सोमवार, अक्टोबर १०, असोज २४
‘जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट … फक्र्यौ … अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्रको प्रतीक्षा गर्दछौ ।’ —१ थेसलोनिकी १:९–१०
थेसलोनिकेका विश्वासीहरूलाई लेखेको कुरा पढौँः ‘तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ तिमीहरूले धेरै कष्टमा वचन ग्रहण गर्यौ। यहाँसम्म कि माकेडोनिया र अखैयामा सबै विश्वासीहरूका माझमा तिमीहरू नमूना बन्यौ … तिमीहरूद्वारा परमेश्वरको वचन … प्रत्येक स्थानमा फैलिएको छ र हामीलाई केही भन्नु आवश्यक छैन। किनकि जुन किसिमले… जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्वरतर्फ फक्र्यौ, सो त मानिसहरूले नै बताउँछन् … अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्रकै प्रतीक्षा तिमीहरू गर्दछौ’ (पद ६–१०)। यी विश्वासीहरूको जीवनलाई तीन वटा शब्दमा सारांशित गर्न सकिन्छः ‘फर्कनु … सेवा गर्नु … प्रतीक्षा गर्नु’। यी प्रत्येकको बारेमा विचार गरौं र हामीले के सिक्न सक्छौं हेरौँ ।
१) फर्कनु। पश्चात्ताप भनेको एउटा दिशाबाट पूर्ण रूपमा अर्कोतर्फ फर्कनु हो । यसका लागि तपाईंले आफ्नो सांसारिक विचारहरू र अभिलाषाहरूलाई पूरा गर्ने जीवन शैली इन्कार गर्नु र त्याग्नु गर्नुपर्छ ।
२) सेवा गर्नु। अरूहरूले तपाईंको सेवा गरून् भन्ने आशा गर्नुको सट्टा उनीहरूको सेवा गर्ने कोसिस गर्नुहोस् । हरेक दिनको अन्त्यमा, यस्तो प्रार्थना गर्नुहोस्, ‘प्रभु, आज मैले तपाईंलाई कति असल तरिकाले सेवा गर्न सकेँ ?’ किनकि अरू मानिसहरूको सेवा गर्दा नै तपाईंले उहाँको सेवा गर्नुहुन्छ।
३) प्रतीक्षा गर्नु। भोलि येशू फकेर आउँदैहुनुहुन्छ भन्ने कुरा तपाईंले पक्का गरी जान्नुभयो भने, आज तपाईंले कुन कुरा फरक तरिकाले गर्नुहुन्थ्योहोला? के यसले तपाईंका आदतहरू, शब्दहरू, धारणाहरूलाई परिवर्तन गथ्र्योहोला ?
हामी कतिपय यसरी जिउँछौं मानौं, कि फर्केर आउने बारेमा येशूले आफ्नो मन बदल्नुभयो। यसको बारेमा कुनै गल्ती नगर्नुहोस्— उहाँ आउँदैहुनुहुन्छ ! पक्राउ नपर्नुहोस्। उहाँ चाँडै फर्किआउँदै हुनुहुन्छ भन्ने कुराको प्रकाशमा जिउन प्रयत्न गर्नुहोस् । त्यसो गर्दा, त्यसले तपाईंको जीवनका प्राथमिकताहरूलाई पुनव्र्यवस्थित गर्नेछ ! आत्मिक भोजनः प्रस्थान २२–२४, यूहन्ना ४:१–१२,भजन ८९:१५–३७, हितोपदेश २६:२०–२२
Discussion about this post