काठमाडौंं- बैशाख २६, स्थानीय निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका अब पूर्णरूपमा हटेको छ। बैशाख ३१ गतेको चुनावका लागि उम्मेद्वारी दिनेहरूको संख्या ४९ हजार ३३७ कायम रहेको छ। १३ हजार ५५६ पदका लागि ३०हजार ५ पुरुष र १९ हजार ३३२ महिलाको उम्मेद्वारी कायम रहेको समाचार प्राप्त भएको छ। उम्मेद्वारी दिने मध्ये ६०.८२ प्रतिशत पुरूष र ३९.१८ प्रतिशत महिला उम्मेद्वार रहेका छन्।
२८३ नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा १ हजार ७२३ पुरूष र १५७ महिलाले प्रतिस्पर्धा गर्दैछन्। नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षमा उम्मेद्वारी दिने पुरूष २५७ र महिला १ हजार १२७ छन्।
२५ सय ९८ वडाध्यक्ष पदका लागि १०हजार २९६ पुरूष र ४४८ महिला उम्मेद्वार छन्। खुल्ला वडा सदस्यका लागि उम्मेद्वारी दिने पुरूष १७ हजार ७२९ र ९५१ महिला छन्।
महिला वडा सदस्यमा ९ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेद्वारी कायम रहेको निर्वाचन आयोगले जनाएको जानकारीमा आएको छ।
निर्वाचन आयोगको मोबाइलको लागि ECN App पनि सार्वजनिक भएको छ।
https://play.google.com/store/apps/details?id=com.pcs.election2017













Discussion about this post