• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियन विश्वासमा आधारित गैह्र-सरकारी संस्थाहरूको राष्ट्रिय सम्मेलन सम्पन्न

by Jagadish Pokhrel
June 13, 2018
in News & Events

ख्रीष्टियन विश्वासमा आधारित गैह्र-सरकारी संस्थाहरूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही जुन १०-११ (जेठ २७-२८) मा ललितपुरको धोबीघाटमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा ८० वटा गैह्र-सरकारी संस्थाका ११५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलन आयोजनाको निम्ति आवश्यक सहजीकरण माइका नेपालले गरेको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनमा सहभागी गैह्र-सरकारी संस्था प्रतिनिधिहरूलाई डाक्टर प्रताप छत्कुलीले “नेपालको संघीय प्रणाली र स्थानीय सरकार” विषयमा सहजीकरण गर्नुभएको थियो । त्यस क्रममा उहाँले स्थानीय सरकारको क्षेत्राधिकार र कार्य संचालनको सम्बन्धमा गैह्र-सरकारी संस्थाहरूले स्थानीय निकायसँग गर्नुपर्ने समन्वयका बारेमा विष्तृतरूपमा सिकाउनुभएको थियो ।

यसैगरी सीता गुरुङले सहभागीहरूको बिचमा चर्च र गैह्र-सरकारी संस्था बिचको सम्बन्ध केकस्तो हुनुपर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनमा सहभागीहरूलाई बरिष्ठ अधिवक्ता गोबिन्द बन्दीले पछिल्लो समय धेरै नै चर्चा परिचर्चा गरिएको सदाचार नीतिका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले प्रस्तावित सदाचार नीति आफै पनि देशको संविधान र कानुनको खिलाफमा रहेको कुरा औंल्याउनु भएको थियो । सरकारले गैह्र-सरकारी संस्थाहरूलाई कमजोर बनाउने गरी सदाचार नीति ल्याएकोले सरकारलाई यो नीति पारित नगर्न वा परिमार्जन सहित् पारित गर्न दवाव दिनुपर्ने बताउनुभएको थियो ।

यसैगरी उक्त सम्मेलनमा समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणी बरालले संस्था दर्ता ऐन तथा सामाजिक विकास ऐनका सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । उहाँले नेपालमा गैह्र-सरकारी संस्थाहरूले राज्यलाई पुर्याएको टेवाको निम्ति धन्यवाद दिंदै धर्मपरिवर्तन गराउने खालका वा एकल धार्मिक समुदायले मात्रै लाभ पाउने खालका कार्यक्रमहरू भने नल्याउन अनुरोध गर्नुभएको थियो ।

निकै भव्यताका साथ सम्पन्न भएको सम्मेलनले डाक्टर कृष्णमान शाक्य संयोजक रहने गरी सम्मेलनले ११ सदस्यीय राष्ट्रिय समिति गठन गरेको छ । यसका साथै यो सम्मेलन ७ बुंदे घोषणा पत्र पनि जारी गर्दै समापन भएको छ ।

सम्मेलनले गठन गरेको राष्ट्रिय समिति यसप्रकार छ:

१) डा. कृष्णमान शाक्य – संयोजक

२) मुकुन्द शर्मा

३) ज्ञान नारायण श्रेष्ठ

४) दिपकराज राई

५) उमा मगर

६) केपी अधिकारी

७) जगदीश पोखरेल

८) रोमी केसी

९) निम तोल्मा आचार्य

१०) स्टेला पाण्डे

११) सन्तोष तामाङ

यस राष्ट्रिय सम्मेलनले जारी गरेको ७ बुंदे घोषणापत्रको पूर्ण पाठ यसप्रकार रहेको छ:

नेपालमा रहेका नेपाली ख्रीष्टियन विश्वासमा आधारित गैरसरकारी संस्थाहरूको दुईदिने राष्ट्रिय सम्मेलन धोवीघाट ललितपुरमा ८० वटा गैरसरकारी संस्थाहरूबाट ११५ जना प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भइ निम्नानुसारको घोषणापत्र जारी गरिएको छ ।

हामी यो घोषणा गर्दछौं:

१. हामी हाम्रो आस्था र विश्वासमा अडिग रहेर नेपाली समाज रुपान्तरण र यसको सर्वाङ्गिण विकासका निम्ति क्रियाशिल रहनेछौं ।

२. हामी हाम्रो कार्यहरूद्वारा कुनै पनि जात, धर्म, वर्ण वा अन्य कुनै आधारमा भेदभाव नगरी समानरूपमा सेवा पुर्याउनेछौं ।

३. हामी नेपाल सरकारका कानुन तथा सम्बन्धित नीति नियमहरूको पालना गर्दै हाम्रो संस्थागत कार्यक्रमहरूद्वारा सामाजिक तथा आर्थिक विकासमा नेपाल सरकारको बलियो सहयोगीको भूमिका निर्वाह गर्नेछौं ।

४. हामी हाम्रो भनाई र गराईमा एकरुपता ल्याई सम्पूर्ण कार्यक्रम तथा आर्थिक गतिविधिहरूमा इमान्दारिता प्रस्तुत गर्दै पारदर्शी रहने प्रतिबद्वता व्यक्त गर्दर्छौ ।

५. हामी कुनै पनि जात, धर्म, आस्था, लिंग, वर्ण, क्षेत्र आदिका आधारमा कुनै पनि संस्थामाथि हुने भेदभावपूर्ण ब्यवहार र अन्यायको विपक्षमा सदैव उभिनेछौं तर हाम्रा सबै क्रियाकलाप तथा अभियानहरू शान्तिपूर्ण र अहिंसात्मक हुनेछन् ।

६. हामी हाम्रा कुनै पनि कार्य तथा स्रोत साधनद्वारा राजनीतिक पार्टी वा समुह र राजनीतिक गतिविधीलाई पक्षपोषण हुने खालका क्रियाकलाप गर्ने छैनौ ।

७. हामी सधै सत्यताको पक्षमा उभिनेछौ तर कुनै पनि गलत वा अपराधिक गतिविधिमा संलग्न ब्यक्ति वा संस्थाको पक्षमा वकालत गर्ने छैनौ ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In