर्दै आएका दल र नेता–पात्रहरूले बामपन्थी ध्रुविकरणभन्दा पर्तिर अर्को धार सक्रिय गराई राख्ने सम्भावना टरेको छैन। समग्रमा नेपाली राजनीतिक बजारमा सतहमाथि बामपन्थी र लोकतान्त्रिक नाममा ठूला दुई शक्तिहरू निर्माण हुने अनुमान सही देखिइँदै गर्दा तिनकै वरपर अर्को उग्रबामपन्थी र अर्कोतर्फ प्रतिक्रियावादी धारले आफ्ना गतिविधिहरू अझै बढाएर लैजाने सम्भावनालाई नकार्न मिल्दैन। यो राजनीतिक विकास क्रममा एउटा तठस्थ एवं संयोजनकारी राजनीतिक शक्तिको सशक्त उदय हुने सम्भावना बलियो देखिन्छ, त्यसले सन्तुलित राष्ट्रवाद र प्रगतिशील राजनीतिक प्रयत्नका लागि जिम्मेवारी प्राप्त गर्ने छ। यसरी, यदि अहिलेको यो ध्रुविकरण प्रयास सफल भयो भने पनि मुलुकमा प्रष्टतः पाँचवटा धार एकदुई दसकसम्मै क्रियाशील रहिरहनेछन्।

मैले यो मार्गचित्र प्रश्तुत गर्नुको खास कारण वा आधार के होला ? यसको जवाफमा हामीले मुलुकभित्रैको राजनीतिक विकासक्रम र समग्र विकासको स्तरमाथि ध्यान दिनुपर्छ। हिजो परिवारिक कलहसहितको निरंकूश राणा र शाही राजतन्त्र किन लामो समयसम्म टिक्यो ? त्यसका लागि जनतामा विकसित राजनीतिक–सामाजिक चेतना, आर्थिक प्रगति र सञ्चार माध्यमको उपयोगको स्तर आफैंमा जिम्मेवार थियो। आज सामन्ती-भूमिपतिहरूको राज, पञ्चप्रभुसत्ता, राजतन्त्र समाप्त भैसक्दा पनि किन हामीमा राजनीतिक चरित्र र संस्कार लोककल्याणकारी बन्न सकेन ? त्यसका लागि पनि जनताको बौद्धिक–शैक्षिक एवं आर्थिक प्रगति स्तर जिम्मेवार छ। अब के हुन्छ त ? के साँच्चिकै अब दुईवटा मात्रै दलहरू हुन्छन् त ? त्यसमा पनि नेपाली बहुसंख्यक जनताको बुझ्ने, विश्लेषण गर्ने र छनौट गर्ने क्षमताले भूमिका खेल्छ। अहिले हामीले शैक्षिक प्रगति स्तर कति माथि उचालेका छौं त भनी केलाउनुपर्छ। सन् २०६८ को जनगणनापछि तथ्यांक विभागले सार्वजनिक गरेको आँकडाले देखाएको छ, हामीमाझ माध्यमिक शिक्षा हासिल गरेका १६ लाख ३६ हजार १५९ जना, स्नातक तह पूरा गरेका ४ लाख ५७ हजार ७४४ जना र स्नातकोत्तर तहको पढाइ पूरा गरेका जम्मा १ लाख ५८ हजार ४३२ मात्रै जनसंख्या छ। यसले कूल जनसंख्याको कति थोरै प्रतिशतले राजनीतिक दलका मूल्यमान्यता, सिद्धान्त र नेता–पात्रहरूका काम कार्बाहीहरूको स्वतन्त्ररूपमा अध्ययन विश्लेषण गरेर तिनको पक्षमा लाग्ने–नलाग्ने भनी निर्णय गर्ने क्षमता राख्छन् ? त्यसकारण युरोप–अमेरिकातिरको हवाला दिएर अब दुईमात्र राजनीतिक दलहरू अस्तित्वमा रहन्छन्, बाँकी सिद्धिए भन्नुको तात्पर्य छैन। दुईमात्रै बन्नका लागि जनताको चेतनास्तरले निर्णायक भूमिका हुन्छ, दलहरूका रणनीतिक गतिविधि वा चतुर्याइँपूर्ण निर्णयले केही फरक पार्दैन। अर्थात्, जनता लाटासोझा रहेसम्म राजनीतिमा लोभीपापीहरूले आफूलाई जहिल्यै माथिल्लो ठाउँमा पुर्याइरहन सक्छन्।

यही आँकलनका आधारमा भन्न सकिन्छ, आगामि डेढदुई दसकसम्मै माथि उल्लेखित पाँचवटा राजनीतिक धारहरूमध्ये मध्यबिन्दूमा रहेको धारले खेल्नुपर्ने भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। आम जनताको बौद्धिक–शैक्षिक क्षमताले राजनीतिक मूल्यमान्यता, संस्कार र गतिविधिहरूको सुक्ष्म अध्ययन–विश्लेषण गर्ने र राजनीतिक दलहरूबारे सही निर्णय लिने अवस्था नआएसम्म राजनीतिक क्षेत्रमै एक सेवकीय मध्यस्थता जरूरी हुन्छ। त्यो मध्यस्थता गर्ने एउटा सन्तुलित राष्ट्रवादी मूल्यमान्यता, चरित्र र प्रतिबद्धतासहितको भूमिकामा हामीले आफूलाई गम्भीररूपमा उभ्याउनुपर्ने खाँचो देखिएको छ। त्यसकारण हामीसँग आबद्ध साथीहरू तथा सम्पूर्ण  शुभचिन्तकहरूलाई विकसित घटनाक्रमहरूबाट कत्तिपनि बिचलित नभई आगामि वर्षहरूमा यही मध्यधारमा खडा भएर आफ्नो दर्शन पक्रिई अबिरल क्रियाशील भैरहनुहुन अपील गर्दै आएका छौं।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In