बिहीवार, अक्टोबर २०, कार्तिक ४
‘येशू आएर तिनीहरूका माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति !”’ —यूहन्ना २०:१९
आफ्नो पुनरुत्थानपछि येशूले गर्नुभएका पहिला कामहरूमध्ये एक चाहिँ उहाँलाई त्यागेर भागेका चेलाहरूलाई खोज्न जानु थियो। ‘हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति !” यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुशी भए। तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति ! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु”’ (पद १९–२१)। त्यो समूहमा पत्रुस थिए जसले पानीमाथि हिँडेका थिए, जसका हातले पाँच हजार भोका मानिसहरूलाई प्रभुले आश्चर्यकर्मद्वारा बढाउनुभएको खाना बाँडेका थिए, जसले रूप परिवर्तनको पहाडमा मोशा र एलियालाई येशूका छेउमा उभिएका देखेका थिए। ठूला, साहसी, आँटी पत्रुस जसले भनेका थिए, ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ’ (मत्ती २६:३५)। त्यसो भन्ने उनी एक जना मात्रै थिएनन्। ‘अरू सबै चेलाहरूले पनि त्यसै भने’ (पद ३५)। तथापि बाइबलमा यस्तो विवरण पढ्न पाइन्छ, ‘अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे’ (मर्कूस १४:५०) ! सन्त यूहन्ना, सन्त आन्द्रियास, र सन्त याकूब— विश्वभरि मण्डलीहरूका झ्यालहरूमा चित्रित गरिएका सबै मानिसहरू — येशूलाई उनीहरूको सबैभन्दा बढी खाँचो परेको समयमा उनीहरूले उहाँलाई त्यागे। तथापि उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि, उहाँले एक पटक पनि यो कुरा उठाउनुभएन।
बरुः ‘उहाँले तिनीहरूलाई आफ्ना (चोट लागेका) हात देखाउनुभयो’ (यूहन्ना २०:२०)। किन ? उनीहरूका असफलताको बाबजुद पनि उहाँले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो भन्ने कुरा उनीहरूलाई थाहा दिनका लागि। उनीहरूलाई इन्कार गर्नुको सट्टा, उहाँले भन्नुभयो, ‘जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु’ (पद २१)। अनि आज उहाँले तपाईंलाई पनि त्यही कुरा भन्दैहुनुहुन्छ !
आत्मिक भोजनः यशैया १–३, यूहन्ना ६:१–१५, भजन ५, हितोपदेश २७:१३–१६
Discussion about this post