वैशाख ६, शुक्रवार
विश्को सबैभन्दा धेरै जनसंख्याले अपनाएको, सबै महादेश र देशहरूमा धेरथोर संख्यामा अनुयायीहरू रहेको, विश्वको इतिहासमा सबैभन्दा बढी चर्चपरिचर्चा गरिएका व्यक्ति जसका संस्थापक रहेका छन्, जुन मतको पुस्तक अन्य कुनै पुस्तकभन्दा बढी संख्यामा अनुवाद गरिएको अनि विक्रीबितरण गरिएको छ, अनि जसको बारेमा बहस वादविवाद जेजस्तो भए तापनि, अन्य प्रमुख धर्म मत र वा नास्तिक मतहरू बिचमा विवाद वा अविश्वास वा संकटमय सम्बन्ध उत्पन्न हुँदा जुन मतलाइ, जुन मतका प्रतिनिधिलाइ सबैले साझा समन्वयकर्ताका रूपमा स्वीकार गर्नेगरेका छन्, त्यो इशाइ मत रहेको छ ।
यरूशलेममा येशूको विजयी प्रवेश
एेतिहासिकता तथा प्राचीनताको कुरा गर्दा पनि, उपलब्ध पाण्डुलिप संख्या, तिबिचको समानता, प्रचाीन शासन व्यवस्था र नामहरूको सटिक उल्लेख, हिब्रू ग्रन्थको सृष्टिदृष्टि वर्णनलाइ हुबहु कायम राख्दै ग्रहण गरेको कारण, हिब्रू बाइबलसमेत ख्रीष्टियन बाइबल र विश्वासको एक अलग गर्न नसकिने पक्ष रहेको । यसउसले गर्दा, प्राचिनतामा समेत अाम रूपमा ठानिएजस्तो येशूको जन्मपछि मात्र बाइबल लेखिएको वा त्रिएकेश्वरवादको विकास भएको भन्ने होइन ।
येशूले मन्दिर अन्तिम पटक शुद्ध पार्नुहुन्छ
जे होस्, यत्तिकै वेवास्ता गर्न वा अनदेखा गर्न नसकिने र नमिल्ने अास्था मतका रूपमा रहेको इशाइ मतअनुसारका प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पुनरूत्थानको अवसर रहेकाले यस चित्रकलात्मक प्रस्तुतिमा अाज हामी इशाइ मतका बारेमा स्पष्ट हुन सहायता गर्न सक्ने केही प्राुख घटनाहरू, जो बाइबलमा उल्लिखित छन् र एेतिहासिक रूपमा मानिन्दै अाइएका छन्, तिनको चर्चा गर्नेछाैँ ।
बाँकी यहाँ पढ्नुहोस्ः http://khabardainik.com/news/1983
Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...
बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...
ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...
रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post