२५, चैत्र ललितपुर। नेपाली नयाँ वर्ष साथै असल शुक्रबार सु-अवसर पारेर इसाई गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको ग्र्याण्ड फिनाली साथै सांगितिक कार्यक्रम यही बैशाख १ गते ललितपुरको जिजस कलेजमा हुने भएको छ । ग्र्याण्ड फिनाली पारस्परिक युवा समुह्को साझेदारीमा हुन लागेको हो ।
गत शनिबार भएको उत्कृष्ट सात प्रतियोगि मध्ये दुइ जना बाहिरिए संगे अब ग्र्याण्ड फिनालीको लागि पाँच जना बाँकी रहेका थिए। उत्कृष्ट पाँचमा पर्न सफल खोटाङका अर्जुन सुञ्चुरी, नुवाकोटका बिनोद लामा, महोत्तरीका मिलन कुमार खपाङ्गी, खोटाङबाट नै सुस्मिता राई र सर्लाहीका अय्युब भट्टराई रहेका छन् । देशभरका विभिन्न जिल्लाबाट अडिसन दिएका करिब तिन सयलाई उछिन्दै प्रतियोगिहरू ग्र्याण्ड फिनालीसम्म आउन सफल भएका छन् । देशभरका झण्डै ११ वटा जिल्लामा भएको यस गायन प्रतियोगिताको पहिलो अडिसन भदौ १८ गते भक्तपुर जिल्लाबाट सुरू भएको थियो । इसाई गायन क्षेत्र प्रतिभाशाली र उत्कृष्ट संगीत प्रतिभा भित्र्याउने उद्धेश्यले आयोजित उक्त प्रतियोगिताको अडिसन भक्तपुरबाट ललितपुर, काठमाडौं हुँदै धरान, बुटवल, पोखरा, नारायणघाट, हेटौंडा, सर्लाही लगायतका स्थानहरूमा समेत भएको थियो । सबै ठाउँको सफल अडिसन पश्चात छानिएका प्रतियोगिहरूलाई दोस्रो चरणको लागि काठमाडौं बोलाएको थियो । छनौटको क्रममा क्रमश उत्कृष्ट १००, ७५,४० हुँदै उत्कृष्ट २३,१०,८ र ७ को छनौट भएर गत शनिबार उत्कृष्ट पाँचको लागि प्रतिस्पर्धा भएको थियो। जायोन मिडियाको प्रस्तुति र ब्लेस अटो इन्टरप्राइजेजको प्रायोजनमा सञ्चालित भ्वाइस फर क्राइष्ट गायन प्रतियोगिताको सात महिने यात्रा यही बैशाख १ गते एक जना उत्कृष्ट विजेताको घोषणासँगै पुरा हुने छ । गायन प्रतियोगिता अन्तर्गत उतकृष्ट दश प्रतियोगिले सामुहिक गीत रेकर्डीङको अवसर पाइसकेकाछन भने विभिन्न प्रतियोगिहरुको सांगितिक यात्रालाई थप मजबुद र बलियो बनाउन यस प्रतियोगितामा अहम् भुमिका खेलेको प्रतियोगिहरूको तर्क रहेको छ । प्रतियोगिताबाट बाहिरि सकेका व्यक्तिहरूले पनि भ्वाइस फर क्राइष्टको सात महिने यात्राबाट धेरै नयाँ कुराहरू सिक्न मौका मिलेको भन्दै आफ्नो सांगितिक करियरलाई अघि बढाउन थप उर्जा मिलेको समेत बताउँछन् । इसाई गायन क्षेत्रको प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ जायोन मिडिया प्रा.लिले आफ्नो अनलाइन खबर संस्करण स्थापनाको दोश्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको हो ।
‘भ्वाइस फर क्राइष्ट‘को पुरस्कार योजना अनुसार प्रथम विजेतालाई हार्मोनियोम,रु.३० हजार बराबरको उपहार र सिंगापुर भ्रमणको अवसर, दोश्रोलाई गितार, रु. २० हजार बराबरको उपहार, दार्जिलिङ् भ्रमणको अवसर र तेस्रोलाई रु. २० हजार बराबरको उपहार प्रदान गरिने छ । त्यसका साथै टप तीन प्रतियोगीले प्रतियोगीताको क्रममा सामुहिक एल्बममा गाउने अवसर पाउनेछन भने टप टेन प्रतियोगीको सामुहिक म्युजिक भिडियो निर्माण गरिने छ । नेपाली नयाँ वर्ष साथै असल शुक्रबारको सु-अवसर पारेर हुन लागेको ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियोगिताको ग्र्याण्ड फिनाली साथै सांगितिक कार्यक्रममा उपत्यकाका सम्पुर्ण मण्डलीलाई विशेष आमन्त्रण गरिएको छ । अन्ततः ‘भ्वाइस फर क्राइष्ट‘ को उपाधी कसले जित्ने हो , त्यो भने हेर्न बाँकी नै छ । उत्कृष्ट पाँचमा को को छन ?? हेर्नुस भोट गर्नुस ?? १. अर्जुन सिञ्चुरी २.याकुब भट्टराई ३. बिनोद लामा ४. मिलन कुमार खपाङ्गी ५. सुस्मिता राई
Discussion about this post