• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

डा.रोकायाको धारणा ख्रीष्टियाहरुले स्वीकार गर्दैनन् : डा.शर्मा

by Sarju Rijal
February 1, 2018
in News & Events
Rev. Dr. Bal Krishna Sharma
रेभ. डा. बाल कृष्ण शर्मा, पिएचडी

नेपालमा ख्रीष्टियनहरूको इतिहासलाई हेर्दा, संगति वा चर्चको सुरूवात नेपाली व्यक्तिले बुझेर, येशू ख्रीष्‍टलाई व्यक्तिगतरुपमा स्वीकार गरेर विस्तार भएको पाइन्छ। येशू ख्रीष्‍टलाई विश्वास गरेपछि पनि समाजबाट, परिवारबाट वहिस्कृत हुँदा पनि आफूले विश्वासमा दृढ भएर निरन्तर प्रार्थना र ख्रीष्‍टसँगको समर्पणले संगतिहरू बलिया भएको उदाहरण प्रशस्त छन्। पञ्‍चायति कालमा जेल परेर पनि विश्वासबाट पछि नहटेका उदाहरण नै नेपालमा ख्रीष्‍टियनहरू वृद्धि हुनुका प्रमुख कारण हुन्। यस सम्बन्धमा विदेशी डलर भनि व्याख्या गरिए पनि ति भनाइहरु गलत सावित हुन्छन्।
नेपालको राजनीतिक परिवर्तनसँगै राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्र आउनमा विदेशी डलरको खेल भनेर क्रिश्‍चियनहरूलाई मुछ्ने काम पनि भएका हुन्। यस सम्बन्धमा नेपाली जनताको योगदान नै लोकतान्त्रिक गणतन्त्र नेपालको संभावना भएको कुरा स्पष्‍ट छ। ख्रीष्टियनहरू सुरूदेखि अहिलेसम्म पनि बाइबलीय शिक्षा अन्तर्गत संगति गर्दै छन्।
पछिल्लो समयमा नेपालमा फेरि हिन्दू राष्ट्र र राजतन्त्र हुनुपर्छ भनि केहि आवाजहरु सुन्न थालिएका छन। जसमा, पास्टर डा केबि रोकाया पनि एक व्यक्तिमा गनिन्छन्। यससम्बन्धमा ख्रीष्टियनहरूको धारणा के हो भन्ने कुराको विश्लेषण र विस्तृतरुपमा नेपाल थियोलोजि कलेजका प्रिन्सिपल, डा बाल कृष्‍णा शर्माको विश्लेषण जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ।

-रेभ. डा. बाल कृष्ण शर्मा

आज मैले मेरा मित्र नारायण खड्काले पठाउनुभएको लिङ्कमा एउटा अचम्मको अन्तरवार्ता पढेँ । यस वियमा केही समय पहिलेदेखिनै चर्चा भइरहेको मैले सुनेको थिएँ । यस अन्तरवार्तमा पास्टर डा के बी रोकाया ज्यूले आफ्ना जीवनको अनुभव र ती अनुभवले उब्जाएका तीक्ततालाई व्यक्त गर्नुभएको रहेछ । डा रोकायालाई म बि स २०३८ वा सन् १९८१ देखि नै चिन्छु र उहाँ मेरा आदरणीय ख्रीष्टियान दाइ र साथी हुनुहुन्छ । बेलाबेलमा मैले उहाँको सोचलाई परिवर्तन गर्ने कोशिश गरेको थिएँ ।

उहाँले भनेअनुसार उहाँले मावोवादीको द्वन्द्व कालमा शान्ति स्थापना गर्नका लागि जुन परिश्रम गर्नुभयो त्यसप्रति म कृतज्ञ छु । उहाँले देशमा भएको भ्रष्टाचार र अनियमितताका विरूद्धमा आवाज उठाउनुभयो यसले उहाँको निष्ठालाई सम्बोधन गर्छ । देश निर्माण हुनका लागि इमानदारिता चाहिन्छ भन्ने उहाँको आवाज प्रवल बन्दै जाओस् र यसमा मेरो समर्थन र प्रतिबद्धता छ । उहाँ चेतनशील नगरिक हुनुहुन्छ र हामीलाई उहाँजस्ता व्यक्तित्वको आवश्यकता छ ।
यी सकारात्मक गुणहरु हुँदाहुँदै पनि उहाँका कमजोरीहरु पनि यस अन्तरवार्तमा प्रकट भएका मैले देखेँ र यसलाई सम्बोधन गर्न मलाई करै लाग्यो । म यसलाई व्यक्तिगत रूपमा उहाँकहाँ गएर सम्बोधन गर्ने पक्षमा थिएँ तर अहिले बसेको दूरी अलि टाढा भएको र यो विषय नेपालको लागि र विशेष गरी ख्रीष्टियान समुदायको लागि जटिल भएको हुनाले मैले केही लेख्ने जमर्को गरेको हुँ । इन्टरनेटमा नै उहाँसँगको अन्तरवार्ता छापिएको हुनाले त्यही मिडियालाई मैले प्रयोग गरेको छु र यस विषमा उहाँ लगायत अन्य व्यक्तिहरुसँग म भेटेर कुराकानी गर्न पनि चाहन्छु ।
डा रोकायाको अन्तरवार्तालाई विश्लेषण गर्दा उहाँले एउटा दुईटा विषयको आधारमा त्यसलाई समान्यकरण गर्ने प्रयास गर्नुभएको छ । उहाँको अमिलो अनुभवले उहाँको सोच र निर्णयमा असर पारेको देखिन्छ । एउटा भनाइ छ (your particular good and bad experience should not lead to generalization of an issue)। त्यस किसिमको समान्यकरणको निष्कर्ष गल्ती हुन्छ ।
अब म धेरै विषयहरुलाई सम्बोधन नगरेर उहाँले व्यक्त गर्नुभएको राजसंस्था र हिन्दूधर्म नेपालको पहिचान हो र नेपाल धर्म निरपेक्ष राज्य हुन सक्दैन भन्ने कुरालाई सम्बोधन गर्न चाहन्छु। उहाँलाई यस अन्तरवार्तमा ख्रीष्टियान पास्टर भनी सम्बोधन गरिएको हुनाले ख्रीष्टियानहरूको अडान उहाँको जस्तो हो कि भन्ने बारेमा धेरै जनालाई खुल्दुली लागेको छ र यो सोच उहाँको निजि हो र नेपालका ख्रीष्टयानहरुले यसलाई स्वीकार गर्दैनन् ।

लामो समयसम्म डा रोकायाले नेपालमा उहाँ बाहेक अर्को कुनै ख्रीष्टियान अगुवालाई देख्नुभएको थिएन । उहाँले जहिले पनि ख्रीष्टियान अगुवाहरूको विरोध र टिका टिप्पणी गर्नुहुन्थ्यो । एक दिन मैले उहाँलाई भने रोकाया दाज्यू के तपाईं आफूबाहेक कसैलाई पनि ख्रीष्टियान अगुवा देख्नुहुन्न । नेपालमा परमेश्वरले धेरै आत्मिक अगुवाहरूलाई राख्नुभएको छ र नेपालका ख्रीष्टियानहरूले केही पनि गरेका छैनन् भन्ने भ्रम नपाल्नुहोस् । नेपाल देशमा भएको ख्रीष्टियानहरूको उपस्थिति र उनीहरूको प्रार्थना यो देशको लागि आशिष हो । बाइबलीय शिक्षा यही हो । मेरो नाउँ दिएको प्रजाले आफूलाई नम्र तुल्याएर प्रार्थना गर्छ भने म तिनीहरूको देशलाई निको पार्नेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ र आज हामीले प्रार्थनाद्वारा देशलाई निको पार्ने काम गरिरहेका छौँ । त्यति मात्र होइन नेपालको चर्चले विभिन्न क्षेत्रमा मानिसहरूका लागि प्रार्थना र सहयोग गरिरहेको छ । उहाँको निम्ति मेरो निरन्तर प्रार्थना थियो ।
केही समय पहिले उहाँले नेपालका ख्रीष्टियान अगुवाहरूको अस्तित्वलाई स्वीकार गर्नुभयो र उहाँ विभिन्न अगुवाहरुकहाँ पुगेर सम्बन्ध स्थापित गर्नुभयो । यो उहाँको निम्ति ठूलो विजय थियो र छ ।
मैले माथि नै भनेको छु उहाँ कहिलेकहीँ आफ्नो तीतो अनुभवबाट नयाँ निर्णय गर्नुहुन्छ र त्यो निर्णय दीर्घायु हुँदैन । अहिले उहाँलाई त्यस्तै भएजस्तो लाग्यो ।
पहिलो कुरा त धर्मनिरपेक्षको परिभाषामा पनि उहाँ अलमलमा पर्नुभयो । उहाँले पश्चिमी मानिसहरूले अभ्यास गरेका गलत जीवन शैलीको आधारमा धर्म निरपेक्षलाई परिभाषित गर्नुभयो सो यस विषयमा गरिएको अपरिपक्व निष्कर्ष हो । आज धर्म सापेक्ष बेलायत र धर्म निरपेक्ष अमेरिकामा उही खालका नैतिक पतनहरु छन् । अमेरिकाभन्दा पनि बेलायत नैतिक स्तरमा धेरै तल खस्केको छ । त्यस किसिमको सतही विश्लेषणबाट एक व्यक्ति विचलित भएर धर्म निरपेेक्ष काम लग्दैन भन्नु अपरिपक्वता हो । भारत लगायत विश्वका धेरै देशहरु धर्म निरपेक्ष छन् र पनि धार्मिक अभ्यास गर्ने कुरालाई हटाइएको छैन । मानिसहरुको नैतिक स्तरलाई धर्म सापेक्ष र निरपेक्षका आधारमा मूल्याङ्क गरिनुहुँदैन ।

धर्म निरपेक्ष भनेको कुनै पनि बहुधार्मिक समुदाय वा देशमा राज्यले कुनै एउटा धर्मलाई काखा र अर्कोलाई पाखा गर्न पाइँदैन भन्ने हो । राज्यका सामु सबै धर्महरू बराबर हुन्छन् । विभिन्न धर्महरु मान्ने संख्यकाका आधारमा पक्षपात गर्न पाइँदैन भन्ने हो । धर्म नै मान्न पाइँदैन भन्ने होइन । राज्य कोशबाट कुनै धर्मलाई आर्थिक सहयोग गर्नुहुँदै र गर्नै पर्यो भने सबैलाई गर्नुपर्छ भन्ने हो । यसले सबैलाई पहिचान र सम्मान प्रदान गर्छ । सबैलाई आफ्नो धर्मिक आस्थालाई सुरक्षा गर्ने अवसर प्रदान गर्छ ।
अब हिन्दू धर्मको वकालत गर्नुभनेको हाम्रो समाजलाई अझै विभेदमा राख भन्नु हो । मनुष्मृतिको जातप्रथालाई कायम राख भनेको हो । दलितहरुलाई धार्मिक रूपले दलित नै बनाइराख भनेको हो । किनकि हिन्दू समाजले दिएका विभेदहरु केवल सामाजिक विभेद मात्र होइनन् तर यस विभेदको पाछाडि धर्म जोडिएको छ । म आफै पनि धर्म दर्शन र परमेश्वरशास्त्रको विद्यार्थी भएको हुनाले यी सबै पक्षलाई विश्लेण गरेको छु । त्यही भएर र भारतका धर्मनिरपेक्ष संविधानकार अम्बेदकरले हिन्दू धर्मलाई त्यागी बौद्धमार्गी बने । धर्मनिरपेक्षताले त्यो अधिकार प्रदान गर्छ ।
यसैले नेपालका जनताहरु धर्म निरपेक्षका पक्षमा छन् र सबैलाई धार्मिक स्वतन्त्रतासहितको धर्म निरपेक्षता चाहिन्छ र सबैलाई सम्मानका साथ बाँच्ने अधिकार हुनुपर्छ ।
डा रोकाया भावनामा नडुबी नेपाल राष्ट्रलाई अगाडि बढाउने सकारात्मक सोचमा लाग्नुभएको होस् भन्ने मेरो प्रार्थना छ । धर्मनिरपेक्षका सकारात्मक पक्षमा खोज र अनुषन्धान गरी यसको उपयोग गर्नका लागि उहाँले आफ्नो योग्यता र क्षमतालाई प्रयोग गर्नुभएको होस् । केही खराब मानिसहरुसँगको तीतो अनुभवले सबै मानिसहरू खराब छन् भन्ने निष्कर्ष जहिले पनि अपरिपक्क र गल्ती हुन्छ । धन्यवाद ।

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In