‘परमेश्वर … सङ्कष्टमा सधैँ हाजिर रहने सहायता हुनुहुन्छ ।’ —भजन ४६:१
बाइबलले भन्दछ, ‘परमेश्वर … सङ्कष्टमा सधैँ हाजिर रहने सहायता हुनुहुन्छ ।’ तर पहिले तपाईंले ‘परमेश्वर हुनुहुन्छ’ भन्ने कुरा विश्वास गर्नुपर्छ, अन्यथा तपाईंले आशा गर्न सक्नुहुने सबैभन्दा उत्तम कुरा भनेको असल भाग्य वा मानवीय सहायता मात्रै हो । अनि त्यसले तपाईंलाई कहाँसम्म लैजान सक्छ भन्ने तपाईं सोच्नुहुन्छ ? जब डाक्टरले तपाईं वा तपाईंको कुनै प्रिय जनलाई बचाउन केही गर्नसक्दिनँ भन्छन् भने, तपाईं सहायताको लागि कसकहाँ फर्कनुहुन्छ ? तपाईंसँग भएका सबै उत्तरहरू सकिँदा र तपाईंलाई मार्गदर्शनको खाँचो पर्दा, ती पत्ता लगाउन तपाईं कहाँ जानुहुन्छ ? तपाईं पाप चेतनाको बोझले थिचिनुहुँदा अनि शान्ति र क्षमाको चाहना गर्नुहुँदा, कसले तपाईंलाई ती कुरा दिनेछ ? जब तपाईं परमेश्वरलाई पन्छाउनुहुन्छ, तब तपाईं आफैँ आफ्नो ईश्वर बन्नुहुन्छ, किनकि तपाईंले बह्माण्डमा तपाईंभन्दा महान् कुनै शक्ति छ भन्ने कुरा स्वीकार गर्नुहुन्न । ‘मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन”’ (भजन १४:१) भनी बाइबलले किन भन्छ भन्ने कुरा तपाईं जान्नुहुन्छ । सारा ब्रह्माण्डमा उपलब्ध भएको सबैभन्दा महान् सहायताबाट आफैँलाई वञ्चित गर्नु कति मूर्खतापूर्ण कुरा हो ! अबका केही दिनसम्म किन ‘परमेश्वर हुनुहुन्छ’ अनि तपाईंले किन आफ्नो भरोसा उहाँमा राख्नुपर्छ भन्ने बारेमाा चर्चा गरौँ । सर्वप्रथम, खगोलशास्त्रको बारेमा विचार गरौ । बाइबलले बताउँछः ‘आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ । र तारा–मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ … रातैपिच्छे तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन् । कुनै बोली छैन, न भाषा छ … तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान छ’ (भजन १९:१–४) । पावल लेख्छन्, ‘परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनुभएको छ । उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन’ (रोमी १:१९–२०) । ‘परमेश्वर हुनुहुन्छ’ अनि तपाईंले उहाँसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न सक्नुहुन्छ ।
आत्मिक भोजनः प्रस्थान ४–६, यूहन्ना १:४३–५१, भजन ९२, हितोपदेश २६:१–३
Discussion about this post