• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ए.सी.एन. को गोरखा भुकम्प प्रतिकार्य कार्यक्रम समापन

by NC Reporter
March 7, 2019
in News & Events

पोखरेली ख्रीष्टिय समुदायको सामाजिक अंग असल छिमेकी नेपाल, पोखराले गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यमा यही फागुन १० गते सिर्जनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा “सामाजिक लेखाजोखा २०७५ तथा गोरखा भूकम्प २०१५ प्रतिकार्य समापन समारोह” आयोजना गरी गोरखा भूकम्प प्रतिकार्य कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा असल छिमेकी नेपालको भूकम्प प्रतिकार्य कार्यक्रमका बारेमा बोल्दै विभिन्न वक्ताहरूले नामजस्तै काम गर्ने संस्था भनेर तारिफ गरेका थिए।

भूकम्प लगत्तैदेखि सक्रिय रहेको सामाजिक संस्था असल छिमेकी नेपालले राहत वितरणको चरणमा विभिन्न आठ जिल्लाका साविकका ४८ वटा भन्दा धेरै गा.वि.स.हरूमा ११ हजार घरधुरीको लागि खाद्यान्न तथा जिन्सी वितरण गरेको थियो।

पुनर्निर्माण परियोजनाअन्तर्गत गोरखाको श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक, घैरुङ र आपँपीपलमा पुनर्निर्मित स्वास्थ्यचौकी भवनहरू भूकम्प पश्चात निर्माण सम्पन्न भएकामध्ये अग्रपंक्तिमा रहन सफल भए। जसमा पहिलो श्रीनाथकोट र त्यसपछि  दोस्रो, तेस्रो, चौथो र छैटौंमा क्रमशः घ्यालचोक, भुम्लिचोक, घैरुङ र आँपपीपल स्वास्थ्य चौकी रहेका छन्। यसको लागि गोरखा जिल्ला जनस्वास्थ्य कार्यालयले असल छिमेकी नेपाललाई संस्थाले पु¥याएको योगदानको कदर गर्दै पहिलो उत्कृष्ट संस्थाको रूपमा सम्मान प्रदान गरेको थियो।

त्यसैगरी चन्द्रोदय मा.वि., जनजागृती मा.वि., अर्कुल प्रा.वि. र जनकल्याण मा.वि. पनि पुनर्निर्माण भएका छन्। गोरखा जिल्लामा हस्तान्तरण भएका  पुनर्निर्मित विद्यालयमा श्री चन्द्रोदय माध्यमिक विद्यालय, श्री जनजागृति प्राथमिक विद्यालय र श्री अर्कुल प्राथमिक विद्यालय क्रमशः पहिलो, दोस्रो र तेस्रो हो भने श्री जनकल्याण माध्यमिक विद्यालय पाँचौं विद्यालय हुन्। साथै श्रीनाथकोटको वडा कार्यालय पनि असल छिमेकी नेपालकै आर्थिक सहयोगमा पुनर्निर्माण भएको हो।

असल छिमेकी नेपालले गोरखा जिल्लाको गण्डकी गाँउपालिका वडा नं १ मकैसिङ, वडा नं ७ र ८ घ्यालचोक, वडा नं ६ भुम्लिचोक र सिरानचोक गाउँपालिका वडा नं ८ श्रीनाथकोटमा रहेका, पिछडिएका सीमान्तकृत जाति तथा जोखिममा रहेका (एकल महिला÷पुरुष, वृद्घा, अशक्त असहाय तथा विपन्न) २७५ घर–परिवारहरूको आवास पुनर्निर्माण सहायतार्थ “व्यक्तिगत आवास पुनर्निर्माण सहायता परियोजना” सञ्चालन गरेको थियो। भूकम्पले क्षतिग्रस्त घर बनाउन नसक्ने अवस्थाका ती घरधुरीलाई प्रतिघर ७० हजार रूपैयाँ बराबरको सामग्री तथा खाद्यान्न यस संस्थाले उपलब्ध गराएको हो।

संस्थाले सीप विकास, जिविको पार्जन तथा स्वास्थ लगायतका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो जसमा जीविकोपार्जन तथा स्वास्थ्य परियोजनाअन्तर्गत हाउस वाईरिङ्ग र प्लम्बिङ्ग तालिम, ग्रामीण पशु कार्यकर्ता तालिम, मौरीपालन तालिम तथा मौरीघार वितरण कार्यक्रम, बाख्रापालन तालिम तथा बाख्रा वितरण कार्यक्रम, नगदेबाली तालिम तथा बिउबिजन वितरण कार्यक्रम, स्वास्थ्य सामुदायिक कार्यकर्ता तालिम तथा प्राथिम उपचार बाक्स वितरण, सिलाई कटाई तालिम तथा सिलाई मेसिन वितरण, महिला तथा बालबालिका स्वास्थ्य शिविर, पुननिर्माण गरिएको स्वास्थ्य चौकीहरूमा चेतनामुलक होर्डिङ्ग बोर्ड वितरण, पशु स्वास्थ्य शिविर रहेका छन्।

उपर्युक्त परियोजनाहरूमा असल छिमेकी नेपालले गोरखामा २१ करोड ८१ लाख ८४ हजार ३ सय ९५ रूपैयाँ बराबरका खर्च गरेको छ।

समापन कार्यक्रममा असल छिमेकी नेपालका अध्यक्ष भरतबहादुर गुरुङ, जिसस गोरखाबाट आशोक गुरुङ, जिसस नवलपरासी पूर्वबाट चेसराम आले मगर, जिसस नवलपरासी पश्चिमबाट शिवशंकर रे, समाज कल्याण परिषद्बाट का.मु. प्रमुख भगवती संग्रौला, गोरखाका पूर्व प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेना, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. हरिराम घिमिरे, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारी, गोरखा, पर्वत र नवलपरासीका गाउँपालिकाका अध्यक्षहरू, गोरखा, कास्की र नवलपरासीका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, एजजिओ फेडरेसन कास्की र नवलपरासीका प्रतिनिधिहरू, दातृनिकायका प्रतिनिधिहरू, पुनर्निर्मित स्वास्थ्यचौकी र विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  

कमल पोखरेली

पोखरा

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In