मिति फागुन ११, २०७३ ललितपुरमा सिर्जना मण्डलीले रजत महोत्सव भव्यताका साथ मनाएको छ। २५ औं वर्षको महोत्सवमा रामकुमार बुढाथोकीले संयोजन गर्नुभएको उक्त कार्यक्रममा सृजना मण्डलीको स्थापनाकाल देखिको इतिहासको बारेमा पा.हेमर्जगा मगरले बताउनुभएको थियो। कार्यक्रममा वरिष्ट पास्टर रेभ. सिमोन पाण्डेले आशिषमय वचन बाड्नुभएको थियो। महोत्सवमा आमन्त्रित विभिन्न मण्डलीका पास्टर, अगुवाहरू र ख्रीष्टियन संस्थाका प्रमुखहरूको उपस्थितिमा सिर्जना मण्डलीका सुरूको समयदेखि हालसम्म सेवाकाइ गर्ने अगुवाहरुले संगै महोत्सव मनाएका थिए। यस २५ औं वर्ष तथा रजत महोत्वसको शुभअवसरमा नेपाल ख्रिष्टियन समाजले सम्पूर्ण सिर्जना मण्डली परिवारलाई हार्दिक बधाईका साथै शुभकामना व्यक्त गर्दछ।
डिल्लीराम पौडेल
महासचिव, एन. सि. एस.
Discussion about this post