शुक्रवार, अक्टोबर १४, असोज २८
‘थाकेकोलाई सम्हाल्ने वचन जान्न सकूँ भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ।’ —यशैया ५०:४
सङ्कट आउनुभन्दा पहिल्यै, परमेश्वरले ‘बुद्धिका वचन’ दिएर तपाईंलाई तयार पार्न सक्नुहुन्छ। उहाँले यशैयाको लागि यसो गर्नुभयो। तपाईंले भन्नुहोला, ‘तर यशैया त अगमवक्ता थिए।’ हो, तर परमेश्वरले उनलाई सुरुमा बोलाउनुहुँदा, उनले विरोध गरे, ‘म एक पापी मानिस हुँ’ (यशैया ६:५)। यसको अर्थ तपाईंमा कमीकमजोरी भए तापनि, तपाईंले परमेश्वरको स्वर सुन्न सक्नुहुन्छ! तपाईंसँग कहिल्यै यस्तो कोठामा हुनुभएको अनुभव छ, जहाँ कसैले तपाईंको ध्यान तान्ने केही कुरा भन्यो ? प्रकाश आएजस्तै, तपाईंको मन पनि प्रकाशित भयो र तपाईंले बोल्न बन्द गनुर्भयो। किन ? किनकि तपाईंले सुन्नुभएका वचन ‘बुद्धिका वचन’ थिए।
अनि परमेश्वरले तपाईंलाई तपाईंको आफ्नै जीवनका लागि मात्रै अन्तरदृष्टि दिनुहुन्न, उहाँले अरूसँग बाँड्नका लागि पनि तपाईंलाई बुद्धि दिनुहुनेछ। अनि यदि तपाईं हरेक सम्वादमा आफ्नै कुरा मात्र राख्न जिद्धी नगर्ने गरी नम्र हुनुहुन्छ भने, उनीहरूद्वारा पनि परमेश्वर तपाईंसँग बोल्न सक्नुहुन्छ।
यसको बारेमा विचार गर्नुहोस्ः परमेश्वरले यो बह्माण्डलाई एक–एक गर्दै सृष्टि गर्नुभएन— उहाँले यसलाई एउटै वाक्य बोलेर सृष्टि गर्नुभयो। यसकारण उहाँले तपाईंलाई ‘बुद्धिका वचन’ दिनुहुँदा तपाईंका सम्भावना र अवसरहरू कति होलान्, कल्पना गर्नुहोस् त। तर पहिला तपाईंले उहाँको स्वर चिन्न सिक्नुपर्छ, र यसको लागि समय लाग्छ। परमेश्वर शमूएलसँग सुरुमा बोल्नुहुँदा, उनले विचार गरे कि प्रधान पूजाहारी एली उनीसँग बोलेका हुन्। तर उनले सुन्दै गए, र अन्त्यमा उनी त्यो जातिका लागि परमेश्वरको स्वर बने। वास्तवमा उनी यस काममा यति दक्ष बने कि उनले दुई जना भिन्नाभिन्नै राजाहरूलाई यसो भन्न सके, ‘परमप्रभु यसो भन्नुहुन्छ।’ मुख्य कुरा के हो भने, तपाईंले सुन्न चाहनुपर्छ, उहाँबाट सुन्न समय निकाल्नुपर्छ, अनि उहाँको स्वरसँग परिचित नभएसम्म सुन्ने अभ्यास गर्नुपर्छ।
आत्मिक भोजनः प्रस्थान ३०–३२, यूहन्ना ४:३९–५४, भजन ३२, हितोपदेश २७:१–३
Discussion about this post