• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, February 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

टोखा नगर ईसाई समितिद्वारा आयोजित युवा सम्मेलन सम्पन्न

by Sarju Rijal
November 21, 2018
in News & Events

काठमाडौं- टोखा नगर इसाई समिति र न्यू लाईफ एपोष्टलिक मिनिष्ट्रिको संयुक्त आयोजनामा समृद्धि नेपाल शुखी नेपाली भन्ने विचारधारणालाई सबैबाट, सबैप्रकारले कार्यन्यवन हुनसकोस भनि हाम्रो मण्डलीका जवानहरु एकेडेमिक शिक्षामात्र भएर पुग्दैन तर हाम्रा यूवाहरु आत्मिक रुपमा पनि बलियो हुनसके समाजको विकास हुनसक्छ भन्ने उदेश्य लिएर २०७५ मंसिर २ र ३ गते यशैया ६०:१ मा भनिएको परमेश्वरको वचनमारहि दुईदिने वृहत यूवा जागृति सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनका वक्ता साथै इसाई जगतका चर्चित गाएक प्रभुको दास रेभ रोहित थापाज्यूले पवित्र आत्माको अभिषेक्तमा यूवाहरुलाई चाहेने बाइबलिय शिक्षाद्वारा आशिषित पार्नुभएको थियो । सबै जवानहरु एकदमै आशिषित हुनुभएको हामीसबैले महशुस गरेका थियौं । कार्यक्रम रेभ. डाक्टर सुन्दर गरुबाको प्रार्थनाबाट शुरुभएको उक्त कार्यक्रम, शिलोआम मण्डलीका जवाहरुले राष्ट्रियगान साथै समितिका अध्यक्ष पाष्टर जीवन वान्तवाज्यूले सहभागीहरुसबैलाई स्वागत गर्नुभएको थियो भने सञ्चालन प्रशंसा मण्डलीका पाष्टर नवराज घले ज्यूले गर्नुभएको थियो सम्पूर्ण सेवामा आराधना रोहित थापाज्यूको समूहबाट भएको थियो । कार्यक्रमको दोश्रो दिन बिहानको सेवामा पाष्टर डेभिड आचार्यज्यूले दर्शनले जवानहरुको जीवनलाई सहि उद्देश्यमा डोर्‍उछ सफलतामा पुर्‍याउँछ भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो । उक्त यूवा जागृति सम्मेलनमा चर्चि गायिका अन्जु पन्तज्यूको उपस्थिति र आशिषमय गित र उहाँको गवाहीले समस्त यूवाहरुमा उत्साहित गराएको थियो । सम्मेलनको अवसरमा रगत नपाएर मृत्युको मुखमा छटपटिएका विरामीहरुले जीवन पाउनसकुन् भन्ने उद्देश्य लिएर रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ४५ जनाबाट रगत संकलन भएको थियो । अन्तमा गोंगबु इसाई मण्डलीका पाष्टर बाला तामाङ् ज्यूले धन्यवाद दिनुभएको थियो भने समितिका अध्यक्षज्यूबाट आशिषको प्रार्थना गरि कार्यक्रम समापन भएको थियो ।

के हो टोखा नगर ईसाई समिति

टोखा नगर इसाई समिति २०७४ चैत्रमा स्थापना भएको सामाजिक सञ्जाल हो । नगरभित्रका विकास योजनालाई मण्डलीहरु मिलेर टेवा पुर्‍याउनु, स्थानिय मण्डलीहरुलाई समाजमा नुन र ज्योतिको रुपमा पहिचान गराउँनु समाजसँग सुसम्बन्ध विकास गर्नु साथै मण्डलीहरुमा कुनै पनि समस्याहरु आउँदा ढाडस दिनु, शान्ति सुरक्षा कायम राख्न पहल गर्नुनै यस समितिको उद्देश्य हो ।
२००० वर्ष पहिलेदेखि अस्तित्वमा रहेको बहुआयामिक सम्पदाले सज्जिएको काठ्माण्डौंको उत्तरी सिमाना शिवपूरी निकुञ्जको काखमा बसेको प्राचिन टोखा नगर कति सुन्दर नगर छ ।
लगभग २५,५६१ घरधूरीमा बसोबास गर्ने बहूजाती, बहूभाषी, बहुधर्म, बहूसांस्कृतिकले आभूषित यस सहरमा २०६८ को तथ्यांक अनुसार लगभग ९९,०३२ जनसंख्यामा रहेको नगरभित्र ६० वटा मण्डली र येशुप्रभुलाई विश्वास गर्ने समूह ८००० रहेको छ ।
हाम्रो आश्था र विश्वास येशुप्रभु हुनुभएता पनि हामी यहि राष्ट्रको माटोमा हुर्केका नेपालीहरु हौ । सिमा पारी गएपछि हामीलाई ख्रीष्टियान भनेर चिन्दैनन तर नेपाली भनेर चिन्दछन् यसकारण हामीलाई हाम्रो देश नेपालको असाध्यैमाया छ ।
हाम्रो राष्ट्र, हाम्रो नगर, हाम्रो गाँउ, हाम्रो समाजको उन्नती र भलाई र समृद्दिका लागि आस्था फरक फरक भएता पनि सबै धर्मप्रति सकारात्मक सोंच, छिमेकीलाई आफूलाई जस्तै प्रेम र मानिसभित्र भएको खुबीचिन्नु र विकास गर्नु, सबैभन्दा समृद्धि र विकासको मुख्य सिदान्तलाई हो । यस सत्यतालाई हामी सबैले स्वीकार गर्न सके हाम्रो समाजको समृद्धिको लागि बनाइएका गुरुयोजनाहरु सफल हुनेछन् भन्ने हाम्रो विश्वास छ ।
हामी इसाईहरुले आफ्नो व्यक्तिगत स्वईच्छाले स्वीकार गरेको आस्थालाई स्वतन्त्र रुपमा मान्न सकिरहेका छैनौ । यसले भविश्यमा हाम्रो देशको समृद्धिको गतिलाई कतै हामीले बनाएको नियम र कानुनले असर पार्छकि भन्ने हामीलाई डर लागिरहेको छ ।
लोकतान्त्रीक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदानपछि सहिदहरुको रगतले जन्मेको धर्मनिरिपेक्ष संस्थागत रुपमा घोषणा भैसकेको छ तापनि हामी ईसाइहरुलाई धार्मिक स्वतन्त्रताको महशुस हुन सकिरहेको छैन ।
हामी टोखा नगर इसाई समितिद्वारा तयार पारिएको बुँदागत आधारभूत आवश्यकताहरु यसप्रकार छन् ।
१. जन्मने, हुर्कने पढ्ने र आफ्नो स्वइच्छाले स्वीकार गरेको आस्थालाई मान्न पाउने नैसर्गिक अधिकार भए जस्तै आफ्नो संस्कार अनुसार मृत्युपछि अन्त्यष्टि गर्न पाउने पनि अधिकार छ तर हामी इसाईहरुको लागि अन्त्यष्टिका लागि कुनै व्यवस्था छैन यसकारण हामी हाम्रो स्थानिय सरकारबाट नगरभित्र रहेका इसाईहरुको लागि कवरस्थानको व्यवस्था होस भनि पहल गर्ने ।
२. समृद्धिका लागि हातेमालो भन्ने हाम्रो नारालाई पूर्णतादिनका लागि नगरभित्र रहेका इसाईहरुको लागि सार्वजनिक कार्यालयको व्यवस्थापन गरियोस् ।
३. धार्मिक स्वतन्त्रता सुनिश्चित गरियोहोस र आफुले स्वीकार गरेको आस्थाबाट मिलेको शान्ति, खुशी, आनन्द, ज्ञान, बुद्धि विनाडर त्रासमा एकअर्कामा बाँड्चुँड गर्ने वातावरण होस् भनि पहल गर्ने हाम्रो योजना रहेको छ ।
उक्त योजना अनुसार अगाडी बढ्नको लागि नगरभित्र भएका मण्डलीहरुका पाष्टर अगुवाहरु महिनाको अन्तिम बिहिबार भेटघाट संगति गरिदै आएका छौं ।
साथै २०७५ चैत्र ८ गते लगभग ६०० जना विश्वासीहरुको सहभागितामा टोखा नगरपालिकाका प्रमुख, उपप्रमुख, ११ वडा जनप्रतिनिधिहरु र इसाई समाजका प्रमुखहरुज्यूहरुको उपस्थितिमा हाम्रो दर्शन बाड्ने कार्यक्रम सम्पन्न भएको थियो।
धन्यवाद !

टोखा नगर इसाई समिति
सचिव
पाष्टर डेभिड आचार्य

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at HDCS

February 18, 2026

  Click here  👉 One Health Team Leader_VA  

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

Recent Posts

  • Vacancy at HDCS
  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In