३० सेप्टेम्बर, काठमाडौं- न्यू मिसनरी बाइबल स्कूलको ९ औं दीक्षान्त समारोह सारा चर्च काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा विभिन्न चर्चका पास्टर अगुवा र विभिन्न संस्थाबाट पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थितिमा १९ जना विद्यार्थीरू दिक्षीत भएका थिए। समारोहमा १९ जना विद्यार्थीहरूलाई माइकल, सागर बैजु र सर्जु रिजालको हातबाट प्रमाण पत्रहरू वितरण गरिएको थियो। समारोहमा बाइबल स्कूलको प्रमाणपत्रहरूसँगै आइटीन पाठ्यक्रम भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी-१ पुरा गरेको हुँदा आइटीनबाट “एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीज” प्रमाणपत्रहरू र उपहारहरू पनि वितरण गरिएको थियो। सोहि अवसरमा न्यू मिसनरी बाइबल स्कूलका प्रिन्सीपल तथा पास्टर तेज रोक्काको हातबाट शिक्षक पास्टर डेविट आचार्यलाई प्रशंसा पत्र र उपहार वितरण गरिएको थियो। पास्टर डेविटले स्वयंसेवकका रूपमा मण्डली विकासको निम्ति गरेको सेवालाई कदर गर्दै सम्मान गरिएको थियो। हालसम्म विभिन्न चर्चहरूमा गरी ९ वटा समूहमा आइटीन पाठ्यक्रम सिकाइ सक्नु भएको छ।
नेपालको विभिन्न जिल्लाहरूबाट बाइबलको शिक्षा लिनको १० महिनाको तालिम लिन आएका थिए। तालिम पश्चात विभिन्न स्थानहरूमा जहाँ चर्च छैनन् त्यहा गएर संगति गर्ने पहिलो प्राथामिक रहेको कुरा प्रिन्सीपल तथा पास्टर तेज रोक्काले बताउनुभएको थियो। सन २००७ सालमा सुरू भएको बाइबल स्कूलको लक्ष्य अगुवा निर्माण गर्नु र नयाँ स्थानमा मण्डली स्थापना गर्न पठाउने रहेको हुँदा बाइबल स्कूलको नाम नै न्यू मिसनरी बाइबल स्कूल भएको कुरा पनि बताउनु भएको थियो। हरेक वर्ष हुने बाइबल स्कूलले नयाँ क्षेत्रमा चर्च स्थापना गर्नको निम्ति जानेहरूको निम्ति प्रार्थना गरेको कुरा पनि प्रिन्सीपल रोकाले बताउनुभएको थियो। दिक्षान्त समारोहको अन्तमा सबै शिक्षकहरूलाई धन्यबाद दिनुकासाथै खादा ओढाएर सम्मान पनि गर्नुभएको थियो। पास्टर साइमन गुरूङको प्रार्थनाद्वारा समारोह विसर्जन भएको थियो।
Discussion about this post