• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“एसिया प्यासिफिक समिट २०१८” काठमाडौंमा हुँदै, वास्तविकता के हो ?

by Sarju Rijal
November 30, 2018
in News & Events
Photo by Prakash Chandra Timilsena

काठमाडौं- मंसिर १३। नेपालमा हुन लागेको द एशिया प्यासिफिक समिट २०१८ भोलि अर्थात मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौंको ह्‍यात रिजेन्सी होटलमा हुँदैछ। एसिया प्यासिफिक सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल पिस फेडरेशन (Universal Peace Federation) हो। यो संयुक्त राष्ट्र संघको आर्थिक  तथा सामाजिक परिषद्‍बाट (General Consultative) मान्यता प्राप्‍त संस्था भनी जनाइएको छ। विश्वका १५५ मुलुकमा यो संस्थाको सक्रिय उपस्थिति छ।  आयोजनामा हुने सम्मेलनमा एशिया प्यासिफिक क्षेत्र तथा विश्वका अन्य मुलुकबाट छानिएका उच्चस्तरीय व्यक्तित्वहरू वर्तमान तथा पूर्वराष्ट्राध्यक्ष/सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, सञ्‍चारकर्मीहरू, प्राज्ञिक व्यक्तित्वहरू, व्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहनेछ।
सम्मेलनको विषय ‘वर्तमान समयका चुनौतिहरूमाथि सम्बोधन: अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बव्यापक मूल्य-मान्यता रहने जानकारी गराइएको छ। सम्मेलनमा ४५ वटा राष्‍ट्रबाट १५०० जना विदेशी पाहुनाको सहभागिता रहने पनि जानकारी गराइएको छ।
यो शिखर सम्मेलन काठमाडौंमा राखिनुको कारण इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (IAPP) को पहिलो भेला पनि राखिनेछ। नेपालमा जन निर्वाचित संविधानसभाद्वारा नयाँ संविधान जारी भइ सफलतापूर्वक शान्ति प्रक्रिया निष्‍कर्षमा पुगेको थप प्रकाश पार्नको लागि शिखर सम्मेलन काठमाडौंमा आयोजना गरिएको हो।
नेपालको शान्ति स्थापनाका नमुना र सिर्जनशिलताका अन्य क्षेत्रहरू, सरकार र नागरिक समाजबीच सहकार्य, अन्तर-पुस्तीय पारिवारिक बन्धनको अक्षुणता, जलबायु परिवर्तनको असरबारे चेतना अभिवृद्धिको प्रयासलाई शिखर सम्मेलनले आशा गरेको छ।
नेपाल सरकारको ‘समृद्ध नेपाल: सुखी नेपाली’ को दूर दृष्‍टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य जोड रहने जनाइएको छ। सम्मेलनको बेलामा हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ हुनेछ।
सम्मेलन सत्रमा समावेश हुने विषयहरू

  • उद्घाटन समारोह: विभिन्न मुलुकका राष्ट्रप्रमुखबाट सम्बोधन हुने।
  • सत्र २: शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका,
  • सत्र ३: अन्तर-धार्मिक संगठन र नागरिक समाजको भूमिका,
  • सत्र ४: जलवायु परिवर्तन,
  • सत्र ५: सञ्‍चार माध्यमको भूमिका,
  • समापन सत्र: विश्वव्यापी शान्ति प्रक्रिया र शान्ति परियोजना
  • शान्ति र पारिवारिक महोत्सव: विवाह र परिवारको सुदृढिकरणका लागिम्यानमारकी बिदेश मन्त्री र कम्बोडियाका प्रधानमन्त्री काठमाडौं आइपुगेका छन्
    भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन बिहीबार म्यानमारकी विदेश मन्त्री आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्‍नुभएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले स्वागत गर्नुभएको थियो।

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।

धर्म प्रचारको हल्ला के हो?
एसिया प्यासिफिक समिट २०१८ क्रिश्चियन धर्म प्रचारको लागि नेपालमा राखिएको हो भन्ने प्रश्‍नको उत्तरमा समिटका सहअध्यक्ष तथा युनिभर्सल पिस फेडरेसन नेपालका प्रमुख एकनाथ ढकालले धर्म प्रचारको कुरा सतप्रतिशत झुट हो र कल्पना बाहिरका विषय भएको र कतिपय कुरा टिप्‍पणी गर्न योग्यका नभएको बताउनु भएको छ। पार्टीगत रूपमा र धार्मिकरूपमा विभाजन हुनु दुर्भाग्यको कुरा भएको पनि बताउनु भएको छ। यसरी आलोचना हुनु प्रजातान्त्रिक मुलुकमा हुनुलाई अन्यथा लिन नहुने र बोल्न सबैलाई स्वतन्त्रता छ र आफूले बोलेको कुराको जिम्मा लिनुपर्ने कुरा बताउनुभएको छ।

समिट किन बिबादमा पर्‍यो? हिन्दुत्व सखाप पार्न एकनाथ ढकाल लागिपरेकाछन् के हो भनी ‘जनाता जान्न चाहन्छन कार्यक्रम’ को अन्तर्वार्तामा सोधिएको ऋषि धमलाको प्रश्‍नमा, “एक नाथ ढकाल जनै लगाउने हिन्दु हो। एकनाथ ढकालसँग धर्मको बारेमा कुरा गर्दा ख्याल गरेर कुरा गर्नुहोस्” भनी एकनाथ ढकालले सुझाव दिनुभएको छ। पटक पटक यस्ता कुरा नगर्न पनि सुझाव दिनुभएको छ। नक्कली हिन्दुसँग सचेत हुन पनि सुझाव दिनुभएको छ। साथै आमाको किरिया बस्दा क्रिश्चियनले किरिया बस्यो भनि लेखे, यस्तो पनि लेख्‍न पाइन्छ भनि गुनासो पोख्‍नुभएको छ। समिटमा विभिन्न देशका राष्ट्र प्रमुखहरू पाकिस्तानका प्रधानमन्त्री आउदै हुनुहुन्छ कसरी धर्मको कार्यक्रम भयो भनी कडा गरी जवाफ दिनुभएको छ।
अर्को प्रश्न: नेपालका कुनै पनि धर्मसंग संलग्‍न छैन?  यसमा समिटका सहअध्यक्ष एकनाथ ढकालको जवाफ, “यो पोलिटिकल लिडरहरूको लागि समिट हो, इरानको उपराष्ट्रपति आउदै हुनुहुन्छ। पाकिस्तानको प्रधानमन्त्री आउदैहुनुहुन्छ, राजनेताहरूको उपस्थिति हुँदैछ। समिटका सहअध्यक्ष ढकालले यो समिट धार्मिक नभइ राजनीतिक भएको कुरा स्पष्‍ट पार्नुभएको छ। नेपाल सेकूलर धार्मिक देश हो। नेपालका सबै नागरिकहरू आफूलाई मन लागेको धर्म संस्कृति मान्न पाउँछन् त्यो एउटा संवैधानिक अधिकार हो। मान्छेले त कुन धर्म मान्छस?  सभ्य समाजमा यस्ता प्रश्‍नहरू गरिदैनन्। धर्म भनेको मानिसको अन्तर आत्मामा हुने कुरा हो। धर्म भनेको निधारमा लेखेर, कोटमा झुण्ड्याएर हिंड्ने चिज हैन। नेपालमा कतिपय त्यस्तो पनि गर्न लगाइएको छ। भित्र के छ थाह छैन बाहिरी रूपमा मात्रै प्रकट गर्ने यस्ता कुराहरू हुन्छन्।

नेपालमा धार्मिक सहिष्‍णुता भएको देश हो, नेपाल बहुसंख्य हिन्दुहरू भएको देश हो, बुद्धिष्ट र अन्य धर्म मान्नेहरू पनि हुनुहुन्छ। हाम्रो धार्मिक सहिष्‍णुतालाई कायम राखेर अगाडि बढ्नुपर्छ र नेपालमा विभिन्न तत्वहरूले हामीलाई भडकाउने र फुटाउने प्रयास गरिरहेका छन् त्यसबाट हामी होसियार हनुपर्छ। यस्ता संवेदनशील विषयहरूमा हल्का रूपमा टिका टिप्पणी गर्नु त्यति जिम्मेवारपन हो जस्तो मलाई लाग्दैन। नेपालका सबै नागरिकलाई सम्मान गर्न चाहान्छु। सबै धर्म संस्कृतिहरूको म सम्मान गर्न चाहन्छु, धर्म इज इन्डिभिजुअल च्वाइस।”  फादर मुनको बारेमा पनि यो अन्तर्वातामा स्पष्‍ट पारिएको छ। फादर मुनको अभियान शान्तिको कुरालाई जोड दिएको र विशेष गरी बुद्ध धर्मसँग शिक्षा मिलेको कुरा पनि बताउनुभएको छ।
मदर मुनले जिजसको छोरी घोषणा गर्ने बारेमा के हो?
यस्ता फाल्टु कुरा नगर्नुहोस्। यस्ता फाल्टु कुरा गर्ने भए इन्टरभ्यू बन्द गर्नुहोस्। कहाँबाट जिजस क्राइसटको कुरा आयो? फोहोर बाहिर फाल्ने हो । राम्रो कुरा मात्रै भित्र ल्याउने हो। जुत्तामा पनि फोहोर लागेको छ भने पुछेर मात्रै भित्र आउने हो भनी बताउनु भएको छ। जनाता जान्न चाहन्छन कार्यक्रमबाट साभार गरिएको पूर्ण अन्तरवार्ता यहाँ युट्युबमा हेर्नुहोस।

नेपालका चर्चहरूसँग यसको के सम्बन्ध छ?
सामाजिक सञ्‍जाल र अनलाइन मेडियाद्वारा धर्म प्रचारसम्बन्धिको भ्रमात्मक समाचारहरूले धार्मिक सहिष्णुतामाथि कुनै असर नपरोस भनी नेपालका चर्चहरूको तर्फबाट ख्रीष्‍टियन सरोकार अभियानको प्रेस बिज्ञप्ति।

Press Release of combined effort for Christian concern of NCFN & NCS.

 

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In