ललितपुर- बैशाख ५, एजम्सन चर्च ललितपुुरमा पार्किङ गरिराखेका सवारी सधानमा आज विहान ३ बजे अागो लगाइएको छ। सुरक्षामा खटिएका सुरक्षाकर्मिका अनुसार दुईवटा बाइक र एउटा गाडिमा करिब ३ बजे अागो लगाइएको कुरा बताएका छन्। चर्च भित्र राखिएको सवारी साधनमा अागो लगाइएकोले यो घटनाको अनुसन्धानबाट बास्तविक पत्ता लाग्ने कुरा सुरक्षाकर्मीहरू बताउँछन् । घटनाको बारेमा सोधखोज भइरहेको कुरा सुरक्षाकर्मिले जानकारी दिएका छन्। चर्चका स्थानिय सदस्यका अनुसार अागोले दुइवटा बाइक र एउटा गाडी पूर्णरूपमा ध्वस्त भएका छन्। चर्चको केही भागमा पनि आगो लागेको बताउनु भएको छ। चर्चमा गेट लगाइएपनि पर्खाल मर्मतको काम हुँदै गरेको हुँदा बाहिरबाट आएर कसैले लगाइदिएको हुनसक्ने कुरा बताउनुभएको छ। अहिले सुरक्षाकर्मीले थप अनुसन्धान गरिरहेको छ।




Discussion about this post