बुधवार, अक्टोबर ५, असोज १९
‘चन्द्रमाले ऋतु ठहराउँछ ।’ —भजन १०४:१९
यहाँ एउटा उदेकको कुरा छः चन्द्रमाविना यो ग्रहमा बस्न हाम्रो लागि असम्भव हुने थियो। अनि यदि कसैले चन्द्रमालाई यसको कक्षबाट हटाइदिने हो भने, सबै जीवन अन्त्य हुने थियो। यसले सागरहरू र किनारहरू सफा गर्ने काम गर्छ। चन्द्रमाले सृजना गर्ने ज्वारभाटाहरू नहुने हो भने, हाम्रा बन्दरगाह र किनाराहरू फोहरमैलाको दुर्गन्धित पोखरी बन्ने थिए अनि त्यहाँ वरिपरि बस्न असम्भव हुने थियो। यस्ता ज्वारभाटाहरूको कारण, सागरहरूका किनारमा निरन्तर छालहरू ठोकिरहन्छन्, जसले गर्दा पानीमा हावा मिसिएर ताजा बन्छ र हाम्रो भोजनको श्रृंखलाको आधारको रूपमा रहेका सूक्ष्म जीवाणुहरूलाई अक्सिजन उपलब्ध हुन्छ। यस्ता सुक्षम जीवाणुहरूविना अक्सिजन उत्पादन हुँदैनथ्यो, जसलेगर्दा सबै जीवनको अन्त्य हुनेथियो।
परमेश्वर सृजनशील हुनुहुन्छ, होइन र ? उहाँले उचित आकारको चन्द्रमा बनाउनुभयो र हामीलाई चाहिने वायुमण्डल सृजना गर्न यसलाई उचित दूरीमा राख्नुभयो। हामी हावाको ठूलो सागरभित्र बस्छौ— ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन । वायुमण्डलमाथि चन्द्रमाको ज्वारभाटायुक्त प्रभावद्वारा यी तत्वहरू निरन्तर रूपमा मिसिन्छन् । यसले समुद्रमा पनि त्यस्तै प्रभाव पार्छ र सधैँ उही मात्रामा अक्सिजन उपलब्ध गराउँछ । हामीले वायुमण्डलमा कार्बनडाइ अक्साइड थुपारिरहे तापनि, यो सागरमा सोसिन्छ र हामी जीवित रहन सक्छौ । यदि वायुमण्डल यत्तिको बाक्लो नभएको भए, हाम्रा ग्रहमाथि झरिरहने अन्तरिक्षका करोडौँ उल्कापिण्डहरू र अरू टुक्राटाक्रीहरूले हामीलाई नष्ट गरिसक्थे। कसले तपाईंको असल वास्ता राख्नुहुन्छ ? परमेश्वरले ! अनि उहाँले त्यो काम हप्ताको सातै दिन चौवीसै घण्टा गर्नुहुन्छ ! के यो कुरामा तपाईं खुशी हुनुहुन्न ?
आत्मिक भोजनः प्रस्थान १०–१२, यूहन्ना २:१२–२५, भजन १३१, हितोपदेश २६:७–९
Discussion about this post