सोमवार, अक्टोबर १७, कार्तिक १
‘धन्य हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको, व्यवस्थामा चल्दछन्।’ —भजन ११९:१
यदि तपाईंले दाऊदलाई उनले एक दिन उरियाहकी पत्नीसँग व्यभिचार गर्नेछन्, र त्यो कुरालाई ढाकछोप गर्न तिनका पतिको हत्या गराउनेछन् भन्नुहुन्थ्यो भने, सायद उनले यसो भन्थेहोलान्, ‘यस्तो कहिल्यै हुनेछैन !’ तथापि त्यस्तै भयो। क्षमापाएपछि र पुनस्र्थापित गरिएपछि, त्यसको बारेमा फर्केर हेर्दै दाऊदले यो प्रार्थना लेखेः
‘धन्य हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको, व्यवस्थामा चल्दछन्। धन्यका हुन् तिनीहरू, जसले उहाँका कानुन पालन गर्दछन्, र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँका मार्गमा तिनीहरू हिँड्दछन्। तपाईंले आदेशहरू यस हेतुले दिनुभयो, कि हामी ती पूरा–पूरा पालन गरौं। तपाईंका विधिहरू पालन गर्नलाई मेरो आचरण दृढ भइदिए कति असल हुनेथियो। तब तपाईंका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्नेथिइनँ।
जब म तपाईंका धार्मिक नियमहरू सिक्तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु। म तपाईंका विधिहरू पलन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हे परमप्रभु, तपाईंको प्रशंसा होस्, तपाईंका विधिहरू मलाई सिकाउनुहोस्। मैले मेरा ओठले तपाईंको मुखबाट निस्केका सबै नियमहरूको वर्णन गरेको छु। धेरै धन–सम्पत्तिमा आनन्दित हुने मानिसजस्तै, म तपाईंका कानुनहरू पलन गर्नमा हर्षित हुन्छु। म तपाईंका आदेशहरूमाथि मनन गर्छु, र तपाईंका शिक्षामा म ध्यान दिनेछु। म तपाईंका विधिहरूमा आनन्द गर्नेछु, तपाईंका वचनको म उपेक्षा गर्नेछैनँ। आफ्नो दासको उपकार गर्नुहोस्, र म जीवित रहनेछु, र तपाईंको वचन पालन गर्नेछु। मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ’ (पद १–१८)। आज, यसलाई आफ्नो प्रार्थना बनाउनुहोस्।
आत्मिक भोजनः पवित्र वासस्थान÷सुक्कोत लेवी २३:३३–४४, योना ७:१–४०, जकरिया १४:१६–२१
Discussion about this post